Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

जगरनाथपुर ढाटमा कबाडी करको नाममा रंगदारी ट्याक्स असुली, सरोकारवाला मौन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाटमा अवैध असुली रोक्न सरोकारवाला निकायहरू उदासिन देखिएका छन् । अमित ठेक्का पट्टाका कर्मचारीहरूले कबाडी कर असुलीको नाममा खाली गाडीहरूसँग समेत अवैध रकम उठाइरहँदा पनि सम्बन्धित निकायहरूको ध्यान पुगेको छैन ।

स्थानीयवासीका अनुसार वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै कारवाही भएको छैन । ठेक्दार कम्पनीले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने नाममा दिनदहाडै रंगदारी टेक्स असुली गरिरहेको छ ।

नियमअनुसार कुनै पनि राजमार्गमा स्थानीय तहको ठेक्का लगाउन नपाउने व्यवस्था भए पनि महानगरपालिकाले दिएको ठेक्का सम्झौता विपरीत ढाटका कर्मचारीहरूले अवैध कर असुली गरिरहेका छन् । सम्झौताअनुसार उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्रै कर लिन पाउने व्यवस्था छ । तर भारतीय मालवाहक तथा नेपाली सवारीसाधन दुवैबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली भइरहेको छ ।

जगरनाथपुर ढाट अगाडी राेकिएका भारतिय नम्बरका खाली ट्रकहरु । तस्बिर : कालिका टाईम्स

ढाटका कर्मचारीहरूले रसिद ४ सयको दिए पनि २८० भारु लिने गरेका छन्, जसको नेपाली मूल्य ४४८ रुपैयाँ हुन्छ । अवैध असुली नदिने सवारी चालकहरूमाथि दुर्व्यवहार हुने गरेको छ भने बारम्बार कुटपिट र झैझगडा समेत हुने गरेको छ । केही दिनअघि अवैध असुलीको विरोध गर्ने क्रममा एक जेष्ठ नागरिकमाथि कुटपिट समेत गरिएको थियो ।

यस बिषयमा कयाैं पटक विभिन्न संचारमाध्यमा समाचार प्रकाशनमा आएपनि सम्बन्धित निकायकाे ध्यान नपुग्नुले पनि सबै सराेकारवालाहरुकाे पनि मिलाेमताे रहेकाे प्रमाणित हुन थालेका छन् । जेन जि आन्दोलनपछि परिवर्तनको आश बोकेका स्थानीय बासिन्दाले अझै केही सुधार नआएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...