Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेशनल मेडिकल कलेजमा च्यारिटेबल फेस्ट सम्पन्न

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “Charitable Cultural Fest & Award Affiliation Ceremony” भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य चिकित्सा शिक्षासँगै समाजसेवा, सिर्जनात्मकता र नेतृत्वतालाई प्रोत्साहन गर्ने रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी र विशिष्ट अतिथिका रूपमा प्रबन्ध निर्देशक शहनवाज अन्सारीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रिन्सिपल प्रा.डा. के. एन. सिंहले गर्नुभएको थियो।

यस अवसरमा शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष (उप–प्रिन्सिपल) डा. रवीशंकर गुप्ता, नर्सिङ निर्देशक, उप–प्रिन्सिपल नर्सिङ, विभिन्न संकायका प्राध्यापक, विद्यार्थी तथा प्रशासनिक अधिकृतहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा स्वागत नृत्य, भाषण, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोर्प्सको वार्षिक प्रतिवेदन, पुरस्कार वितरण र चेक हस्तान्तरणजस्ता आकर्षक गतिविधिहरू सम्पन्न भए ।

कार्यक्रमले उत्कृष्टता पहिचान, नेतृत्व विकास, सिनियर–जुनियरबीचको सम्बन्ध मजबुत बनाउने, सामाजिक उत्तरदायित्वप्रति जागरुकता बढाउने र विद्यार्थीलाई आत्मविश्वासी बनाउने अपेक्षा गरिएको आयोजक समितिको भनाइ छ ।

नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर, बृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतना कार्यक्रम, खेलकुद तथा सांस्कृतिक गतिविधि जस्ता सामाजिक सेवामूलक कार्य गर्दै आएको छ।

यसै अवसरमा नेशनल मेडिकल कलेजले यस्ता कार्यक्रममार्फत “Beyond Medicine, Towards Humanity” को सन्देशलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...