Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्राइम बैंककाे कार्यक्रममा ७६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । प्राइम बैंक लिमिटेड आदर्शनगर, वीरगंज शाखाको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकले १९ औं बर्षमा प्रबेश गरेकाे अवसरमा भएकाे कार्यक्रममा १० महिला सहित ७६ जनाले रक्तदान गरेका छन्।

रक्त सञ्चार केन्द्र वीरगंजका अनुसार कार्यक्रममा सुनिता राई, रीता साह, कृष्ण प्रसाद कानु, लक्ष्मण चौधरी, विन्द्र साह, अर्जुन चौधरी, प्रिन्स कुमार सिंह, मनमोहन शर्मा, धिरज चौधरी, सरोज श्रेष्ठ, सुनिल श्रेष्ठ, नितेश कुमार, रविन्द्र चालिसेलगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा नेतृत्वको टोलीले प्राविधिक सहयोग पुर्‍याएको थियो। बैंककाे वीरगंज शाखा प्रबन्धक मेघनाथ सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...