Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिलाई संसदको समर्थन

spot_img
spot_img

काठमाडौं । जेन–जेड (Gen-Z) आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रुपमा वक्तव्य जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरू र कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

वक्तव्यमा आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित संयन्त्रलाई विशेष आग्रह गरिएको छ।

२०७९ भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालय, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनी र तोडफोडले देशलाई अपूरणीय क्षति पुर्‍याएको वक्तव्यमा उल्लेख छ।

देशको विद्यमान विषम परिस्थितिमा नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिज्यूले पहल गरिरहनु भएको उल्लेख गर्दै, विधिको शासन र संविधानवादबाट बाहिर नजानु पर्नेमा संसद दृढ रहेको जनाइएको छ।

वक्तव्यमा आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्र निर्माणका लागि सबैलाई अपिल गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...