Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 230

निरन्तर बेरुजु घटाँउदै परवानीपुर गाँउपालिका

वीरगंज । बाराको परवानीपुर गाँउपालिका कार्यालयले महालेखाको परिक्षणमा विगतको भन्दा अहिले निरन्तर बेरुजु घटाउँदै लगेको पाईएको छ । महालेखाको पछिल्लो तीन आर्थिक बर्षको प्रतिवेदन अनुसार परवानीपुर गाँउपालिका जिल्लाको सबैभन्दा कम बेरुजु भएको पालिकाको रुपमा देखिन्छ ।

प्रतिवेदन अनुसार १६ पालिका रहेको बारा जिल्लामा पछिल्लो आर्थिक बर्ष ०७८/०७९, आर्थिक बर्ष ०७९/०८० र गत आर्थिक बर्ष ०८०/०८१ मा परवानीपुर गाँउपालिका कार्यालयको निरन्तर बेरुजु घटेको उल्लेख छ ।

जिल्लाको अन्य पालिकाको बेरुजु बढिरहेको अवस्थामा यी गाँउपालिकाको बेरुजु घट्नु सकरात्मक रहेको स्थानीयबासीहरुले जनाएका छन ।

पछिल्लो समयमा प्रत्येक बर्ष पालिकामा महालेखा परिक्षणको प्रतिवेदनमा पालिका सरकारी खर्च लगाममा नभएर हचुवाको भरमा गर्दै आएको खर्चका कारण बेरुजुको अवस्थामा बढिरहेको छ । तर परवानीपुर गाँउपालिका नागरीक प्रति उतरदायि भएर सरकारी खर्च प्रति जवाफदेही देखिएको महालेखाको प्रतिवेदनमा देखिन्छ ।

नेपालको सबैभन्दा सानो गाउँपालिकाको रुपमा परिचित परवानीपुर गाउँपालिका सरकारी खर्चमा पनि लगाम लगाएर बाँकी बेरुजु घटाउँदै लग्नु पालिकाको नागरीक प्रति जवाफदेही बन्दै गएको अनुभुति भएको स्थानीयबासीले चर्चा गर्न थालेका छन ।

कुन आवमा कति बेरुजु घट्यो ?

महालेखा परिक्षणको कार्यालयले प्रत्येक बर्ष स्थानीयतहमा परिक्षण गर्ने गरेको छ । महालेखाले ६० औ प्रतिवेदन अनुसार भएको परवानीपुरमा भएको महालेखाको आर्थिक परिक्षण अनुसार आर्थिक बर्ष ०७८/०७९ मा कुल परिक्षण भएको रकममा ७५ लाख ७३ हजार अर्थात शुन्य दशमलव ९९ प्रतिशत मात्र बेरुजु देखिन्छ । यी आर्थिक बर्षमा जिल्लाको सबैभन्दा कम बेरुजु भएको पालिकाको रुपमा हो ।

यस्तै महालेखाले ६१ औ प्रतिवेदन अनुसार परवानीपुर गाँउपालिकामा गत आर्थिक बर्ष ०७९/०८० मा ५१ लाख ५५ हजार अर्थात शुन्य दशमलव ४५ प्रतिशत मात्र बेरुजु रहेको महालेखाको प्रतिवेदनमा देखिन्छ । प्रतिवेदन अनुसार परवानीपुर गाँउपालिका बाहेक सबैको अधिकांश पालिकाको बेरुजु बर्षेनी बढेको अवस्था छ ।

गत आर्थिक बर्ष ०८०/०८१ म महालेखाले ६२ औ प्रतिवेदन अनुसार ४० लाख ५० हजार अर्थात शुन्य दशमलव ४५ प्रतिशत बेरुजु रकम रहेको अवस्था छ । पछिल्लो तथ्यांक अनुसार जिल्लाको सबैभन्दा कम बेरुजु रहेको पालिकाको रुपमा परवानीपुर गाँउपालिका रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

किन घट्दैछ बेरुजु ?

पछिल्लो समयमा नयाँ उमेर समुहका कर्मचारी पालिकामा जिम्मेवारी सम्हालेकै कारण अनावश्यक र मनोमानी खर्च रोकिएको छ ।

भविष्यमा कमजोरी नगर्ने मुलमन्त्रका साथमा जिम्मेवार भएर पालिकामा आएका उनीहरु अनावश्यक खर्च गर्नका लागी तयार नभएकै कारण बेरुजुमा लगाम लाग्न थालेको अवस्था छ ।

निजामति सेवामा युवा पुस्ताका कर्मचारीहरु जिम्मेवारी पुर्वक नियम कानुनको परिधिमा रहेर अति आवश्यक र आवश्यक खर्च गर्दा पालिकाको खर्चमा लगाम लागेको जनप्रतिनिधिहरुको जनाएका छन ।

पालिकाको बिकाशमा गर्नुपर्ने काम भन्दा दायाबाँयामा नलाग्ने अठोट गरेका पालिकाका कर्मचारीहरुका कारण यो नियन्त्रण हुदै गएको अवस्था छ ।

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ ।

शुक्रबार प्रमुख सिंहलाई बुझाइएको पत्रमा चलचित्रको माध्यमबाट वीरगंजका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्न सकिने र यसले स्थानीय पर्यटनलाई प्रत्यक्ष रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ । संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रममा चलचित्रसँग सम्बन्धित कार्यक्रम समावेश गर्न आग्रह गरेको छ ।

पत्रमा वीरगंजका प्रमुख पर्यटकीय स्थलहरूमा सिनेमा संवाद कार्यक्रम, स्थानीय कलाकारलाई प्रोत्साहन, लेखन कार्यशाला लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्ताव राखिएको छ । यस्ता कार्यक्रमहरूले सिर्जनात्मक क्षमता विकास गर्ने र स्थानीय प्रतिभालाई उजागर गर्ने विश्वास चलचित्र पत्रकार संघ पर्सका अध्यक्ष सूर्यनारायण विकले व्यक्त गरे ।

अध्यक्ष विकसँगै उपाध्यक्ष आनन्द पटेल, सदस्यद्वय समिना रञ्जितकार र रश्मिराज भण्डारीले मेयर सिंहलाई भेटी पत्र बुझाएका थिए । सो अवसरमा मेयर सिंहले संघको पहललाई स्वागत गर्दै वीरगंजलाई कला, संस्कृति र पर्यटनको संगमस्थल बनाउन महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संघले प्रस्तुत गरेको पत्रमा लेखन, संवाद, निर्देशन, दृश्य–श्रव्य तालिम तथा स्थानीयस्तरका चलचित्र गतिविधिहरू सञ्चालन गर्ने योजना उल्लेख गरिएको छ । संघको पहलले वीरगंजलाई कला, संस्कृति र पर्यटनको समृद्ध गन्तव्य बनाउने महानगरको योजनालाई सहयोग पुर्‍याउने मेयर सिंहको विश्वास छ ।

‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो कार्यक्रम सम्पन्न

वीरगंज । भोजपुरी प्रतिष्ठान, वीरगंजकाे आयोजनामा सञ्चालित ‘आपन भाषा आपन पहिचान’ अभियानको दोस्रो साप्ताहिक कार्यक्रम वीरगंजकाे चिनीमिलस्थित सिद्धार्थ माद्यमिक विद्यालयमा सम्पन्न भएकाे छ ।

प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवालको अध्यक्षता र सल्लाहकार प्रमोद पाण्डेकाे प्रमुख आतिठ्ठयतामा भएकाे कार्यक्रममा अस्मिता पटेल, शिक्षक सन्नी दुवे र शिक्षिका सिता अधिकारी, मुकेश महताे लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन ।

कार्यक्रमको प्रारम्भमा अमोद गुप्ता र अस्मिता पटेलले भाषा र साहित्यसम्बन्धी मन्तव्य राख्दै आफ्ना रचनाहरू प्रस्तुत गरे । प्रमोद पाण्डेले मातृभाषाको संरक्षण, प्रवर्द्धन र प्रयोगको महत्त्वमा जोड दिँदै भाषा र बोलीको अन्तर स्पष्ट पारे । उनले भोजपुरी भाषाको सांस्कृतिक छाप र यसको मानवीकरण अपरिहार्य रहेको बताए ।

गत साता आयोजित पहिलो साप्ताहिक कार्यक्रममा देखिएको उत्साहले यसपटक विद्यार्थीहरूमा अझ बढी जोश देखिएको आयाेजकले जनाएकाे छ । कक्षा ९ की छात्रा मनिषा कुमारी पण्डितले छठ पूजा तथा विवाहमा गाइने परम्परागत भोजपुरी लोकगीतहरू प्रस्तुत गरी कार्यक्रमलाई भावनात्मक बनाएकी थिइन ।

श्याम सर्राफले भोजपुरी गीतहरूको सांस्कृतिक महत्वबारे चर्चा गर्दै परम्परा, संस्कार र समाजमा लोकगीतले खेल्ने भूमिकामा प्रकाश पारे । उनले विभिन्न अवसरमा गाइने भोजपुरी गीतहरू प्रस्तुत गर्दा उपस्थितहरू मन्त्रमुग्ध बने ।

भोजपुरी प्रतिष्ठानका सदस्यहरूले वीरगंज महानगर प्रमुख राजेशमान सिंहको परिकल्पना अनुरूप बालबालिकामा मातृभाषा, साहित्य, कला, संस्कार र संस्कृति प्रतिको रुचि र गर्व जागृत गराउने उद्देश्यले महानगरका विभिन्न विद्यालयमा अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

मातृभाषा सञ्चारको मात्र माध्यम नभई सांस्कृतिक पहिचानको आधार भएको उल्लेख गर्दै उनीहरूले बालबालिकामा मौलिक संस्कार र सांस्कृतिक सम्पदा प्रतिको आकर्षण अभिवृद्धि भएको बताए ।

एल.एस न्युरो हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । एल.एस न्युरो एन्ड जेनेरल हस्पिटल वीरगंजकाे आयाेजना शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । सामाजिक उत्तरदायित्व अन्तर्गत भएकाे कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन् ।

अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री पटेलले गरेका थिए ।

शुक्रवार अस्पताल परिसरमा भएकाे कार्यक्रममा डा. अर्जुन पटेल, नन्देश सिंह, सुमिन्त्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, सुनिल कुमार, दीपक साह, सरगम साह, अनुषा कर्की, करुणा कार्की, डा. ओम गुप्ता, ऐशा सुनार, सन्दीप कुमारलगायते रक्तदान गरेका हुन् ।

वीरगंज ब्लड बैंकमा भएकाे रक्त अभाव भएपछि आपूर्तिलाई सहज बनाउन रक्तदान कार्यक्रम गरिएकाे प्रबन्ध निर्देशक कुर्मीले बताए । साथै, उनले रक्तदान गर्दा स्वास्थ्यमा कुनै अवसर पर्ने नभएकाेले रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेल, रेडक्रस रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, गण्डक प्रहरी बाराका इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा प्राविधिक सहयाेग रक्त सञ्चार केन्द्रका प्राविधिक मनिष गुप्ता र समीर आलमको टोलीले गरेकाे थियाे ।

नेशनल मेडिकल कलेजमा स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आज बिरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेजको नेतृत्वमा नेपाल सरकारले मान्यता दिएको विभिन्न स्वास्थ्य सेवा कार्यक्रमहरूको जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी रहनुभएको थियो। उहाँले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिकका लागि औषधि उपचार, क्षयरोग (टीबी) नियन्त्रण कार्यक्रम, खोप सेवा तथा कर्मचारी सञ्चय कोष सेवाजस्ता सुविधाहरूको बारेमा जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य चौकी प्रमुखहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराए पनि धेरै नागरिकहरूले यसबारे पर्याप्त जानकारी नपाएर लाभ लिन सकेका छैनन्। त्यसैले तपाईँहरू आफ्ना वडामा यस्ता कार्यक्रमको जानकारी विस्तार गर्नुहोस्।”

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि अंसारीले मधेश प्रदेशका आठ जिल्लामा समेत यस्तै अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।

यस अन्तरक्रियाले स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्नो वडामा जनचेतना अभिवृद्धि गर्ने र नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउने दिशामा प्रेरित गरेको छ।

बदलिएन वीरगंजलाई हेर्ने सरकारको नजर, तीन मन्त्री भएर पनि बजेटमा अटाएन वीरगंज

वीरगंज । संघीय सरकारले आउँदो आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरे पनि देशको राजस्व संकलनमा करिब ६० प्रतिशत योगदान दिने वीरगंज फेरि पनि उपेक्षित बनेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा वीरगंजसहित पर्सा जिल्लाका प्रमुख विकास योजनाहरू कतै समेटिएका छैनन् । पर्साबाट तीनजना मन्त्री सरकारमा सहभागी हुँदा समेत वीरगंज र यस आसपासका भौतिक, शैक्षिक तथा स्वास्थ्य पूर्वाधारका विकास योजनाहरू यसपटक पनि बजेटमा अटाउन सकेनन् । पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री छन् ।

उनी यसअघि स्वास्थ्य मन्त्री र वन मन्त्रीसमेत बनीसकेका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट निर्वाचित अजय कुमार चौरसिया संसदीय मामिला तथा कानुन मन्त्री छन् भने क्षेत्र नम्बर ३ बाट निर्वाचित राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । यति धेरै मन्त्री एकैपटक हुँदा पनि यहाँका योजना बजेटमा नअटाउनुले मन्त्रीहरुको उदासिनता र आफ्नो जिल्लाप्रतिको गम्भिरतालाई स्पष्ट पारेको छ ।

बजेटमा ११ खर्ब ८० अर्ब ९८ करोड चालु खर्चका लागि, ४ खर्ब ७ अर्ब ८९ करोड पुँजीगत खर्चका लागि र ३ खर्ब ७५ अर्ब २४ करोड वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको छ । तर, यीमध्ये कुनै पनि शीर्षकमा वीरगंजको नाम उल्लेख गरिएको छैन ।

वीरगंजको ऐतिहासिक चिनी कारखाना, नारायणी अस्पतालको स्तरोन्नति, नारायणी रंगशालाको पुनःजीवन, ठाकुरराम बहुमुखी क्याम्पसको पूर्वाधार विस्तार लगायतका जनस्तरमा उठ्दै आएका आवश्यकतालाई बेवास्ता गरिएको देखिन्छ ।

स्थानीय बासिन्दाहरू सरकारको यस प्रवृत्तिबाट निराश छन् । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भने, “राजस्वको ठूलो हिस्सा दिने शहरलाई बारम्बार उपेक्षा गर्नु अन्याय मात्र होइन, दीर्घकालीन असर पार्ने नीति विहीन सोच हो ।” यद्यपी निजी क्षेत्रका भने अधिकांश माग यसपटक बजेटमा समावेश भएपनि कार्यन्वयन हुनेमा भने उनी विश्वस्त छैनन् ।

प्रदेश र पालिकाका लागि ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँको वित्तीय हस्तान्तरण हुने भनिए पनि त्यसले वीरगंजजस्ता शहरमा ठोस प्रभाव पार्ने खालको योजनागत आधार प्रस्तुत गरिएको छैन । आन्तरिक राजस्व स्रोतबाट १३ खर्ब १५ अर्ब रुपैयाँ उठाउने सरकारको योजना छ, जसको ठूलो हिस्सा वीरगंज भन्सारजस्ता स्थल नाकाबाट संकलन हुने निश्चित छ । तर, योगदान दिने ठाउँले पुनः केही नपाउनु विडम्बनापूर्ण भएको मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यको भनाई छ ।

जगरनाथपुरमा भब्य रुपमा मनाइयो गणतन्त्र दिवस

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दसौता–इनर्वा बोर्डर क्षेत्रलाई गणतन्त्र दिवसका लागि विशेष रूपमा सजाइएको थियो । गाउँपालिकाले नेपाल–भारत सीमामा राष्ट्रिय झण्डा झण्डोत्तलन गरिनुका साथै सिमा क्षेत्रमा सूचना केन्द्रको स्थापना समेत गरिएको छ । गणतन्त्र दिवसको अवसरमा सिमा सुरक्षा वल सशस्त्र प्रहरीका अधिकारीहरुको उपस्थितीमा सिमामा नेपालको झण्डा फहराइएको छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिहिवार नै तीनवटा निर्माण सम्पन्न भई संचालनमा आएका योजनाहरूको उद्घाटन गरेका छन् । इनर्वा–दसौता सिमा क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जगरनाथपुर गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका पर्यटक सूचना केन्द्र, कुस्ती अखाडा, सशस्त्र प्रहरी बलको सुरक्षा पोस्ट र राष्ट्रिय ध्वज स्थलको उद्घाटन गरिएको हो । साथै, सिमा क्षेत्रको नेपाली भूमिमा “सेल्फी स्टल” समेत निर्माण गरिएको छ । अब यो क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अध्यक्ष यादवको विश्वास छ ।

सौन्दर्यकरण पश्चात इनर्वा–दसौता सिमा क्षेत्र झनै मनमोहक देखिएको छ । उद्घाटन तथा झन्डा फहराउने कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले लोकतन्त्रले दिएको उपलब्धिहरूलाई आत्मसाथ गर्दै स्थानीय सरकारले विकासको मूल फुटाएको बताए । उनले लोकतन्त्रको विकल्प पुनः लोकतन्त्र नै रहेको उल्लेख गर्दै लोकतन्त्रपछिको परिवर्तनले जनताको जीवनशैलीमा सकारात्मक असर पारेको तथा विकासको गति तीव्र रुपमा अघि बढिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बबिता सिंह, सशस्त्र प्रहरी बल १३ नं. गणका प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नं. १ का अध्यक्ष लक्ष्मी साह तेली, भारतीय सीमा सुरक्षा बलका निरीक्षक आर.डी. कोमल लगायतको उपस्थिती रहेको थियो ।

एकीकृत समाजवादी पर्साद्वारा गणतन्त्र र समाजवाद विषयक गोष्ठी सम्पन्न

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साले गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्र र समाजवाद’ विषयक एकदिने गोष्ठी सम्पन्न गरेको छ । वीरगंजस्थित जिल्ला समन्वय समिति, पर्साको सभाहलमा सम्पन्न गोष्ठीमा पार्टीका नेताहरूले गणतन्त्र र समाजवाद सम्बन्धी धारणा राखेका थिए ।

नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा सह–इन्चार्ज मनोज चौधरी, प्राध्यापक संघका तर्फबाट ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हरि वैद्य, प्राध्यापक संघकै राजेन्द्र चौधरी, पेशागत महासंघका सुवेदार यादव, बुद्धिजीवी संगठन पर्साका अध्यक्ष इन्द्र भट्टराई, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, दलित मुक्ति संगठन, पर्साका अध्यक्ष सुशील हजारा, युवा संघ वीरगंज महानगर कमिटीका अध्यक्ष तारकेश्वर चौबे, अनेरास्ववियु पर्साका अध्यक्ष मेवालाल साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरूले लोकतन्त्रको रक्षा तथा प्राप्त उपलब्धिहरूको संस्थागत विकास र संरक्षणका लागि सबै गणतान्त्रिक शक्तिहरू एकजुट हुनु पर्नेमा जोड दिएका थिए । साथै, नेताहरूले नेकपा (एकीकृत समाजवादी) ले आफ्नो राजनीतिक दस्तावेजमार्फत समाजवादलाई स्पष्ट रूपमा अंगीकार गर्दै समाजवादी आन्दोलनलाई अग्रगमन गराएको दाबी गरे ।

गोष्ठीमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको नेकपा (एकीकृत समाजवादी) पर्साका सचिव गंगा खड्काले जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका उपाध्यक्ष विक्रम चौरसियाले गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवानले गरेका थिए ।

नेताहरूको लागि गणतन्त्र, जनताले पाए केरा गणतन्त्र !

0

                                                                                                             -प्रभाकर साह
आज २०८२ जेठ १५ गते, नेपालले आफ्नो १८औँ गणतन्त्र दिवस मनाइरहेको छ। यो दिन २०६५ मा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक क्षणको सम्झना हो, जसले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गरेको थियो। जनआन्दोलन २०६२ र ६३ को बलमा स्थापित यो गणतन्त्रले समृद्ध, समान र स्वतन्त्र नेपालको सपना देखाएको थियो। “समृद्ध नेपाल, सुखी नेपाली” को नाराले हरेक नेपालीको मनमा आशा जगाएको थियो। तर, १८ वर्षपछि सडक, चिया पसल र सामाजिक सञ्जालमा एउटा कटाक्षपूर्ण भनाइले व्यापक चर्चा पाएको छ — “नेताहरूको लागि गणतन्त्र, जनताको लागि केरा गणतन्त्र।” यो भनाइले गणतन्त्रको दोहोरो चरित्रलाई उजागर गर्छस् नेताहरू र उनीहरूका सहयोगीहरूका लागि यो सत्ता, सम्पत्ति र शक्तिको स्वर्णिम अवसर बनेको छ, तर साधारण जनताका लागि यो भ्रष्टाचार, अपराध, अस्थिरता र निराशाको दलदलमा परिणत भएको छ। “केरा गणतन्त्र” शब्दले नेपालको गणतान्त्रिक व्यवस्थालाई कमजोर, अराजक र भ्रष्टाचारले ग्रस्त व्यवस्थाको रूपमा चित्रण गर्छ, जस्तो कि ल्याटिन अमेरिकी देशहरूमा सत्ताधारी समूहले देशलाई आफ्नो निजी स्वार्थका लागि सञ्चालन गर्थे। हालै गृह मन्त्रालयसँग सम्बन्धित भिजिट भिसा प्रकरण र रौतहटको इट्टा भट्टा सामूहिक हत्याकाण्डमा मोहम्मद अफताब आलमको संलग्नता रहे पनि सत्ता र पैसा को बलमा उच्च अदालतबाट सफाई पाउनुले यो भनाइलाई थप बल पुर्याएको छ।

“नेताहरूको लागि गणतन्त्र सत्ता र सम्पत्तिको स्वर्णिम अवसर बनेको छ, तर जनताका लागि यो भ्रष्टाचार, अपराध र निराशाको दलदलमा परिणत भएको छ।”

नेताहरूको लागि गणतन्त्र: सत्ता, सम्पत्ति संरक्षणको साधन

गणतन्त्र स्थापना भएपछि नेपालले केही उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। २०७२ को संविधानले सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई संस्थागत गर्यो। सात प्रदेश र ७५३ स्थानीय तहको स्थापनाले शासनलाई विकेन्द्रीकृत गरेको छ। स्थानीय तहमा जनप्रतिनिधिहरूको निर्वाचनले गाउँ९गाउँमा सिंहदरबारको पहुँच पुगेको दाबी गरिन्छ। संविधानले ३३५ महिला प्रतिनिधित्व अनिवार्य गरेको छ, जसले हजारौँ महिलालाई नेतृत्वको अवसर दिएको छ। जनजाति, मधेसी र दलित समुदायको राजनीतिक सहभागिता पनि बढेको छ। यी उपलब्धिहरूले गणतन्त्रको सकारात्मक पक्षलाई देखाउँछन्। तर, यी प्रगतिहरूको मुख्य लाभ सत्तासीन नेताहरू र उनीहरूका नजिकका सहयोगीहरूले लिएका छन्। गणतन्त्रले नेताहरूलाई नीतिहरू बनाउने, ठेक्कापट्टा बाँड्ने र सरकारी नियुक्तिहरूमा आफ्ना मान्छे भर्ती गर्ने असीमित शक्ति दिएको छ। उदाहरणका लागि, २०७५ को वाइडबडी विमान खरिद काण्डमा नेपाल वायुसेवा निगमले दुईवटा विमान खरिद गर्दा ४।३५ अर्ब रुपैयाँको अनियमितता भएको पाइयो। यो प्रकरणमा तत्कालीन पर्यटनमन्त्री र उच्च सरकारी अधिकारीहरूको संलग्नता उजागर भयो, तर कुनै प्रभावशाली व्यक्ति कारबाहीको दायरामा आएनन्। ललिता निवास जग्गा प्रकरणमा सत्तारूढ दलका शीर्ष नेताहरूले सरकारी जग्गा हिनामिना गरेर अर्बौँको सम्पत्ति निजीकरण गरेको तथ्य बाहिर आयो। यो काण्डमा पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू र उनीहरूका सहयोगीहरूको नाम जोडियो, तर जवाफदेहिता शून्य रह्यो। २०७८ मा भएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा तत्कालीन सञ्चारमन्त्री र उनका सहयोगीहरूले विदेशी कम्पनीसँग मिलेर ३२ करोड रुपैयाँको अनियमितता गरेको खुलासा भयो। यस्तै, हालै गृह मन्त्रालयसँग सम्बन्धित भिजिट भिसा प्रकरणले ठूलो विवाद निम्त्याएको छ। २०८१ मा गृह मन्त्रालयले भिजिट भिसा प्रक्रियामा अनियमितता गरेको आरोप लाग्यो, जहाँ उच्च पदस्थ अधिकारीहरू र सत्तारूढ नेताहरूका नजिकका सहयोगीहरूले विदेशी नागरिकहरूलाई गैरकानुनी रूपमा भिसा प्रदान गरेर करोडौँ कमाए। यो प्रकरणमा मन्त्रालयका कर्मचारी र नेताहरूका सहयोगीहरूले मध्यस्थकर्ताको रूपमा काम गरेको तथ्य बाहिर आएको छ, तर ठोस कारबाहीको अभाव छ। यी घटनाहरूले गणतन्त्रलाई नेताहरूको लागि सम्पत्ति आर्जन र शक्ति संरक्षणको साधन बनाएको प्रष्ट गर्छ। नेताहरूका सहयोगीहरू, जसलाई जनताले प्रायः “कुकुरहरू” भन्छन्, पनि यस्ता अनियमिततामा संलग्न छन्। ठेक्का व्यवसायीहरू, दलका कार्यकर्ता र नातेदारहरूलाई सडक निर्माण, जलविद्युत् आयोजना र सरकारी नियुक्तिहरूमा प्राथमिकता दिइएको छ। उदाहरणका लागि, सिक्टा सिँचाइ आयोजनामा ठेक्का प्रक्रियामा अनियमितताले आयोजनाको लागत दोब्बर भएको छ, तर जिम्मेवार व्यक्तिहरू उम्किए। यस्ता कार्यले नेताहरू र उनीहरूको सर्कललाई धनी बनाएको छ, जबकि साधारण जनताले कुनै प्रत्यक्ष लाभ पाएका छैनन्।

जनताको लागि केरा गणतन्त्र: भ्रष्टाचार, अपराध निराशाको चक्र

जबकि नेताहरूले गणतन्त्रलाई आफ्नो स्वार्थको साधन बनाए, साधारण जनताका लागि यो व्यवस्था “केरा गणतन्त्र” बनेको छ— एउटा यस्तो व्यवस्था, जहाँ भ्रष्टाचार, अपराध, अस्थिरता र आर्थिक सङ्कटले जनजीवन कष्टकर बनाएको छ। गणतन्त्र स्थापनापछि नेपालले २०६५ देखि २०८२ सम्म दर्जनौँ सरकार परिवर्तन देख्यो। हरेक सरकार परिवर्तनले नीतिगत अस्थिरता निम्त्यायो, जसले विकास आयोजनाहरूलाई अवरुद्ध बनायो। मेलम्ची खानेपानी आयोजना यसको ज्वलन्त उदाहरण हो। यो आयोजनाको सुरुवाती लागत १७० अर्ब रुपैयाँ थियो, तर भ्रष्टाचार र ठेक्का प्रक्रियामा भएको अनियमितताले लागत ३०० अर्ब नाघ्यो। काठमाडौँका जनताले अझै पूर्णरूपमा पानी पाएका छैनन्। सडक विस्तार र अन्य पूर्वाधार आयोजनाहरूमा पनि ढिलाइ र लागत वृद्धिको मुख्य कारण नेताहरू र ठेकेदारहरूको मिलेमतो हो। अपराधको सवालमा नेताहरू र उनीहरूका सहयोगीहरूको संलग्नता झन् डरलाग्दो छ। २०८० मा त्रिभुवन विमानस्थलबाट ६० किलो सुन तस्करी भएको काण्डमा सत्तारूढ दलका प्रभावशाली नेताहरू र उनीहरूका सहयोगीहरूको संलग्नताको आशङ्का छ। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे पनि ठोस कारबाही भएको छैन। नक्कली भुटानी शरणार्थी काण्ड अर्को गम्भीर उदाहरण हो। २०८० मा यो काण्डमा पूर्वगृहमन्त्री, उच्च सरकारी अधिकारी र नेताहरूका नजिकका सहयोगीहरूले नेपाली नागरिकहरूलाई अमेरिका पठाउने बहानामा करोडौँ ठगी गरेको खुलासा भयो। यो संगठित अपराधमा सत्तारूढ दलका शीर्ष नेताहरूको नाम जोडियो, तर अधिकांश उम्किए। रौतहटको इट्टा भट्टा ९ष्ततब खबततब० सामूहिक हत्याकाण्डले यो प्रवृत्तिलाई अझ प्रष्ट पार्छ। २०६४ चैत २७ गते ९ब्उचष् िढ, द्दण्ण्ड० रौतहटको राजपुर फरहदवामा पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि बम बनाउने क्रममा विस्फोट भयो। यो घटनामा नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमको संलग्नता रहेको आरोप छ। विस्फोटमा घाइते भएकाहरूलाई अस्पताल नपुर्याई, उनीहरूलाई इट्टा भट्टामा जिउँदै जलाएर हत्या गरेको भयानक तथ्य बाहिर आयो। यो काण्डमा २० जनाभन्दा बढीको ज्यान गएको अनुमान छ, जसमा नेपाल र भारतका व्यक्तिहरू समावेश थिए। आलमले निर्वाचनमा आफ्नो जीत सुनिश्चित गर्न बम बनाउन भारतीय पेशेवरहरूलाई प्रयोग गरेको र विस्फोटपछि साक्ष्य लुकाउन यो क्रूर कदम चालेको आरोप छ। स्थानीय प्रहरी र प्रशासनले यो घटनालाई दशकौँसम्म ढाकछोप गरेको पाइयो। २०७६ मा आलमलाई पक्राउ गरियो, र २०८१ मा रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनायो। तर, २०८२ जेठ १४ मा जनकपुर उच्च अदालतले “प्रमाण अपर्याप्त” भन्दै उनलाई रिहा गर्यो। यो निर्णयले जनतामा आक्रोश पैदा गरेको छ, किनकि यो काण्डमा प्रहरी, प्रशासन र राजनीतिक नेतृत्वको मिलेमतो रहेको स्पष्ट छ। यो घटनाले गणतन्त्रमा नेताहरूलाई कसरी संरक्षण प्राप्त हुन्छ भन्ने प्रष्ट पार्छ। आर्थिक सङ्कटले जनताको पीडालाई झन् गहिरो बनाएको छ। नेपालमा बेरोजगारी दर ११।४५ छ, र १५५ जनसङ्ख्या गरिबीको रेखामुनि छ। वैदेशिक रोजगार विभागका अनुसार, हरेक वर्ष ४ लाख युवा रोजगारीका लागि खाडी मुलुक, मलेसिया र अन्य देशहरूमा पलायन हुन्छन्। गणतन्त्रले “समृद्ध नेपाल” को वाचा गरेको थियो, तर औद्योगिक विकास र रोजगारी सिर्जनामा प्रगति सुस्त छ। नेपालको पर्यटन, जलविद्युत् र कृषिमा ठूलो सम्भावना छ, तर नीतिगत सुधार र लगानीको अभावले यी क्षेत्र अवरुद्ध छन्। अरुण९३ जलविद्युत् आयोजनाको प्रगति सुस्त छ, र पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्पष्टता छैन। भिजिट भिसा प्रकरणले गृह मन्त्रालयको विश्वसनीयतामाथि थप प्रश्न उठाएको छ। यो प्रकरणले गृह मन्त्रालयका उच्च अधिकारीहरू र नेताहरूको संलग्नतामा विदेशी नागरिकहरूलाई गैरकानुनी भिसा प्रदान गरिएको देखाउँछ, जसले राष्ट्रिय सुरक्षालाई समेत जोखिममा पारेको छ। सामाजिक प्रभाव पनि गम्भीर छ। युवा पलायनले गाउँहरूमा बृद्धबृद्धा र बालबालिकामात्र बाँकी छन्। परिवारहरू टुक्रिएका छन्, र सांस्कृतिक निरन्तरता लोप हुने जोखिम छ। गणतन्त्रले जनतालाई स्वतन्त्रता र सहभागिताको अवसर दिएको दाबी गर्छ, तर भ्रष्टाचार र अपराधको यो चक्रले जनताको विश्वासलाई खण्डित गरेको छ।

गणतन्त्र दिवस २०८२ ले हामीलाई यो दोहोरो चरित्रलाई गम्भीर रूपमा नियाल्ने अवसर दिएको छ। वाइडबडी काण्ड, ललिता निवास प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस, सुन तस्करी, नक्कली शरणार्थी काण्ड र रौतहटको इट्टा भट्टा हत्याकाण्डजस्ता घटनाहरूले नेताहरू र उनीहरूका सहयोगीहरूले गणतन्त्रलाई लुटतन्त्र बनाएको देखाउँछ। गृह मन्त्रालयको भिजिट भिसा प्रकरणले यो प्रवृत्तिलाई थप उजागर गर्छ। यता, जनताले बेरोजगारी, गरिबी, अस्थिरता र अपराधको मार खेपिरहेका छन्। मोहम्मद अफताब आलमको रिहाइले गणतन्त्रमा नेताहरूलाई कसरी संरक्षण प्राप्त हुन्छ भन्ने स्पष्ट गर्छ। यो “केरा गणतन्त्र”को अवधारणाले गणतन्त्रको वैधतामाथि गहिरो प्रश्न उठाएको छ। तर, समाधान गणतन्त्रलाई परित्याग गर्नु होइन, बरु यसलाई सुधार्नु हो। भ्रष्टाचारविरुद्ध कडा कारबाही, पारदर्शी शासन, रोजगारी सिर्जना र नीतिगत स्थिरताले मात्र गणतन्त्रलाई साँचो अर्थमा जनताको बनाउन सकिन्छ। नेताहरूले आफ्नो स्वार्थ त्यागेर जनताको हितमा काम गर्नुपर्छ। अन्यथा, “नेताहरूको लागि गणतन्त्र, जनताको लागि केरा गणतन्त्र” को यो कटु सत्यले हामीलाई सधैँ पछ्याइरहनेछ।

गणतन्त्र दिवसमा परवानीपुर गाउँपालिकामा पनि रक्तदान

परवानिपुर । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार बाराको परवानिपुर गाउँपालिकामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले रक्तदानको महत्व औल्याउँदै रगतको पोका हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारसहित ३० जनाले रक्तदान गरे । कार्यक्रममा उमेश गुप्ता, सन्दिप पासवान, अनिल कुमार श्रीवास्तव, लालबाबु महरा, जयकृष्ण मिश्र, उनेश महतो, जय कुशवाहा, सन्देश यादव, मनि प्रकाश सर्राफ, रुपेश मण्डल, राजा कुमार साह, राम सन्देश साह, सावन कुमार मण्डल, विशाल साह, ललन प्रसाद साह, सुगान्धी देवी लगायतले पनि रक्तदान गरेका हुन् ।

कार्यक्रमको उद्देश्य रक्त अभावको समस्या समाधान गर्दै जीवनरक्षात्मक सहयोग पुर्‍याउनु रहेको आयोजक पक्षले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रक्तदानलाई जीवनदायी अभियानको रूपमा चित्रण गर्दै, “रक्तदानले कसैको जीवन बचाउन सक्छ भन्ने सन्देश यो कार्यक्रममा सहभागीले दिएको वताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले “गणतन्त्र दिवसको अवसरमा आयोजित यो रक्तदान कार्यक्रमले समाजमा सहकार्य र मानव सेवाको भावना बढाउनेछ” भन्दै कार्यक्रमको सफलताको प्रशंसा गरे ।

गणतन्त्र दिवसको अवसरमा गरिएको यो रक्तदान कार्यक्रमले नागरिकहरूमा सामाजिक उत्तरदायित्वको भावना थप मजबुत पार्ने विश्वास लिइएको छ।