Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सर्वोच्चको निर्णय विरुद्ध वीरगंजमा प्रदर्शन, पत्रको प्रतिलिपि समेत जलाइयो

spot_img
spot_img

वीरगंज, २६ चैत ।
सर्वोच्च अदालतको निर्णय विरुद्ध आज वीरगंजमा प्रदर्शन भएको छ । सर्वोच्चले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै प्रदर्शन भएको हो । सतारुढ दल संघीय समाजवादी फोरम नेपाल वीरगंजको घण्टाघरमा सर्वोच्चको परिपत्र जलाउनुको साथै प्रदर्शन गरेको छ ।

फोरमको वीरगंज महानगर कमीटीले सर्वोच्च अदालतको निर्णय मधेश विरोधी भएको भन्दै सर्वोच्चले जारी गरेको आदेश पत्रको निर्णय प्रति जलाउनुको साथै प्रदर्शन समेत गरेको हो । महानगर अध्यक्ष इश्वर यादवको नेतृत्वमा रहेको एक समुहले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गर्दै नारावाजी समेत गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा कार्यपालिका सदस्य अजय साह सोनार, वडा अध्यक्ष तुफान फारुक विद्यार्थी नेताहरु सुजित गिरी, आजाज बाबु राकी, सफरोज अहमद, मनोज यादव लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...