Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

spot_img
spot_img

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न गर्ने तयारीका विषयमा विस्तृत छलफल भएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकता भएको बताउँदै, निर्वाचनका लागि आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने र अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल हुने जानकारी दिनुभयो।

निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले मतपेटिका लगायत आवश्यक निर्वाचन सामग्री मौज्दातमा रहेको र अन्य आवश्यक सामग्री स्वदेशमै उत्पादन गरी खरिद गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूसँग समन्वय गरिने र नेपाल सरकारबाट सुरक्षित वातावरणको व्यवस्था मिलाइने कुरा उल्लेख गर्नुभयो।

छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल लगायत सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो। आयोगतर्फ निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर ज.ब.रा. र सचिव माहादेव पन्थ उपस्थित थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...