Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

हावा हुरी प्रभावित ठाउँमा नेपाली सेनाका प्रधानसेनापति पूर्णाचन्द्र थापा स्थलगत निरीक्षण

spot_img
spot_img

वीरगंज, २५ चैत ।
बारा र पर्सा जिल्लाका हावा हुरी प्रभावित ठाउँमा नेपाली सेनाका प्रधानसेनापति पूर्णाचन्द्र थापा स्थलगत निरीक्षण गरेका छ ।हावा हुरीबाट प्रभावति घर निर्माणको जिम्मा पाएको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पर्सा र बाराका गाँउहरुको सोमबार स्थलगत निरीक्षण गरेका हुन्।

सोमबार बाराको फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनिया र १ भलुही भरवलीया बाट सरु भएको निरीक्षण,बारको परवानीपुर गा पा वाड ४ मा पुगेका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर निर्माणका लागि जति सक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गरे ।


निर्माण कार्य सुरु भएको केही सप्तामामै घर निर्माण गरी पीडितहरूलाई जिम्मा लगाउने लक्ष्य लिएको प्रधानसेनापति थापाले जानकारी दिए ।
‘निजि जग्गा नभएका पीडितहरूका लागि सामूहिक आवास बनाउने योजना रहेको छ र जसको निजि जग्गा छ, त्यसको विवरण हामीलाई छिट्टै उपलब्ध गराइदिन आग्रह गरेका थिए । जो ऐलानी जग्गामा बस्दै आएकाहरुका लागी प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षले छलफल गरेर जग्गा उपलब्ध गराइदिए सुकुम्बासी पीडितहरूका लागि सामूहिक आवास बनाउने योजनामा रहेको बताए ।‘
निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराका प्रहरी उपरीक्षक सानुराम भटटराई, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...