Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपाले संविधान र लोकतान्त्रिक मूल्यमा सम्झौता नगर्ने

spot_img
spot_img

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तात्कालिक राजनीतिक परिस्थिति तथा आन्दोलनपछि बनेको परिस्थितिमा आफ्नो आधिकारिक प्रस्ताव सार्वजनिक गरेको छ।

रास्वपाले सुशासनको पक्षमा निर्णायक भूमिका खेलेको जेन–जी पुस्ताको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्री उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ। पार्टीले उक्त उम्मेदवारले वृहत राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा व्यक्त गरेको छ।

रास्वपाले नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्यमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ। संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक रहने र राष्ट्रिय सभाको स्थायी स्वरूप कायम राखी आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग समेत गरेको छ।

रास्वपाले सम्माननीय राष्ट्रपतिज्यूको प्रत्यक्ष पहल र संवादमार्फत आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा राखेको छ। साथै, संविधानको व्यापक संशोधन, भदौ २३ को आन्दोलनमाथिको दमन, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको आक्रमण र भ्रष्टाचारका मुद्दाहरूको निष्पक्ष छानबिनका लागि नयाँ सरकार बनेको १५ दिनभित्र स्वतन्त्र आयोग गठन गर्न पनि माग गरेको छ।

यो प्रस्ताव रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेका हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...