Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पर्साका नयाँ एसपी पाठकको कडा निर्देशन

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक हाजिर भएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा तत्कालीन एसपी गौतम मिश्रको सम्मानपूर्वक विदाइ र नयाँ एसपी पाठकको स्वागत गरिएको हो ।

एसपी मिश्रको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढी, कैलालीमा सरुवा भएपछि उनलाई विदाइ गरिएको हो । पर्सामा कार्यरत रहँदा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै प्रहरी कर्मचारीहरूले उनलाई सम्मानपूर्वक विदाइ गरेका थिए ।

यस अवसरमा नयाँ एसपी सुदिप राज पाठक र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतलाई समेत स्वागत गरिएको डिएसपी किशोर लम्सालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्मा सहित विभिन्न युनिटका प्रहरी अधिकृतहरुकाे उपस्थिति थियो ।

कार्यभार सम्हाले लगत्तै एसपी पाठकले मातहतका प्रहरी अधिकृतहरूसँग बैठक गरी जिल्लाको शान्ति सुरक्षा व्यवस्थाबारे छलफल गरेका थिए । उनले जिल्लामा हुने अवैध गतिविधि रोक्न कुनै सम्झौता नगर्ने र अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले जिल्ला प्रहरी कार्यालय परिसरमा दलाल र बिचाैलियाहरुकाे प्रबेश निषेध गर्न र पिडित तथा सेवाग्राहीले सिधै आफुसंग भेटन कडा निर्देशन समेत दिएकाे एक प्रहरी अधिकृतले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...