Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सखुवा प्रसौनीमा बिष्णु महायज्ञ सुरु

spot_img
spot_img

वीरगंज, २७ चैत ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १, देहरीमा बिष्णु महायज्ञ शुरु भएको छ । महायज्ञको प्रथम बुधबार कलशयात्रा निकाली विधिगत सुरु भएको हो ।

कलशयात्रा देहरीबाट शुरु भई सथवल, औराहा, कोन्हिया, कोइलाभारमा गई जल भरिएको थियो । ४ सय कुवारी कन्या सहितको कलशयात्रा संगै बाजागाजा, ट्रेक्टर, जिप, सहित पुन दोहरीको यज्ञस्थलमा आई स्थानियहरुको सहयोगमा निमार्ण भएको मंदिरमा मुर्ती पनि स्थापना गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले सो मंदिरमा आफनो ब्यक्तिगत लगानीमा राम, सिता, लक्ष्मण र हनुमान भगवानको मुर्ती स्थापन गर्नु भएको हो । तामाको रहेको ४ वटा मुर्तीको ८० हजार मुल्य रहेको अध्यक्ष जयसवालले बताउनु भयो । अध्यक्ष जयसवालले आफनो ब्यक्ति रकमबाट ४ सय कुवारी कन्याहरुलाई जुस पनि खुवाउनु भएको थियो ।

बिष्णु महायज्ञको कलश यात्रामा पुर्ब मन्त्रि समेत रहेका नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीको बिशेष उपस्थिती रहेको थियो । महायज्ञ बैशाख २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...