Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

नारायणी अस्पालमा अख्तियारद्वारा छानबिन सुरु

spot_img
spot_img

वीरगन्ज, ११ वैशाख ।
वीरगञ्ज स्थित नारायणी अस्पालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बुधबार बिहान १० बजेको समयमा हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो ।

अस्पतालमा भएको भ्रष्टाचारबारे एक सातादेखि सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारको टोली छापा मार्न पुगेको हो । छापा मार्ने क्रममा अख्तियारको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्ड एनामुल हकसँग सोधपुछ गरेको थियो ।

अनुसन्धानको क्रममा खासै त्यस्तो केही अनियमितता नभेटिएको अनुन्धान टोलीका कर्मचारीले बताए । उनले छानविन गरि रहेका छौं, अहिलेसम्म त्यस्तो केही आधिकारिक प्रमाण भेटाएको छैन, बाँकी अनुसन्धानको क्रममा रहेकोले भन्न नमिल्ने बताए ।

यसैगरि मेडिकल सुपरिटेण्ड डा. ऐनामुल हकले विभिन्न सञ्चार माध्यममा आएको खबरलाई आधार बनाएर अनुसन्धान गर्न अख्तियारको टोली आएर आफ्नो कार्य गरि रहेको स्पष्ट पारे । उनले अनुसन्धान गर्ने उहाँहरुको काम हो, अनुसन्धानमा हामीले सघाइ रहेका छौं, बाँकी निर्कयौल उहाँहरुले निकाल्नु हुन्छ भन्दै अनुसन्धानको क्रममा रहेकोले केही भन्न नमिल्ने बताए ।

सप्लायर्सले सस्तोमा ठेक्का सकार गरेको अवस्थामा नारायणी अस्पताल प्रशासनले हाइड्रोजन परअक्साइड करिब १३ गुणा भन्दा बढी मूल्यमा किनेको भनेर सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।

चालु आर्थिक वर्ष २०७५/०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकारेको थियो तर अस्पतालको स्टोर शाखाले ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको रहस्य सञ्चार माध्यमले खोलेको थियो । मेडिकल सुपरिटेन्डेन्ट हकमाथि सामान खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...