Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा सार्वजनिक सम्पत्ति जोगाउन स्थानीय युवाहरू सतर्क

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीका स्थानीय युवा तथा नागरिकहरू सार्वजनिक र निजी सम्पत्ति संरक्षणमा जुटेका छन्।

जेन–जी आन्दोलनको नाम दुरुपयोग गर्दै विभिन्न समूहले ग्रामीण भेगमा तोडफोड र आगजनीको घटना बढेपछि स्थानीयहरूले सुपौलीमा रहेका इलाका प्रशासन कार्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय, विद्यालयलगायतका सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्वयंसेवी रूपमा पहरा दिइरहेका छन्।

सुपौली बजारको चौकीमा तैनात स्थानीय युवाहरू लाठीसहित बिहानैदेखि पालैपालो सुरक्षामा खटिएका छन्। उनीहरूले सार्वजनिक सम्पत्ति बचाउन समुदायको सहकार्यमा सतर्कता बढाइएको बताए।

जेन–जी उमेर समूहका युवाहरूको आन्दोलनपछि अन्तरिम सरकार गठनबारे वार्ता भइरहेका बेला पर्साका विभिन्न स्थानमा जेन–जीको नाम दुरुपयोग गर्दै सरकारी कार्यालय र जनप्रतिनिधिहरूको घरमा आक्रमण गर्ने घटना बढेसँगै स्थानीयहरू सक्रिय बनेका हुन् ।

बुधबार जिराभवानी गाउँपालिकाकाे कार्यालयमा एक समुहले जेन जिकाे नाममा आगजनी गरेपछि त्यहाँका युवाहरु सर्तकता अपनाउन थालेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...