Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जेन-जि आन्दोलनका क्रममा फरार कर्तव्यज्यान मुद्दाका कैदी पक्राउ

spot_img
spot_img

वीरगंज । जेन-जि आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका कर्तव्यज्यान मुद्दाका कैदी मुक्तिनारायण कुर्मी पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पर्साको कालिकामाई गाउँपालिका–५ सिमरामा उनको घरमै छापामारी गरी पक्राउ गरेको हो ।

४० वर्षीय कुर्मीले आफ्नै श्रीमती ३५ वर्षीया संगिता देवी कुर्मीलाई घाँटी थिची हत्या गरेको मुद्दामा पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका थिए । भदौ २४ गते जेन-जि आन्दोलनको क्रममा काठमाडौँको जगन्नाथदेवलस्थित केन्द्रिय कारागारबाट फरार भएका उनी आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको थियाे ।

मंगलबार साँझ ७:३० बजे पक्राउ परेका कुर्मीलाई आवश्यक कारबाहीपछि सम्बन्धित कारागार कार्यालयमा पठाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...