Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

संसद विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणतर्फ अघि बढ्न आजपाकाे आग्रह

आजपाले जेन–जी आन्दोलनको जनादेश बुझेको नहुने ठहर गर्दै तत्कालीन प्रधानमन्त्री र दोषीमाथि कडा कानुनी कारबाही तथा सम्पत्ति छानबिनको माग

spot_img
spot_img

काठमाडौं  । आम जनता पार्टी (आजपा)ले नयाँ संविधान र वर्तमान व्यवस्थाप्रति कडा आपत्ति जनाउँदै संसद विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणतर्फ अघि बढ्न सबै सरोकारवालामा अनुरोध गरेको छ। आजपाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालको राजनीतिक तथा प्रशासनिक व्यवस्थालाई भ्रष्टाचार र लुटतन्त्रको मूल स्रोत ठहर गरेकाे छ ।

पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि जेन–जी पुस्ताको अगुवाइमा भएको जन आन्दोलनले दिएको स्पष्ट जनादेशलाई सरकारले द्विविधा र बहसका आवरणमा अल्झाएर राष्ट्रिय हितमा काम गर्न असफल भएकोमा आजपा चिन्तित रहेको छ । विज्ञप्तिले वर्तमान घेराबन्दी र यथास्थितिवादी समूहहरु सँगको छलफललाई आन्दोलन, सडक र जनादेशको अवमानना भन्दै कटु रुपमा आलोचना गरेको छ।

आजपाले निम्न प्रमुख मागहरू राखेको छ:

  • आन्दोलनका क्रममा भएको युवा–विद्यार्थीको निर्मम हत्याका आदेश जारी गर्ने तत्कालीन प्रधानमन्त्री र त्यसमा संलग्न अन्य सरकारी अधिकारीहरूलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने।

  • राज्य सञ्चालनमा रहेकाहरूको सम्पत्ति स्रोतको छानबिन गरी दोषी ठहर भएका सबैलाई दण्डित गर्नुपर्ने।

  • संसद विघटन गरी नयाँ सरकार गठन र नयाँ संविधान निर्माणतर्फ अघि बढ्ने राजनीतिक प्रक्रिया सुरु गर्न सबै सरोकारवालालाई आव्हान।

विज्ञप्तिमा पार्टीले जोडले भनेको छ कि भ्रष्टाचार केवल केन्द्र सरकारमा सिमित नभई प्रदेशदेखि स्थानीय तहसम्म व्याप्त छ र त्यसको जरा वर्तमान राज्य व्यवस्था नै भएकोले प्रणालीगत सुधार नहुँदासम्म सुशासन सम्भव नरहेको उनीहरुको ठहर छ। साथै संविधानवादको रटान मात्रले समस्या समाधान नहुने, अस्वीकृत संवैधानिक निर्माताहरुले माफी माग्नुपर्ने र आफ्नो बाटो छोड्नुपर्ने पार्टीको आह्वान रहेको विज्ञप्तिमा उल्लेख छ।

आजपाले जनआन्दोलनको मर्मलाई तुरुन्त सम्बोधन नगरे थप सामाजिक असन्तुलन र विद्रोहको सम्भावना बढ्ने चेतावनी पनि जारी गरेको छ। विज्ञप्ति अन्त्यमा सबै नागरिक र सरोकारवालालाई संयम, साझा संवाद र नयाँ राजनीतिक विकल्प निर्माणको लागि एकमुष्ट भएर अघि बढ्न अपिल गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...