Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आमा बुवा ट्रस्टले गर्यो हावाहुरी प्रभावितलाई राहत सहयोग

spot_img
spot_img

वीरगंज, २५ चैत ।
हावाहुरीबाट प्रभावित पर्साका ४३ परिवारलाई आमा बुवा ट्रस्ट सेवा काठमाडौं र माटिका आई फाउन्डेसन बिरगंजले राहत उपलब्ध गराएको छ । हुरीबाट प्रभावित वीरगंज महानगरपालिका वडा नम्वर १८ भवानीपुर टोल सुखचैनाका ४३ घर परिवारलाई घर घरमै पुगेर राहत वितरण गरिएको हो ।

पीडितहरुलाई प्रेसरकुकर, थाल, कराई, तशला लगाएत भान्साका सामाग्री वितरण गरिएको आमाबुवा ट्रस्टकी अध्यक्ष जोया श्रेष्ठले बताउनुभयो ।

समाज सेवामा सहयोग गर्दै आएकाहरू दावा शेर्पा, नयन डिसे, चिराक तामाङ, महेश रावल, ज्ञानु चक्रधर, धुर्व लामिछाने, निकेश खड्का, पुष्पन प्रधान, अर्चना श्रेष्ठ, स्टेफन थाईमन, प्रकाश हमाल, फ्रेन्च चाइस्का, सरिता बस्नेत, डा. केसव सिह धामी, डा. सतिस, डा. बिबेक, सुहाना ताम्राकार, आकाश नेपालले राहत सामाग्री प्रदान गर्नुभएको थियो ।

पीडितका लागि भनेर राहत सामाग्री प्रभावित गाउँमा पठाइए पनि वितरण प्रभावकारी नभएपछि स्थानीय प्रशासनको सहयोगमा दुवै सस्थले पीडितहरुकै घरघरमा पुगेर राहत हस्तान्तरण गरेको ट्रस्टका उपाध्यक्ष दिपेश श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेविसंघका दिलिपराज कार्की, वडा प्रहरी कार्यालयका श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्ल, संचारकर्मी आबिद हुसेन लगाएतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...