Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजमा क्षतिग्रस्त प्रहरी बिट स्थानीय युवाहरूको पहलमा पुनर्निर्माण

spot_img
spot_img

वीरगंज । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिट संरचना स्थानीय युवाहरूको पहलमा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ।

‘आफ्नै देश आफै बनाऔँ’ भन्ने नारासहित वीरगंजका युवाहरूले प्रहरी र जनताबीचको विश्वास पुनःस्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हुन्। नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल लिमिटेडका कर्मचारी तथा एलाइड यूथ क्लबका युवाहरूले मिलेर प्रहरी बिटलाई आवश्यक सामग्री उपलब्ध गराएका छन्।

पुनर्निर्माणमा टेबल, कुर्सी, दराज, पंखा, पानीको ट्यांकी, आवश्यक विद्युतीय सामग्री, साथै तोडफोड भएका झ्याल र ढोकाहरू प्रतिस्थापन गरिएका छन्। साथै भवनको रंगरोगन गरी प्रहरी बिटलाई पुरानै अवस्थामा ल्याइएको छ।

यस अभियानको नेतृत्व एलाइड यूथ सोसाइटीका संस्थापक ओमकुमार झाले गरेका थिए। उनले प्रहरी र जनताबीचको सम्बन्धमा सुधार ल्याउन युवाहरूले अग्रसरता देखाएको र भविष्यमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेशनल इन्फोटेक कलेजका प्रतिनिधि तथा युवा नेता सुधीर पटेलले जेनजी आन्दोलनका क्रममा केही उच्छृंखल व्यक्तिहरूबाट भएको तोडफोड र आगजनी दुर्भाग्यपूर्ण भएको बताउँदै, “युवाहरूले समाजप्रति जिम्मेवार बन्दै प्रहरी बिट पुनर्निर्माणमा सक्रिय सहयोग गरेका छन्, यो सकारात्मक कदम हो,” भने।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...