Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

संविधान रक्षाकाे माग गर्दै पत्रकार र कानुन व्यवसायीहरूको मौन प्रदर्शन

spot_img
spot_img

वीरगंज । देशमा जेन–जी आन्दोलनका कारण उत्पन्न राजनीतिक शून्यता र अन्योलको अवस्थालाई सम्बोधन गर्न पर्साका पत्रकार र कानुन व्यवसायीहरूले संविधानको मर्मअनुसार समाधान खोज्न माग गर्दै मौन प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको आह्वानमा शुक्रबार वीरगंजमा भएकाे प्रदर्शनमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता थियो । शाखाका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा भएको प्रदर्शनमा पत्रकारहरूले जेन–जी आन्दोलनका मागहरूलाई संविधानको दायराभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनीहरूले देशलाई ठूलो सङ्कटबाट जोगाउन वर्तमान संवैधानिक व्यवस्थालाई आधार बनाएर अघि बढ्नुपर्ने माग राखे ।

प्रदर्शनमा महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेसहित विभिन्न राजनीतिक दल निकट पत्रकार सङ्गठनका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

यसैबीच, नेपाल बार एसोसिएसन पर्सा शाखाले पनि जिल्ला अदालत परिसरमा संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने मागसहित मौन प्रदर्शन गरेको छ । बार एसाेसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीकाे नेतृत्वमा भएकाे प्रदर्शननमा बाराका पदाधिकारी, सदस्य तथा अन्य कानुन व्यवसायीहरू सहभागि थिए ।

यसैगरी कलैयामा समेत नेपाल पत्रकार महासङ्घको आह्वानमा पत्रकारहरूले संविधान रक्षाको मागसहित मौन प्रदर्शन गरेका छन्। कलैयाकाे भरत चाैकमा भएकाे प्रदर्शनमा सहभागि पत्रकारहरुले अन्तरिम सरकार गठन संविधानको मर्मअनुसार हुनुपर्ने माग राखेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...