Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026
Home Blog Page 1131

छठ पर्व उदाउँदो सुर्यलाई अर्क दिदै सम्पन्न

0

हिन्दुहरुको महान पर्व छ्ठ आज उदाउँदो सुर्यलाई अर्क दिदै सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको छ्ठ पर्वको अन्तिम दिन आज बिहान उदाउँदो सुर्यलाई अर्क दिन्न्कोदिन्नको लागि छ्ठ घाटमा लाइनमा बसिरहेको भक्तजनहरु । तस्बिर : कालिका टाईम्स

छठ पुजाकाे साझ (बेलुका)को घाटमा भक्तजनहरु

0

पर्साको ग्रामिण भेगको साझ(बेलुका)को छ्ठ घाटमा भक्तजनहरु । तस्बिर : कालिका टाईम्स

तीन सय दलीत परिवारलाई साडी तथा आर्थिक सहयोग प्रदान

0

वीरगंज, २६ कार्तिक ।
तिहारको समाप्तिसंगै तराइको मुख्य पर्व छठको तैयारी सुरु भए पछि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको दौरधुप बढेको छ । दुइ दशकपछि स्थानिय निकायका जन प्रतिनिधिहरुको उपस्थितीमा भएको यसबर्षको छठपर्वको तैयारीको लागी नगर प्रमुख सरावगीको दौरधुप बढेको हो ।

छठपर्वलाइ हर्सोल्लास साथ मनाउन नगर प्रमुख सरावगी तथा प्रदेस सभा सांसद रागीनी वर्णवालले महानगरपालिकामा रहेका विभिन्न वडाका दलित ब्रतालु परिवारलाई साडी तथा आर्थिक सहयोग प्रदान गर्नु भएको छ । सोमबार विहान वीरगन्ज महानगरपालिकाका वडा नम्बर १,५,१५,१३,२३ र २६ मा रहेका दलितवस्तीहरुमा पुगी नगर प्रमुख सरावगी र सांसद बर्णवालले ३ सय छठ ब्रतालुहरुलाई साडी तथा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । छठ सामग्रहि वितरणका लागी पुग्नु भएको नगर प्रमुख सरावगी र सांसद वर्णवालले सम्पन्न हुन गइरहेको छठपर्वको तैयारीको बारेमा जानकारी समेत लिनु भएको थियो ।

वडा अध्यक्ष प्रदिप कुमार यादव ,स्थानिय नेता दयानन्द उपाध्या,इमाम अंसारी लगायतको उपस्थितीमा वडा नम्बर २६को उदयपुर टोलमा सम्पन्न भएको कार्यक्रममा स्थानियहरुको मागं अनुसार दलित भवन बनाउने प्रतिवद्धता नगर प्रमुखसरावगीले व्यक्त गर्नु भयो । यस्ौ गरी सांसद रागीनी बर्णवाल तथा नगर प्रमुख बिजय कुमार सरावगीले पर्सौनीविर्ताको बैरिया टोलका पासवान,डोम,तत्वा लगायतका दलित परिवारहरुलाई साडी तथा आर्थिक सहयोग प्रदान  गर्नु भएको थियो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाद्धारा निर्माण भइरहेको सडक निर्माण योजनाको निरिक्षण र अवलोकन समेत उहाहरुले गर्नुभयो ।पंचायती व्यवस्था देखि अहिलेसम्म आफुहरु विकासबाट बंचित रहेको बताउदै नगर प्रमुख सरावगीका ठुला बुबाद्धारा प्रदान गरिएको चापा कल पछि सरावगी परिवार द्धारानै पुन विकासको कार्य थालनी गरिएकोमा स्थानि दलितहरुले धन्यवाद समेत व्यक्त गरेका थिए ।

विभिन्नवडाहरुमा सम्पन्न भएको छठसामग्र वितरण कार्यक्रममा संघीय समाज वादी फोरम नेपाल पर्साका जिल्ला कोषाध्यक्ष रबि बर्णवाल ,सहसचिव एवम नगर प्रमुख सरावगीका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी,युवा नेता सज्जन अग्रवाल, प्रकाश शर्मा तथा महमह नासिर खाल लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

छठ पुजाकाे लागि सजाईएकाे वीरगंजकाे स्विमिंंग पुल

0

हिन्दुहरुको महान पर्व छठ पुजाकाे लागि सजाईएकाे वीरगंजकाे आदर्शनगर स्थित रहेको स्विमिंंग पुल । तस्बिर : प्रणय साह

दुलही जस्तो सजाइएको घडिअर्वा पोखरी

0

छ्ठ पुजाको लागि दुलही जस्तो सजाइएको वीरगंजकाे घडिअर्वा पोखरी । तस्बिर : प्रणय साह

छ्ठ पुजाको तयारी

0

हिन्दुहरुको महान पर्व छठ पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । वीरगंजको घडिअर्वा पोखरिमा छठ पुजाको तयारी तिब्र गतिमा भइरहेको छ । भिडियो : प्रणय साह

“सिताराम जप महायज्ञ”को विशाल कलश यात्रा

0

बारा,२६ कात्तिक ।
बारा स्थित प्रसौनी गाउँपालिकाको दुधौरा नदि किनारमा आयोजित “सिताराम जप महायज्ञ”को सोमबार हाती, घोडा, बाजागाजा सहित भव्य रुपका साथ कलश यात्रा निकालिएको छ ।
नदिको किनारा बाट निकालिएको विशाल कलश यात्रा प्रसौनी बजार क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गर्दै त्रिवेनी नदि स्थित रहेको दोभानबाट जल बोझी गरी विधिपुर्वका अनुसार पूण यज्ञ हुने स्थानमा पुगेका थिए ।
“सिताराम जप महायज्ञ”को कलश यात्रामा प्रसौनी गाउँपालिका तथा परवानीपुर गाउँपालिकाका जनप्रतिनिधि संगैं हजारौको संख्यामा कन्या , महिला र पुरुषहरु सहभागीता रहेको थियो । बाजागाजा, हातीघाडा सहित हजारौको संख्यामा निकालिएको कलश यात्राले सो क्षेत्र रौनकमय भएको थियो ।
यज्ञमा ७५ वटा विभिन्न भगवानको मुर्ति बनाइएको छ भने मनोरन्जनका लागि विभिन्न ठाउँबाट खेल, तामासा, मौतका कुवा, झुलुवा समेत रहेको छ । “सिताराम जप महायज्ञ”मा हवन गर्नको लागि एक सय एक जना जोडीलाई अहवान गरिएको यज्ञका संयोजक आत्माराम दास (चटिया बाबा)ले जानकारी दिनु भयो।

महायज्ञको व्यवस्थापन भव्य रुपले भए संगै यज्ञमा निःशुल्क स्वास्थ शिविर, बाहिरबाट आउने भक्तजनका लागि निःशुल्क खाने, बस्ने व्यवस्था गरिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।
शान्ति सुरक्षाको लागि नेपाल प्रहरी, सस्त्र प्रहरी तथा सेनाका प्रमुखहरुसंग छलफल निरन्तर भइरहेको तथा यज्ञ स्थलमा व्यापक शान्ति सुरक्षाकर्मी परिचालन गरिएको र १८ वटा सिसिटिभी क्यामरा यज्ञ स्थलमा जडान गरिएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जानकारी दिनु भयो ।

शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

0

वीरगंज,कार्तिक २६
हिन्दुहरुको महान पर्व छठपर्वको उपलक्ष्यमा आइतबार अखिल नेपाल पिछडा वर्ग ९ओबिसी० महासंघ पर्साले शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा कोषाध्यक्ष राकेश गोंड, सदस्यहरु दिपक यादव,रबिन्द्र यादव लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । अध्यक्ष साहले अगामि छठमा छठघाट सफाई लगायत बिभिन्न समाजिक कार्य गर्ने जानकारी दिनुभयो ।

पूर्व सभासद अनिल रुंगटाद्वारा आज पनि वर्तालु महिलाहरुलाई साड़ी बितरण

0

वीरगंज, २६ कात्तिक । आज पनि छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न.1 का कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गर्ने कार्य लाई निरंतरता दिएका छैन।पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा हिज़ो ७ ओटा वड़ामा बितरण गरेका थिय भने बाकी को१३ओटा,११,१२,१३,१४,२३,१८,२१,३०,३१,३१ न. वड़ामा अझ बितरण गरिएको छ साड़ी बाडीएको छ। आज वड़ा न.११ श्रीपुर रानी घाट बाट शुरुवात गरिएको थियो।

उनले आफु यस क्षेत्रमा सक्दो गरीब असाहाए जनताको शुख दुखमा सदैव साथ रहने र सेवा गर्ने सोचले गत वर्ष देखी यो कार्यक्रमको निरंतरता राखेको भनी बताए,बितरण कार्यमा पर्सा कांग्रेस जिल्ला सभापति अजय दुवेदी,उप मेयर शांति कार्की त्यस क्षेत्रको कांग्रेस नेता रामनरायण कुर्मी,रामरूप कुर्मी,पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम,क्षेत्रीय सभापती रमेश पाण्डेय,नगर अध्यक्ष भोला साह कलवार,नेता हुकुम सिंह,नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की,कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल,बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थितिमा बितरण भएको र नेता हरु के हार या जीत जून सुकै अवस्थामा जनताको घरदैलोमा उपस्थित रहने बताएका छन।

कांग्रेस नेता अनिल रुंगटा छ्ठ वर्तालुहरुलाई साड़ी बाडदै

0

वीरगंज, २५ कात्तिक । छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न.१ का कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन । पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा बाटने र आज ७ ओटा वड़ा न.२,४,५,७,८,१६ मा बितरण गरेका छन भने बाकी को१३ओटा वड़ामा भोली साड़ी बाटने दुइ दिवसीय कार्यक्रमको योजना रहेको छ भनी आज वड़ा न.२छपकैया बाट शुरुवात गरिएको थियो ।

उनले आफु यस क्षेत्रमा सक्दो गरीब असाहाए जनताको शुख दुखमा सदैव साथ रहने र सेवा गर्ने सोचले गत वर्ष देखी यो कार्यक्रमको निरंतरता राखेको बताए । बितरण कार्यमा पर्सा कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, नेता रामनरायण कुर्मी, रामरूप कुर्मी, पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम, क्षेत्रीय सभापती रमेश पाण्डेय, नगर अध्यक्ष भोला साह कलवार, नेता हुकुम सिंह, नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की, कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल, बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थितिमा बितरण भएको र नेताहरुकाे हार या जीत जून सुकै अवस्थामा जनताको घरदैलोमा उपस्थित रहने बताएका छन ।