Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026
Home Blog Page 1130

अलौंड्राइपोर्टमा आयोजित भोजपुरी सांगितिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न, फोटोफिचर सहित

0

वीरगंज, २ मंसिर ।
वीरगंज १७, अलौंमा शनिबार आयोजित भोजपुरी सांगितिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अलौंड्राइपोर्टमा आयोजित कार्यक्रममा भोजपुरी गायक अशोक अलबेला र धनन्जय धडकनले आ आफ्नो प्रोग्राम दिएका थिए ।

किड.फिल्मस भोजपुरीका प्रो. छविलाल सहनीको प्रस्तुती नाम दिइएको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा महिला कलकारहरुको पनि सहभागिता रहेको थियो भने कलकारहरुले संगित र नृत्यको माध्यमले दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।

दशै, दिपावली तथा छठ पर्वको उपल्क्षयमा आयोजित कार्यक्रमको उद्घाटन नेपकाका युवा नेता मनोज चौधरीले गरेका थिए ।

कार्यक्रमको केही झलकहरु । तस्बिर : कालिका टाईम्स

 

 

चोरीको अभियोगमा कपाल मुडुलो गरी जुत्ताको माला

0

पर्सा जीराभवानी गाउँपालिका–१ महादेवपट्टिमा शनिवार पञ्च भलादमीको निर्णयबाट एकजना युवकलाई मोबाइल चोरीको अभियोगमा कपाल मुडुलो गरी दुव्र्यवहार गरिएको छ । महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुडुलो गरी जुत्ताको माला लगाइएको थियो ।

बिहान युवक महतोले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले आज यस्तो निर्णय गरेको हो । पञ्चायतको निर्णयबाट युवक महतोको कपाल मुडुलो गरी जुत्ताको माला लगाएर सार्वजनिकरूपमा दुव्र्यवहार गरिएको थियो ।

पञ्चायतीमा गाउँका १० जनाभन्दा बढी गणमान्य व्यक्ति सहभागी थिए । अहिले उनीहरू फरार छन् । दुव्र्यवहार हुने युवक महतोले प्रहरीमा मौखिक उजुरी गरेपछि पञ्चायती गर्ने १० जना फरार भएका हुन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

सामाजिक सुरक्ष्Fा ऐन अनुसार कुनै पनि व्यक्तिलाई दुव्र्यवहार गर्ने अधिकार छैन । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले दुव्र्यवहार गर्ने कार्यमा संलग्न पञ्चहरूको खोजी भइरहेको बताए ।

यता फरार रहेका पञ्चका परिवारले चोरी अभियोगमा पक्राउ परेका महतोका पितालाई दबाबमा पारेर कागज गराएका छन् । पञ्चका परिवारले चोरीको अभियोग लागेका महतोका पितासँग प्रहरीमा उजुरी नगर्ने आशयको पत्रमा सही सनाखत गराएको स्थानीयले बताएका छन् । सभार प्रतिक

बेहुला नै बाजामा नाच्दै

0

पर्साको ग्रामिण भेगकाे एक गाउँमा मुस्लिम समुदायको जन्तीमा बेहुला नै बाजामा नाच्दै । तस्बिर : कालिका टाईम्स

आवकाश प्राप्त कर्मचारी तथा मजदुरहरुलाइ सम्मान

0
परवानीपुर,१ मंसिर ,
              नेपाल कारखाना श्रमिक संघ हिमाल आइरन परवानीपुर इकाइले आवकाश प्राप्त कर्मचारी तथा मजदुरहरुलाइ सम्मान गरेको छ । संघले शुक्रबार उधोग परिसरमा एक कार्यक्रमको आयोजना गरी अवकास प्राप्त दर्जनौ मजदुरलाई सम्मान गरेको हो । संघका सचिव लहवर साहको सभापतित्वमा आयोजित कार्यक्रममा गोविन्द बहादुर श्रेष्ठ,मंगल कृष्ण डंगोल,छोटेलाल साह र हिरा राउत लगायत दर्जनौ कर्मचारी तथा मजदुरहरुलाइ सम्मान गरिएको संघका अध्यक्ष पुनदेव प्रसाद यादवले जानकारी दिनु भयो ।

कम्युनिष्ट सरकारको अगमन संगै मुलुकमा भ्रष्टाचार र अपराध मौलायो : वरिष्ठ नेता पौडेल

0

पर्सा । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारको अगमन संगै मुलुकमा भ्रष्टाचार र अपराध मौलाएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति रमेश पाण्डेको अध्यक्षतामा आयोजित पार्टी प्रबेस कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

पर्सा क्षेत्र नं. ४ अंतरगत आसबारीमा आयोजित कार्याक्रममा नेता पौडेलले कम्युष्टि सरकारको कार्यकालमा मुलुकमा हत्याहिंसा, बलत्कार,भ्रष्टाचार लगायातका अवान्छित गतिविधीमा बृद्धीभएको बताउदै कञ्चनपुरकी निर्मला पन्त बलत्कार र हत्या काण्ड तथा सुन काण्ड लगायात सैकडौ घटनाहरुलाई उधाहरणको लिन सकिने बताउनु भयो ।

एक आर्को प्रशगंमा उहाले मधेश आन्दोलनका घाइते र सहिद भएकालाई राहत प्रदान गर्न नेपाली काग्रेसले आयोग गठन गर्ने बताउनुभयो ।

उहाले आन्दोलनमा मारिएका आश्रित परिवारलाई रु ५० लाख दिने घोषणा गरेका नेताहरु आफ्नो सिद्धगरी सत्तामा पुगेपछि सबै बिर्सिएको आरोप लगाउदै जनताको सच्चा साथीका रुपमा रहेको काग्रेसले चा“डै आयोग गठन गरी आन्दोलनका क्रममा पीडित भएकाहरुको समस्यालाई सम्बोधन गर्ने दाबी गर्नुभयो ।

उहाले कृषि प्रधान देशको रुपमा मात्र रहन पुगेको नेपालको कृषिक्रान्ति बिना उद्धार नहुने बताउनु भयो । नेता पौडेलले नेपाल गाउ“मा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने बताउनु भयो ।

कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउन सकिने भए पनि यसतर्फ सरकारको ध्यान नगएको आरोप समेत लगाउनु भयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई नेता पौडेलले फुलमाला र अबिर लगाएर स्वागत गर्नु भयो ।

कार्यक्रममा नेपाली कागे्रसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, नेता अजय दुवेदीदुवेदी, अनिल रूगंटा, जनार्दन सिंह क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन क्षेत्रिय सचिव श्रीकान्त यादवले गरेका थिए ।

जन्मदिन्को अवसरमा बाल गृहका बालबालिकाहरुलाई कापी, कलम तथा फलफुल वितरण

0

वीरगंज, ३० कातिक ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपराका युवा राहुल साहले आफ्नो जन्मदिन बालगृहमा मनाएका छन ।

बाल अधिकार सम्बर्द्धन अभियान समितीका कार्यक्रम संयोजक समेत रहेका साहले आफनो २१ औ जन्मदिनको अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको आवर संसार बालगृहमा रहेको १७ जना बालकहरुलाई कापी, पेन, फलफुल ,चकलेट लगायतका समाग्री वितरण गरेर जन्मदिन मनाएका हुन ।

जन्मोत्सव कार्यक्रममा परवानीपुर गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष गजेन्द्र पटेल , रोशन सराफ, शम्भु साह, राज कुमार साह, रितेश पटेल, जयकी सराफ, जया साह, ओबिसी पर्साका अध्यक्ष अकलेश साह लगायतको उपस्थिती रहेको थियो ।

छठ पुजामा कोशी भरिदै खेरीको गित

0

छठ पुजामा २०७५ मा पर्साको एक गाउँमा कोशी भरिदै । भिडियो : कालिका टाइम्स

तिलावे पुलको सवारी जामहले यात्रुहरुलाई सास्ती, सम्बन्धीत निकाय मौन

0

वीरगंज, ३० कात्तिक ।
वीरगंज तिलावे पुलमा दिनहु जामह लाग्ने गरेका कारण यात्रुहरुलाई सास्ती भोग्नु परेको छ । पर्सा जिल्लालाई नै वीरगंज संग जोडने पुलको जामहले यात्रुहरु दिनहु मर्कामा पर्ने गरेका छन । वीरगंज र विन्दवासनीको बिचमा पर्ने पुल पर्साको सदरमुकाम वीरगंज संग सबै स्थानिय तहलाई जोडद छ ।

पुलमा विशेष गरी विहान ९ बजे देखी ११ बजे सम्म र बेलुका ४ देखी ६ बजे सम्म सवारी जामह लाग्ने गरेको स्थायिनहरु बताउँछन । विहिबार १० बजे देखी लागेको जामह १ बजे मात्र खुलेको कालिकामाई गाउँपालिकाका यात्रु आनन्द साहले वताए । साहले भने विहान १० बजे घरबाट निस्केर ११ बजे पुलमा पुग्दा जामह लागेको थियो ।

जामहको लाइनमा ११ बजे देखी १ बजे सम्म बस्नु पर्यो । संगै लाइनमा बसेका यात्रुहरु संग बुझदा दिनहु जसो जामह लाग्ने गरेको र आजको जामह १० बजे देखी नै लागेको साहले वताए । पुलमा लागेको जामह सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा खुलाउने गरिएको छ ।

सवारी साधनको चाप बढी बढे पनि पुलमा एक तर्फी चार पांग्रे सवारी साधन जाने आवतजावत गर्न सक्ने रहेकोले दिनहु जामह लाग्ने गरेको हो । अर्को पुलको निर्माण कार्य सुरु भए पनि निर्माणमा ढिलाई भएका कारण यात्रुहरुलाई सास्ती भोग्नु परेकोले यस तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

छठ पुजाको अवसरमा ग्रामिण भेगको गाउँहरुमा सांस्कृतिक कार्यक्रम

0

पर्सा, २९ कात्तिक ।
छठ पुजाको अवसरमा पर्साको ग्रामिण भेगको अधिकांश गाउँहरूमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । छठ सुरु भएको दिन देखि नै गाउँहरु नाटक सहितको सांस्कृतिक कार्यक्रम भईरहेका छन ।

कालिकामाई गाउँपालिकाको भेडिहारी, टिनडोबिया, पकहा मैनपुर गाउँपालिकाको धोरे, पकहा मैनपुर, सुर्जाहा, पोखरिया नगरपालिकाको पोखरिया, सतवरिया, धोबनी गाउँपालिकाको लगंडी, असवारी, हरिहरपुर लगायत दर्जन भन्दा बढी गाउँहरुमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

धोरे र असवारि लगायत केहु गाउँमा बहिरबाट डान्स तथा ड्रामा पर्टी नै बोलाई कार्यक्रम गरिएको छ भने भेडिहारी, टिनडोबिया लगायतका गाउँमा स्थानिय युवाहरु आफै ड्रामा तथा नृत्य कार्यक्रम गरेका छन । छठ पुजा समितिको आयोजनामा पकहा मैनपुरमा भएको सांस्कृतिक कार्यक्रममा वडा अध्यक्ष मदन साह कानुको समेत उपस्थित रहेको थियो ।

दिपावली तथा छठमा बाहिरबाट अधिकांश गाउँका ब्यक्तिहरु घरमा आउने गरेका कारण यस्ता कार्यक्रम हुने गरेको भेडिहारिका जयप्रकाश चौरसियाले वताए ।

पहिला दिपावली तथा छठमा हामिहरु ड्रामा खेल्ने गरथ्यौ अहिलेका युवाहरु नृत्य कार्यक्रम गरिरहेको गदियानीका रामउदेश गिरि बताउँछन् । पहिले रामायण, महाभारत लगायतका धार्मिक तथा समाजिका ड्रामा खेलिन थियो तर अहिले हिन्दी तथा भोजपुरी टेलर खेलिन्छ र मात्र नृत्य गरिन्छ गिरिको भनाई छ ।

धोरे मेलामा विशाल कुस्ती प्रतियोगिता सम्पन्न, नेपालका नरेश गिरि उत्कृष्ट

0

वीरगंज, २८ कात्तिक ।
पर्साको धोरेमा आज विशाल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । पकहा मैनपुर गाउँपालिकाको वडा नं. १, धोरेमा छ्ठ पर्वको अवसरमा लागेको मेलामा कुस्ती प्रतियोगिता सम्पन्न भएको हो ।

कुस्ती प्रतियोगितामा नेपालका नरेश गिरि उत्कृष्ट भएका छ्न । भारत बलिया जिल्लाका चिता पहलवानलाई हराउँदै उत्कृष्ट भएका हुन । महिला तर्फ भारत लखनउकी अंजली कुमारीले भारत गोरखपुरकी कै जोति कुमारीलाई हराउँदै महिला तर्फ उत्कृष्ट भएकी छिन ।

सयौं बर्ष देखि छठ पर्वको भोलि पल्ट प्रत्यक बर्ष आयोजना हुँदै आएको विशाल कुस्ती धोरे मेला आज साझ औपचारिक रुपमा सम्पन्न भएको हो । मेलामा भारत बनारस, हरियाणा, पंजाब, लखनउ, बलिया, दिल्ली, गोरखपुर, गाजिपुर, बेतियाको र नेपालको काठमाडौ, नवलपरासी, बारा, पर्सा, रौतहट लगायत स्थानिय नाम चलेका महिला तथा पुरुष पहलवानहरुको सहभागिता रहेको थियो ।

मेलालाई एक कार्यक्रमका बिच मेला समितिका अध्यक्ष स्थानिय समाज सेबि सुरेश मेहताले मुख्य चार जना पहलवानहरुलाई टाउकोमा गमछाले पगरी बान्धी मेलाको उधघाटन गर्नु भएको थियो । कुस्ती प्रतियोगितामा मेलाका अतिथी नेकपाका युवा नेता राजकुमार गुप्ता, नेशनल मेडिकल क्लेज वीरगंजका एमडी बसरुदिन अनसारी, पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, वडा अध्यक्ष अमबिका सहनी लगायतकाले पहलवानहरुलाई हातमिलाई उत्साह जगाएका थिए ।

मेलामा नेपाल र भारतका हजारौं दर्शकहरुको भिड रहेको थियो । मेलाको भिड्लाई नियन्तृत र स्यमित बनाउन सुरक्षाकर्मिहरुलाई हम्मेहम्मे परेको थियो ।