Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसौनीमा बिष्णु महायज्ञ सुरु

spot_img
spot_img

वीरगंज, २७ चैत ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १, देहरीमा बिष्णु महायज्ञ शुरु भएको छ । महायज्ञको प्रथम बुधबार कलशयात्रा निकाली विधिगत सुरु भएको हो ।

कलशयात्रा देहरीबाट शुरु भई सथवल, औराहा, कोन्हिया, कोइलाभारमा गई जल भरिएको थियो । ४ सय कुवारी कन्या सहितको कलशयात्रा संगै बाजागाजा, ट्रेक्टर, जिप, सहित पुन दोहरीको यज्ञस्थलमा आई स्थानियहरुको सहयोगमा निमार्ण भएको मंदिरमा मुर्ती पनि स्थापना गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले सो मंदिरमा आफनो ब्यक्तिगत लगानीमा राम, सिता, लक्ष्मण र हनुमान भगवानको मुर्ती स्थापन गर्नु भएको हो । तामाको रहेको ४ वटा मुर्तीको ८० हजार मुल्य रहेको अध्यक्ष जयसवालले बताउनु भयो । अध्यक्ष जयसवालले आफनो ब्यक्ति रकमबाट ४ सय कुवारी कन्याहरुलाई जुस पनि खुवाउनु भएको थियो ।

बिष्णु महायज्ञको कलश यात्रामा पुर्ब मन्त्रि समेत रहेका नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीको बिशेष उपस्थिती रहेको थियो । महायज्ञ बैशाख २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...