Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

माइती नेपालले हावाहुरीबाट प्रभावित १० छात्रालाई आवाशिय शिक्षा दिने

spot_img
spot_img

वीरगंज, २५ चैत ।
वीरगञ्ज २५ चैत । चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित बारा र पर्साका अति विपन्न परिवारका १० छात्राको आवाशिय शिक्षाको सम्पूर्ण जिम्मा माइती नेपालले लिएको छ । आगामी शैक्षिक शत्रदेखि माइती नेपालले उनीहरुको पढाइको जिम्मा लिन लागेको हो ।

माइती नेपालको काठमाडौं ंस्थित टेरेजा एकडेमीमा ५ बर्षदेखि १० बर्ष उमेर समूहका १० जना छात्रालाई १० कक्षा सम्म आवाशिय रुपमा शिक्षा प्रदान गर्ने निर्णय गरेको छ ।
फेटा गाउँपालिकाको पुरैनिया, भलुही भरवलिया, महागढीमाई नगरपालिकाको तेलगाई, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया र देवताल गाउँपालिकाको रामपुरवामा पुगेर वस्तुस्थिति अवलोकन गरी स्थानीय जनप्रतिनिधिसँग सल्लाह गरेर १० जना बालबालिकको छनोट गरिएको माइती नेपालले जनाएको छ ।
हावाहुरीका कारण परिवारका सदस्य गुमाएका, आर्थिक अवस्था कमजोर भएका, दलित परिवारका १० जना बालिकालाई बालगृहको संरक्षणमा लैजाने निर्णय गरेको माइती नेपालका चितवन कार्यक्रम संयोजक इश्वर गिरिले जानकारी दिइन् ।

छनोटमा परेका बालिकाहरुलाई माइती नेपालले अगामी वैशाख १० गतेबाट भर्ना गराई अध्ययन कार्य प्रारम्भ गराउने माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...