Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्साको ग्रामीण भेगमा नवरात्र व्रतालु र भक्तजनको संख्यामा उल्लेखनीय वृद्धि

spot_img
spot_img

सेढवा । पर्साको ग्रामीण भेगमा यस वर्ष नवरात्र पर्वमा श्रद्धालु भक्तजन र व्रतालुको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका विभिन्न स्थानमा नवरात्र व्रत बस्ने र पूजा गर्नेको संख्या बढेको स्थानीयले बताएका छन् ।

दशैँ सुरु हुने घटस्थापनादेखि विजया दशमीसम्म व्रत बस्ने परम्परा अनुसार व्रतालुहरूले अन्न नखाई फलफूल मात्र सेवन गर्ने गर्दछन् । जिराभवानी गाउँपालिका–२ सेढवामा आयोजित नवदुर्गा पूजा समितिका सदस्य नरेन्द्र भैया थारूका अनुसार यस वर्ष पूजाको वेदीमा बस्ने व्रतालुको संख्या ६० पुगेको छ । उनका अनुसार सुरुवाती वर्षमा मुस्किलले पाँच जना मात्र व्रतालु वेदीमा बस्ने गरेका थिए ।

यस क्षेत्रमा प्रायः सबै गाउँ–बस्तीमा दुर्गा भवानीको मूर्ति र पण्डाल निर्माण गरी पूजा गर्ने परम्परा रहेको छ । पटेर्वासुगौली गाउँपालिका–४ उत्तर सुगौलीका युवा मुकेश गौरोका अनुसार पूजा सुरु भएसँगै गाउँघरमा माछा–मासु बिक्री तथा वितरण बन्द गरिएको छ । गाउँबाहिरका बजार र चौकमा भने बिक्री जारी रहे पनि सामान्य अवस्थाभन्दा ६०–७० प्रतिशतसम्म कारोबार घटेको व्यापारीहरूले बताएका छन् ।

नवरात्रसँगै मांसाहारी भोजन बार्ने प्रचलन बढेपछि हरिया तरकारीको मूल्यमा समेत वृद्धि भएको छ । ग्रामीण किसानहरूले तत्काल उत्पादन गर्न नसक्दा मूल्य अझ बढेको हो । हाल यस क्षेत्रका हाटबजारमा काउली प्रतिकिलो रु. १३०, भिन्डी रु. ८०, घिरौला रु. ६०, तोरी/मुलाको साग रु. १०० र भन्टा प्रतिकिलो रु. ८० मा बिक्री भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...