Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

संविधान रक्षाकाे माग गर्दै पत्रकार र कानुन व्यवसायीहरूको मौन प्रदर्शन

spot_img
spot_img

वीरगंज । देशमा जेन–जी आन्दोलनका कारण उत्पन्न राजनीतिक शून्यता र अन्योलको अवस्थालाई सम्बोधन गर्न पर्साका पत्रकार र कानुन व्यवसायीहरूले संविधानको मर्मअनुसार समाधान खोज्न माग गर्दै मौन प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको आह्वानमा शुक्रबार वीरगंजमा भएकाे प्रदर्शनमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता थियो । शाखाका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा भएको प्रदर्शनमा पत्रकारहरूले जेन–जी आन्दोलनका मागहरूलाई संविधानको दायराभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनीहरूले देशलाई ठूलो सङ्कटबाट जोगाउन वर्तमान संवैधानिक व्यवस्थालाई आधार बनाएर अघि बढ्नुपर्ने माग राखे ।

प्रदर्शनमा महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेसहित विभिन्न राजनीतिक दल निकट पत्रकार सङ्गठनका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

यसैबीच, नेपाल बार एसोसिएसन पर्सा शाखाले पनि जिल्ला अदालत परिसरमा संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने मागसहित मौन प्रदर्शन गरेको छ । बार एसाेसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीकाे नेतृत्वमा भएकाे प्रदर्शननमा बाराका पदाधिकारी, सदस्य तथा अन्य कानुन व्यवसायीहरू सहभागि थिए ।

यसैगरी कलैयामा समेत नेपाल पत्रकार महासङ्घको आह्वानमा पत्रकारहरूले संविधान रक्षाको मागसहित मौन प्रदर्शन गरेका छन्। कलैयाकाे भरत चाैकमा भएकाे प्रदर्शनमा सहभागि पत्रकारहरुले अन्तरिम सरकार गठन संविधानको मर्मअनुसार हुनुपर्ने माग राखेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...