Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सेनाद्वारा २६८ नाल हतियार बरामद, शंकास्पद वस्तु डिस्पोज

सिन्धुलीका युवाले चाइनिज पेस्तोल सेनालाई बुझाए

spot_img
spot_img

काठमाडौँ । देशभर सुरक्षा सतर्कता बढाइएका बीच नेपाली सेनाले विभिन्न स्थानहरूमा महत्वपूर्ण सफलता हात पारेको छ।

सिन्धुली जिल्ला मरिन–४ का एक व्यक्तिले काठमाडौँको डल्लु इलाकामा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई ९ मि.मि. चाइनिज पेस्तोल (एक थान) स्वेच्छाले बुझाएका छन्। यससँगै हालसम्म देशभर विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद गरिएको छ।

झापाको भद्रपुर नगरपालिका–८ स्थित अस्पताल चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। यस्तै, काठमाडौँको महाराजगञ्ज इलाकामा विभिन्न मोबाइल र विदेशी मुद्रा सहित दुई जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका कैदीहरूमध्ये ४३ जनालाई समेत सुरक्षा निकायहरूले नियन्त्रणमा लिएका छन्।

सुरक्षा निकायहरूले सर्वसाधारणलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि वा वस्तुको बारेमा तत्काल जानकारी दिन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...