Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सेनाद्वारा २६८ नाल हतियार बरामद, शंकास्पद वस्तु डिस्पोज

सिन्धुलीका युवाले चाइनिज पेस्तोल सेनालाई बुझाए

spot_img
spot_img

काठमाडौँ । देशभर सुरक्षा सतर्कता बढाइएका बीच नेपाली सेनाले विभिन्न स्थानहरूमा महत्वपूर्ण सफलता हात पारेको छ।

सिन्धुली जिल्ला मरिन–४ का एक व्यक्तिले काठमाडौँको डल्लु इलाकामा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई ९ मि.मि. चाइनिज पेस्तोल (एक थान) स्वेच्छाले बुझाएका छन्। यससँगै हालसम्म देशभर विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद गरिएको छ।

झापाको भद्रपुर नगरपालिका–८ स्थित अस्पताल चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। यस्तै, काठमाडौँको महाराजगञ्ज इलाकामा विभिन्न मोबाइल र विदेशी मुद्रा सहित दुई जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका कैदीहरूमध्ये ४३ जनालाई समेत सुरक्षा निकायहरूले नियन्त्रणमा लिएका छन्।

सुरक्षा निकायहरूले सर्वसाधारणलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि वा वस्तुको बारेमा तत्काल जानकारी दिन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...