Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज मेलामा २२ मिठाई पसल अनुगमन, गुणस्तरहीन तेल र रंग प्रयोग गर्नेहरूलाई चेतावनी

spot_img
spot_img

वीरगंज । घटस्थापनासँगै सुरु भएको ऐतिहासिक वीरगंज गहवामाई मेलामा खाद्य सामग्रीको गुणस्तर जाँच्न जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवाला संस्थाहरूको संयुक्त टोलीले बुधबार २२ वटा मिठाई पसलको अनुगमन गरेको छ।

अनुगमनको क्रममा ७ वटा पसलमा प्रयोग गरिएको तेल गुणस्तरहीन पाइएको छ भने ५ वटा पसलमा प्रयोग गरिएको फुड कलर मापदण्डअनुसार नभएको भेटिएको हो। उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेलका अनुसार गुणस्तरहीन तेल र फुड कलर प्रयोग भएका सामग्री तत्काल नष्ट गराइ पसल सञ्चालकलाई चेतावनी दिइएको छ।

अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, वीरगंज महानगरपालिकाका प्रतिनिधि विभा मिश्र र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास सहभागी थिए।

खाद्य निरीक्षण अधिकारी सोनु साहका अनुसार मेलामा बिक्री भईरहेका खाद्य पदार्थहरूको गुणस्तर जाँच गरी उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउन अनुगमनलाई दशैंभर निरन्तर जारी राखिनेछ। जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि अनुगमनलाई अझ कडा बनाइने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...