Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानीमा सार्वजनिक सम्पत्ति जोगाउन स्थानीय युवाहरू सतर्क

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीका स्थानीय युवा तथा नागरिकहरू सार्वजनिक र निजी सम्पत्ति संरक्षणमा जुटेका छन्।

जेन–जी आन्दोलनको नाम दुरुपयोग गर्दै विभिन्न समूहले ग्रामीण भेगमा तोडफोड र आगजनीको घटना बढेपछि स्थानीयहरूले सुपौलीमा रहेका इलाका प्रशासन कार्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय, विद्यालयलगायतका सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्वयंसेवी रूपमा पहरा दिइरहेका छन्।

सुपौली बजारको चौकीमा तैनात स्थानीय युवाहरू लाठीसहित बिहानैदेखि पालैपालो सुरक्षामा खटिएका छन्। उनीहरूले सार्वजनिक सम्पत्ति बचाउन समुदायको सहकार्यमा सतर्कता बढाइएको बताए।

जेन–जी उमेर समूहका युवाहरूको आन्दोलनपछि अन्तरिम सरकार गठनबारे वार्ता भइरहेका बेला पर्साका विभिन्न स्थानमा जेन–जीको नाम दुरुपयोग गर्दै सरकारी कार्यालय र जनप्रतिनिधिहरूको घरमा आक्रमण गर्ने घटना बढेसँगै स्थानीयहरू सक्रिय बनेका हुन् ।

बुधबार जिराभवानी गाउँपालिकाकाे कार्यालयमा एक समुहले जेन जिकाे नाममा आगजनी गरेपछि त्यहाँका युवाहरु सर्तकता अपनाउन थालेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...