Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

हैजा नियन्त्रण र आगजनीपछि वीरगंज महानगरमा पुनर्निर्माण र सरसफाइ अभियान

spot_img
spot_img

वीरगंज । खानेपानीको अभावपछि फैलिएको हैजा महामारीलाई वीरगंज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी छोटो समयमा नियन्त्रण गर्न सफल भएको जनाएकाे छ । स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीको निरन्तर प्रयासका कारण हैजा नियन्त्रणमा आएको मेयर राजेशमान सिंहकाे सचिवालयले जनाएकाे छ ।

तर हैजा नियन्त्रणसँगै वीरगंजले अर्को ठूलो चुनौतीको सामना गर्नु परेकाे छ । जेन जि आन्दोलनको आडमा भएका लुटपाट, चोरी, तोडफोड र आगजनीबाट नगरमा अपूरणीय क्षति पुगेको छ । सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड हुँदा सडक संरचना, कार्यालय र घरहरू ध्वस्त भएका छन् । यस क्रममा वीरगंज महानगर प्रमुख राजेशमान सिंहको निजी घर समेत जलेर पूर्णरूपमा ध्वस्त भएको छ।

यस्तो व्यक्तिगत पीडाको अवस्थामासमेत नगर प्रमुख सिंहले नगरलाई प्राथमिकता दिँदै पुनर्निर्माण र सरसफाइमा जोड दिएका छन् । उनले भने, “मेरो घर त फेरि बनाउन सकिन्छ, तर पुरै नगर नै ध्वस्त भएको अवस्थामा त्यो पुनर्निर्माण गर्नु हाम्रो पहिलो कर्तव्य हो।”

महानगरका अनुसार हैजा नियन्त्रण भइसके पनि रोग पुनः फैलन सक्ने जोखिम कायम छ । त्यसैले लामखुट्टे–जन्य रोग रोकथामका लागि धुवाँ गर्ने, नालाको सफाइ गर्ने, दूषित खानेपानीका स्रोत बन्द गर्ने तथा संक्रमित क्षेत्रमा थप सतर्कता अपनाउने काम निरन्तर भइरहेको छ।

यससँगै आन्दोलनको क्रममा जलेका संरचनाको अवशेष हटाउने, तोडफोड भएका सार्वजनिक स्थल पुनः व्यवस्थापन गर्ने तथा असरल्ल सडक–गल्लीलाई सफा राख्ने काम तीव्र गतिमा भइरहेको महानगरले जनाएको छ । कर्फ्यु जारी रहे पनि सरसफाइ कर्मचारीहरूलाई ड्युटीमा खटाइएको छ।

नगर प्रमुख सिंहले आफ्नो निजी घर जले पनि सम्पूर्ण नगरलाई पुनर्जीवित गर्ने संकल्प लिएको भन्दै कर्मचारीहरूलाई “मेरो घरभन्दा ठूलो घर भनेको यो नगर हो” भन्ने भावनासहित अभियानमा जुट्न प्रेरित गरिरहेका छन्।

साधन–स्रोतको अभाव र व्यक्तिगत क्षतिको पीडामाझ वीरगंज महानगरपालिका अहिले पुनर्निर्माण र सरसफाइ अभियानमा दृढतापूर्वक अघि बढिरहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...