Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पत्रकारमाथि दुव्र्यवहार गर्ने चिकित्सकलाई कारवाहीको माग

spot_img
spot_img

बिरगंज,११ बैशाख ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि अस्पतालमा कार्यरत चिकित्सक राकेश साहले दुव्र्यवहार गरेका छन् ।
अस्पतालमा भएको अनियमितताका बारेमा छानविन गर्न आएको अख्तियरा दूरुपयोग अनुसन्धान आयोगको टोलीसँगै समाचार संकलनमा पुगेका सगरमाथा टेलिभिजनका आविद हुसेन र न्युज २४ टेलिभिजनका इरफान अलीमाथी चिकित्स साहले दुव्र्यवहार गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट छानविनका लागि पुगेको टोलीको दृश्य लिन खोज्दा अस्पतालमा कार्यरत चिकित्सक साहले दृश्य लिन रोक्कै क्यामेरा खोस्ने प्रयास गरेका थिए ।
सञ्चारकर्मीमाथि अभद्र शब्द प्रयोग गर्दै हातपातमै उत्रिएपछि त्याहाँ पुगेका सबै सञ्चारकर्मीले विरोध जनाएका थिए ।
अख्तियारको टोलीसँग अस्पतालको विषयमा प्रतिक्रिया लिइरहेका बेला चिकित्सक साह पुगेर न्युज २४ मा कार्यरत पत्रकार इरफान अलीको क्यामेरा खोस्ने प्रयास गरेका थिए ।
साहलाई क्यामेरा खोस्न रोक्न खोजेका अर्का पत्रकार सगरमाथा टेलिभिजनका आविद हुसेनमाथि चिकित्सकले हातपात गर्न खोजेको प्रत्यक्षदर्शीले बताएका छन् ।
समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुव्र्यवहार गर्ने चिकित्सकलाई कारवाही गर्न पर्सेली पत्रकारहरुले माग गरेका छन् ।
चिकित्सक साहले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई व्यक्तिगत फाइदाका लागि निजी अस्पताल तर्फ रिफर गर्ने गरेको अस्पतालमा कार्यरत चिकित्सकहरु नै बताउँछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...