Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

एक पुरुषले प्रेमीसँग गराइदिए पत्नीको बिहे

spot_img
spot_img

सवा अर्बभन्दा धेरै जनसंख्या रहेको छिमेकी मुलुक भारतमा कहिलेकाहीँ यस्ता घटना हुन्छन्, जुन दुनियाँलाई पत्याउन गाह्रो पर्दछ ।

हालै भारतको बिहारस्थित भागलपुरमा यस्तै अनौठो घटना भएको छ । जहाँ एकजना पुरुषले आफ्नै पत्नीको विवाह उनका परपुरुष प्रेमीसँग गराइदिएका छन् । यतिमात्र कहाँ हो र ? पत्नीलाई विवाह गरेर अन्माउँदा उनले आफ्नो अढाई वर्षको छोरालाई उपहारको रुपमा प्रदान गरेका छन् ।

यो विवाहको चर्चा भागलपुरमा निकै छ । धेरै मानिस त त्यो अनौठो विवाहको साक्षी बने ।

ती पुरुष पत्नी र छोरासँगै एउटा भाडाको कोठामा बस्दै आएका थिए । एकदिन एउटा घटनामा उनलाई प्रहरीले पक्राउ गर्छ र उनलाई जेलमा हालिन्छ ।

लोग्नेले जेलमा हावा खाइरहेको बेलामा उनकी पत्नी घरबेटीको छोरासँग नजिकिन पुग्छिन् । मामिला यति अगाडि बढ्छ कि ती महिला र घरबेटीको छोराबीच माया प्रेम बस्दछ ।

केही समयपछि लोग्नेचाहिँ जेलबाट छुटेर घर आउँछन् । घर आएपछि उनलाई आफ्नी पत्नी घरबेटीका छोरासँग सल्किएको थाहा हुन्छ । त्यसपछि उनले निकै बोल्ड निर्णय लिन्छन्, जुन सुन्दा उनकी पत्नी छाँगाबाट खसेझैँ भइन् ।

तिमीलाई म घरबेटीका छोरासँग बिहे गराइदिन्छु भनेर जब लोग्नेले भने तब पत्नी अलमलमा परिन् । तर लोग्नेले निधो गरिसकेका थिए । उनले कुरो टुंगाउन पञ्चायत बोलाए । स्थानीय पञ्च तथा गाउँलेहरुले पनि उनकी पत्नी र घरबेटीका छोराबीच बिहे गराउने निर्णयलाई सदर गरिदिए । अन्ततः पञ्चायत कार्यालयमा उनीहरुबीच विहे गराइयो ।

पत्नीको विवाह गराइदिएपछि उनले आफ्नी भूपूपत्नी र उनका नवबेहुलालाई उपहारको रुपमा आफ्नै अढाई वर्षे छोरा सुम्पिए ।

एजेन्सी/अनलाइन खबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...