Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

हावा हुरी प्रभावित ठाउँमा नेपाली सेनाका प्रधानसेनापति पूर्णाचन्द्र थापा स्थलगत निरीक्षण

spot_img
spot_img

वीरगंज, २५ चैत ।
बारा र पर्सा जिल्लाका हावा हुरी प्रभावित ठाउँमा नेपाली सेनाका प्रधानसेनापति पूर्णाचन्द्र थापा स्थलगत निरीक्षण गरेका छ ।हावा हुरीबाट प्रभावति घर निर्माणको जिम्मा पाएको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पर्सा र बाराका गाँउहरुको सोमबार स्थलगत निरीक्षण गरेका हुन्।

सोमबार बाराको फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनिया र १ भलुही भरवलीया बाट सरु भएको निरीक्षण,बारको परवानीपुर गा पा वाड ४ मा पुगेका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर निर्माणका लागि जति सक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गरे ।


निर्माण कार्य सुरु भएको केही सप्तामामै घर निर्माण गरी पीडितहरूलाई जिम्मा लगाउने लक्ष्य लिएको प्रधानसेनापति थापाले जानकारी दिए ।
‘निजि जग्गा नभएका पीडितहरूका लागि सामूहिक आवास बनाउने योजना रहेको छ र जसको निजि जग्गा छ, त्यसको विवरण हामीलाई छिट्टै उपलब्ध गराइदिन आग्रह गरेका थिए । जो ऐलानी जग्गामा बस्दै आएकाहरुका लागी प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षले छलफल गरेर जग्गा उपलब्ध गराइदिए सुकुम्बासी पीडितहरूका लागि सामूहिक आवास बनाउने योजनामा रहेको बताए ।‘
निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराका प्रहरी उपरीक्षक सानुराम भटटराई, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...