Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जगरनाथपुर ढाटमा कबाडी करको नाममा रंगदारी ट्याक्स असुली, सरोकारवाला मौन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाटमा अवैध असुली रोक्न सरोकारवाला निकायहरू उदासिन देखिएका छन् । अमित ठेक्का पट्टाका कर्मचारीहरूले कबाडी कर असुलीको नाममा खाली गाडीहरूसँग समेत अवैध रकम उठाइरहँदा पनि सम्बन्धित निकायहरूको ध्यान पुगेको छैन ।

स्थानीयवासीका अनुसार वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै कारवाही भएको छैन । ठेक्दार कम्पनीले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने नाममा दिनदहाडै रंगदारी टेक्स असुली गरिरहेको छ ।

नियमअनुसार कुनै पनि राजमार्गमा स्थानीय तहको ठेक्का लगाउन नपाउने व्यवस्था भए पनि महानगरपालिकाले दिएको ठेक्का सम्झौता विपरीत ढाटका कर्मचारीहरूले अवैध कर असुली गरिरहेका छन् । सम्झौताअनुसार उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्रै कर लिन पाउने व्यवस्था छ । तर भारतीय मालवाहक तथा नेपाली सवारीसाधन दुवैबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली भइरहेको छ ।

जगरनाथपुर ढाट अगाडी राेकिएका भारतिय नम्बरका खाली ट्रकहरु । तस्बिर : कालिका टाईम्स

ढाटका कर्मचारीहरूले रसिद ४ सयको दिए पनि २८० भारु लिने गरेका छन्, जसको नेपाली मूल्य ४४८ रुपैयाँ हुन्छ । अवैध असुली नदिने सवारी चालकहरूमाथि दुर्व्यवहार हुने गरेको छ भने बारम्बार कुटपिट र झैझगडा समेत हुने गरेको छ । केही दिनअघि अवैध असुलीको विरोध गर्ने क्रममा एक जेष्ठ नागरिकमाथि कुटपिट समेत गरिएको थियो ।

यस बिषयमा कयाैं पटक विभिन्न संचारमाध्यमा समाचार प्रकाशनमा आएपनि सम्बन्धित निकायकाे ध्यान नपुग्नुले पनि सबै सराेकारवालाहरुकाे पनि मिलाेमताे रहेकाे प्रमाणित हुन थालेका छन् । जेन जि आन्दोलनपछि परिवर्तनको आश बोकेका स्थानीय बासिन्दाले अझै केही सुधार नआएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...