विन्दवासिनी गाउँपालिकाको बहुअर्वा भाठा स्थित वीरगंज पाेखरिया सडककाे छेउकाे खाल्डडोको हिलोमा माछा समात्दै बालकहरु । तस्बिर : कालिका टाईम्स
नेपाली कांग्रेसका नेता प्रकास शरण महतको भनाई
वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता प्रकास शरण महतले के के भने हेनु होस भिडियो ।
कात्तिक १७ गते भेला गर्ने निर्णय गर्दै पर्सा ग्रामिण सुचना केन्द्रको बैठक सम्पन्न
पोखरिया, १० कात्तिक ।
पर्सा ग्रामिण सुचना केन्द्र पोखरियाको आज बैठक सम्पन्न भएको छ । पोखरियामा बसेको बैठकले कात्तिक १७ गते, शनिबारका दिन सुवर्णपुरमा ग्रामिण सुचना केन्द्र संग आवद्ध पत्रकारहरुको भेला गर्ने निर्णय गरेको छ ।
भेलाले सुचना केन्द्रको नयाँ कार्य समिति चयन गरी संस्थालाई सक्रिय बनाउने बैठकले निर्णय गरेको केन्द्रका सचिव ओमप्रकाश चौधरीले वताए । स्थानिय सरकार गठन पछिको ग्रामिण भेगको पत्रकारको समस्या र चुनौतीको बारेमा छलफल गर्दै बैठक सम्पन्न भएको चौधरीले वताए ।
ग्रामिण सुचना केन्द्रका कार्यवाहक अध्यक्ष लालबाबु बानियाँको अध्यक्षतामा भएको बैठकमा नेपाल पत्रकार महासंघ, पर्साका उपाध्यक्ष अनुप तिवारी, ग्रामिण सुचना केन्द्रका कोषाध्यक्ष धर्मेन्द्र चौरसिया, शम्भु कुमार सुमन, कृष्ण मोहन साह, मेघराज राय, नरेश यादव, राजन कुमार बानियाँ, सुरेन्द्र सिंह लगायतकाको उपस्थिती रहेको थियो ।
थप आन्दोलनको कार्यक्रम तय गर्न ९ गाउँको अगुवाहरुको बैठक बोलाउन संघर्ष समितिको निर्णय
पोखरिया, १० कात्तिक ।
कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यीमक विद्यालयलाई १० प्लस २ बनाउन दबाव दिन गठित संघर्ष समितिको बैठक आज सम्पन्न भएको छ । बैठकले थप आन्दोलनको कार्यक्रम तय गर्न कालिकामाई गाउँपालिकाको भेडिहारी, गदियानी, रबिदास, टिनडोबिया, हरिहरपुर, बलुवा र पकहा मैनपुर गाउँपालिकाको लहावरथकरी, सबैठवा, पोखरियाका ५÷५ जना अगुवाहरुलाई बोलाई छलफल गर्ने निर्णय गरेको छ ।
विद्यालयलाई १० प्लस २ को अनुमतीको लागि गाउँ कार्यपालिकालाई दबाव दिन कात्तिक १६ गते शुक्रबार विद्यालयमा अध्यययनरत विद्यार्थीहरुको सबन्धीत गाउँको अगुवाहरुलाई बोलाई बृहत बैठक बसी छलफल गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ । सबैठवाको अगुवाहरुलाई बोलाउन राधाकिशुन प्रसाद चौरसियालाई, रबिदास, टिनडोबिया, हरिहरपुर र बुलवाको ताजिन्द्र साहलाई, पोखरिया र गदियानीको गरिब राउत गद्दीलाई, बिरन्चीबर्वाको माओ कुशवाहालाई, भेडिहारी र गदियानीको सुबाष कुशवाहालाई बोलाउनलाई जिम्मेवारी समेत बैठले दिएको संघर्ष समितिका जमुना चौरसियाले वताए ।
एक महिना भित्र पनि गाउँ कार्यपालिकाले विद्यालयलाई १० प्लस २ संचालनको अनुमति दिएन भने कात्तिक १६ गते बस्ने बैठकले गाउँ कार्यपालिकाको कार्यालय अगाडी धर्ना, अनशन बस्ने जस्ता कडा भन्दा कडा आन्दोलनको कार्यक्रम तय गर्ने संघर्ष समितिका छठु साहले वताए ।
गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ
पर्सा, १० कात्तिक । नेपालबाट गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको टोलीले गिटीसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । शुक्रवार बिहान करिब ९ बजे प्रजिअ नेतृत्वको टोली सीमा अनुगमन गर्दै छिपहरमाई गाउँपालिका पुगेको थियो । सो गाउँपालिकाको वडा नं २ स्थित टिहुकी अन्तर्गत नेपाल–भारत दशगजाछेउमैं गिटी लोड अवस्थामा १३ वटा ट्याक्टरको ढाला देखिएपछि उक्त गिटीसहितको ढाला नियन्त्रणमा लिएको टोलीका सहभागीहरूले बताए ।
इन्जिनबिनाको ढाला र ढालामा पनि कुनै नम्बर अङ्कित नभएकोले पनि गिटी भारततर्पm लैजाने तयारी भएको सहजै अनुमान गर्न सकिन्थ्यो । तस्करहरूले दिउँसो लोड गर्ने र रातको समयमा सीमा कटाउने गरेको टिहुकीका बासिन्दाहरू बताउँछन् ।नियन्त्रणमा लिइएको ढाला प्रहरी चौकी टिहुकीमा राखिएको छ । सो ढालाको इन्जिन तथा धनी पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रशासन स्रोतले जनाएको छ ।
मकवानपुरको मनहरीबाट आयात गरिने गिटी नेपालभित्र वैधानिक मानिन्छ । नेपाल सीमा क्षेत्रभित्र प्रतिसिएफटी ५३ रुपैया पर्छ । सोही गिटी सीमा कट्नेबित्तिकै भारततर्पm प्रतिसिएफटी ५८ भारु मूल्य छ । एक ट्याक्टरमा २ सय सिएफटी गिटी ढुवानी हुने भएकोले प्रतिट्याक्टर सीमावारि नेरु १० हजार ६०० र सीमापारि ११ हजार ६ सय भारु मूल्य पर्छ । यस कारण नेपाली गिटी तस्करी गरी भारततर्पm पुग्ने गरेको छ ।
तस्कर समूहले अमलेखगंजबाट ल्याएर पोखरिया, मुडली, लङ्गडी, हरिहरपुरलगायतका स्थानमा गिटी डिपो गरिराख्ने र रातको समय पारेर सीमा कटाउने गरेका छन् । पेशेवर तस्करहरूले नम्बर नभएको ढालामा गिटी लोड गरेर सीमासम्म नेपाली नम्बरको इन्जिनले पु¥याउने र सीमाबाट भारतीय नम्बरको इन्जिनले लिएर जाने गरेको नाम नबताउने शर्तमा एक ट्याक्टर चालकले प्रतीकलाई बताए ।
सीमा क्षेत्रका प्रहरी एकाइहरूसँगको मिलेमतोमा मात्रै तस्करहरूले काम गर्ने उनले खुलासा गरे । “प्रहरी नमिलाए त नम्बरविहीन ढाला पक्राउ गरिहाल्छ नि, सीमा कटाउनै पाइन्न,” उनले थपे । प्रहरी चौकी बुडगाई, टिहुकी, भिस्वा, मिर्जापुर, आशवारी, सबैठवा नाकाबाट हरेक रात ५० टिपभन्दा बढी गिटी भारततर्पm तस्करी हुने गरेको समाचार स्रोतको दाबी छ ।
यसैबीच, प्रहरी उपरीक्षक रेवती ढकालले सो क्षेत्रका प्रहरीचौकी प्रमुखहरूलाई जिल्लामा बोलाएर गिटी तस्करीबारे सोधपुछ गरेका छन् । प्रहरीको मिलेमतोमा तस्करी भइरहेको निष्कर्ष निकाल्दै प्रउ ढकालले शुक्रवारबाटै छानबिन प्रक्रिया अगाडि बढाएको जिप्रका स्रोतले जनाएको छ ।
अधिवक्ता कुर्मी द्वारा श्रीसिया नदिको पानी दुशित सम्बन्धि मुद्दा दायर
वीरगंज, ९ कात्तिक । पर्सा जील्ला आदालतमा श्रीसिया नदिकाे पानी दुषीत मुदा दायर भएकाे छ । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले मुलकी अपराध सहिता ऐन २०७४ दफा १११ को पिउने बाहेक अन्य प्रयोजनको लागी प्रयोग हुने पानी दुषीत गर्ने लाई ६ महिना कैद पाच हजार जरीवाना हुने ब्यवस्ता अनुसार कार्वाहीको मांंग गर्दै मुद्दा दिनु भएको छ ।
बिरगंज महानगरपालीका सुशील बनस्पती स्टेन्डर छाला उधोग लगायतका उधोगलाई विपक्षि वनाई कुर्मीले मुद्दा दायर गर्नु भएको हो । उधोगले सरीसवा (श्रीसीया) नदिमा आफ्ना केमीकल युक्त छाला रौयुक्त सौचालय नालाका पानी खसाल्दै छन ती सबै उपर पानी दुषीत मुदा डायर गरिएको र अब कानुन अनुसार दण्ड हुने नीश्चीत रहेको कुर्मिले सामाजिक संजाल अाफनाे फेसबुक माार्फत जानकाारी गराउनु भएको छ ।
लागु औषध नाईट्रोभेट ट्याबलेट सहित युवक पक्राउ, अवैध सर-समान र सालको काठ बरामद
वीरगंज, ९ कात्तिक ।
पर्सा प्रहरीले लागु औषध नाईट्रोभेट ट्याबलेट सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गा.पा. वडा नं. ८ बस्ने बिरबहादुर बि.क.को छोरा २२ बर्षका घनश्याम बि.क. रहेका छन ।
अस्थाई प्रहरी पोष्ट ईनर्वा पर्साबाट खटेको प्रहरी चेकजाँच टोलीले वीरगंज १६, ईनर्वा गाउँ स्थित सडकबाट लागु औषध नाईट्रोभेट ट्याबलेट सहित बिहिबार सांझ ५ बजे धनश्यामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
निजको साथबाट ला.औ.नाईट्रोभेट ट्याबलेट ३ पत्तामा १५ पिसको दरले ४५ पिस फेला परेकोले सो लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
भंसार छली लैजादै गरेको अवैध सर-समान बरामद
भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबस्थामा बीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट प्रहरीले अवैध सर-समान बरामद गरेको छ । पंखा १ पिस, ग्यास चुलो १ पिस, प्रेसर कुकर १ पिस, आईरन १ पिस, चिम ५ काटुन, तेल १० लिटर, पलाष्टिक २ बोरा, बिष्कुट २४ प्याकेट, दालमोट ४ प्याकेट, पापड ३ प्याकेट, चकलेट ८ प्याकेट, दुधको ३ प्याकेट, हाईड्रो १ प्याकेट, राजनिवास ५ पिस, साईकल २ थान र पटकाहरु समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बीरगंज भंसार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सालको काठ बरामद
ईलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती पर्सा जिराभवानी गा.पा.वडा नं.-३ सहजनपुर स्थितमा अबैध रुपमा ल्याउदै गरेको ७ फिट लम्बाई र ३.५ फिट गोलाई भएको साल गोलिया काठ १ थान र साईकल १ थान समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालय बीरगंज पर्सामा बुझाइएको छ ।
वीरगंज पोखरिया सडकमा ई रिक्साको ठक्करले २ जना घाइते
पोखरिया, ९ कात्तिक ।
पर्साको पोखरीया बिरगंज सडकखण्डमा आज सवारी दुर्घटना हुदा २ जना घाइते भएका छन । बिन्दवासिनी गाउँपालिकाको गर्दाैल सडकमा ई रिक्साको ठक्करबाट २ जना गम्भीर घाईते भएका हुन । बहुदरमाई नगरपालिका वडा नम्बर ५ बिश्रामपुर निवासी अशोक साह कानु र पोखरीया नगरपालिका वडा नम्बर ९, सेमरवारी वर्वा निवासी अनिल साह कानु घाईते भएका छन ।
बिहान साढे १० बजेको करिबमा मोटरसाईकलमा सवार २ जनाले बा ७३ प ४०९७ नम्बरको मोटरसाईकल सडक किनारमा रोकी कुरा गरिरहेको अवस्थामा ना २ ह ३१७७ नम्बरको टेम्पोले पछाडीबाट ठककर दिदा मोटरसाईकल सहित २ जना करिब ४ फिट तल खेतबारीमा लडेर घाईते भएका हुन ।
घाईतेहरुलाई उचारको लागि ठक्कर दिने ई रिक्साले नै नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा पठाइएको शशस्त्र प्रहरी बहुअवर्वा भाटठाका प्रहरी निरिक्षक मदन धानुकले वताए । घाईते साहको माटरसाईकल प्रहरी चौकी बहुअवर्वा भाटठामा राखिएको प्रहरी चौकी बहुअर्वा भाटठाका असई हरि बस्तोलाले वताए ।
घर आंगन बचत तथा ऋण सहकारी संस्थाको ११औ बार्षिक साधारण सभा सम्पन्न
वीरगंज, ८ कात्तिक । घर आंगन बचत तथा ऋण सहकारी संस्था वीरगंजको ११औ बार्षिक साधारण सभा अाज सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष मनोज गुुप्ताको अध्यक्षतामा र सहकारी रजिस्टार बीरगंज महानगरपालिकाको प्रमुख रामदयाल यादवको प्रमुख आथित्यतामाा कार्यक्रम भएको थियो ।
कार्यक्रममा राष्ट्रीय सहकारी बैंकका प्रमुख युवराज त्रिपाठी, नेफ्सकूँनको प्रमुख बृजेश गुप्ता, युवा तथा साना ब्यवसायि स्वरोजगारको सदस्य सुनील रौनियार, जय गणेश साकोसको शम्भू गुप्ता, पत्रकार महासंघपर्साका अध्यक्ष श्याम बंजारा, सीभील बैंक प्रदेश संयोजक दीपक श्रेष्ठ, सीभील बैंक बीरगंजका मैनेजर संतोष गुप्ता, लगायत सम्पूर्ण शेयर सदस्यहरु, साधारण सदस्यहरु सहभागिता रहेको थियो ।
वीरगंजकाे घण्टाघर स्थित रहेको सहकारी संस्थाकाे अाफ्नै कार्यालयमा भएको कार्यक्रमको संचालन मुस्कान बस्नेतले गरेकी थिन । संस्थाको शेयर पुंंजी रू ६० लाख २ हजार, बचत निक्षेप संकलन रू ५९ लाख ५४ हजार ६७, लगानीमा रू ४0 लाख ४५ हजार २ सय ३१ रहेकाे संस्थाका ब्यवस्थापक प्रभाकर गुप्ताले वताए ।











