Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सर्वोच्चको निर्णय विरुद्ध वीरगंजमा प्रदर्शन, पत्रको प्रतिलिपि समेत जलाइयो

spot_img
spot_img

वीरगंज, २६ चैत ।
सर्वोच्च अदालतको निर्णय विरुद्ध आज वीरगंजमा प्रदर्शन भएको छ । सर्वोच्चले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै प्रदर्शन भएको हो । सतारुढ दल संघीय समाजवादी फोरम नेपाल वीरगंजको घण्टाघरमा सर्वोच्चको परिपत्र जलाउनुको साथै प्रदर्शन गरेको छ ।

फोरमको वीरगंज महानगर कमीटीले सर्वोच्च अदालतको निर्णय मधेश विरोधी भएको भन्दै सर्वोच्चले जारी गरेको आदेश पत्रको निर्णय प्रति जलाउनुको साथै प्रदर्शन समेत गरेको हो । महानगर अध्यक्ष इश्वर यादवको नेतृत्वमा रहेको एक समुहले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गर्दै नारावाजी समेत गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा कार्यपालिका सदस्य अजय साह सोनार, वडा अध्यक्ष तुफान फारुक विद्यार्थी नेताहरु सुजित गिरी, आजाज बाबु राकी, सफरोज अहमद, मनोज यादव लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...