Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पर्सामा २ जनाको मृत्यु

spot_img
spot_img

वीरगन्ज, १३ बैशाख ।
पर्साको पर्सागढी नगरपालिकाको वडा नं. ३, हातीवन जंगलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं. २९, बसडिलवा बस्ने दुखा हजराको छोरा बर्ष २७ को सुरेश हजरा रहेको प्रहरीले जनाएको छ ।

बिहिबार दिउसो दाउरा लिन जंगल गएकोमा हांगा काटदा उक्त हांगा जिउमा खसी च्यापी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै बिहिबार नै वीरगंजमा बिष सेवन गरी एक जनाको मृत्यु भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १०, नयाँ बस्ती बस्ने अन्दाजी बर्ष ५०÷५५ को बृजकिशोर वर्णवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी समस्याका कारण नाम नखुलेको विषादी र मा.प.से. समेत सेवन गरी विरामी भई उपचारको लागि नारायणी अस्पतालमा ल्याएको थियो । उपचार कै क्रममा राती १० बजे बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...