Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिलाई संसदको समर्थन

spot_img
spot_img

काठमाडौं । जेन–जेड (Gen-Z) आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रुपमा वक्तव्य जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरू र कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

वक्तव्यमा आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित संयन्त्रलाई विशेष आग्रह गरिएको छ।

२०७९ भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालय, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनी र तोडफोडले देशलाई अपूरणीय क्षति पुर्‍याएको वक्तव्यमा उल्लेख छ।

देशको विद्यमान विषम परिस्थितिमा नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिज्यूले पहल गरिरहनु भएको उल्लेख गर्दै, विधिको शासन र संविधानवादबाट बाहिर नजानु पर्नेमा संसद दृढ रहेको जनाइएको छ।

वक्तव्यमा आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्र निर्माणका लागि सबैलाई अपिल गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका शिक्षक–कर्मचारीको ज्ञापन

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...