Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

spot_img
spot_img

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न गर्ने तयारीका विषयमा विस्तृत छलफल भएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकता भएको बताउँदै, निर्वाचनका लागि आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने र अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल हुने जानकारी दिनुभयो।

निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले मतपेटिका लगायत आवश्यक निर्वाचन सामग्री मौज्दातमा रहेको र अन्य आवश्यक सामग्री स्वदेशमै उत्पादन गरी खरिद गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूसँग समन्वय गरिने र नेपाल सरकारबाट सुरक्षित वातावरणको व्यवस्था मिलाइने कुरा उल्लेख गर्नुभयो।

छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल लगायत सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो। आयोगतर्फ निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर ज.ब.रा. र सचिव माहादेव पन्थ उपस्थित थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...