Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्साका नयाँ एसपी पाठकको कडा निर्देशन

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक हाजिर भएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा तत्कालीन एसपी गौतम मिश्रको सम्मानपूर्वक विदाइ र नयाँ एसपी पाठकको स्वागत गरिएको हो ।

एसपी मिश्रको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढी, कैलालीमा सरुवा भएपछि उनलाई विदाइ गरिएको हो । पर्सामा कार्यरत रहँदा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै प्रहरी कर्मचारीहरूले उनलाई सम्मानपूर्वक विदाइ गरेका थिए ।

यस अवसरमा नयाँ एसपी सुदिप राज पाठक र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतलाई समेत स्वागत गरिएको डिएसपी किशोर लम्सालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्मा सहित विभिन्न युनिटका प्रहरी अधिकृतहरुकाे उपस्थिति थियो ।

कार्यभार सम्हाले लगत्तै एसपी पाठकले मातहतका प्रहरी अधिकृतहरूसँग बैठक गरी जिल्लाको शान्ति सुरक्षा व्यवस्थाबारे छलफल गरेका थिए । उनले जिल्लामा हुने अवैध गतिविधि रोक्न कुनै सम्झौता नगर्ने र अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले जिल्ला प्रहरी कार्यालय परिसरमा दलाल र बिचाैलियाहरुकाे प्रबेश निषेध गर्न र पिडित तथा सेवाग्राहीले सिधै आफुसंग भेटन कडा निर्देशन समेत दिएकाे एक प्रहरी अधिकृतले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...