Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नपाको रामनगरीमा विद्यालय भर्ना अभियान

spot_img
spot_img

वीरगन्ज, १३ बैशाख ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं’ भने मुल नाराका साथ पर्सामा पनि विद्यालय भर्ना अभियान २०७६ सुरु भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८, रामनगरी स्थित रहेको श्री देवनन्दन देवराज नमुना माध्यमिक विद्यालयले शुक्रबार विद्यालय भर्ना अभियान सम्पन्न गरेको छ ।

विद्यालय भर्ना अभियान अन्तर्गत शुक्रबार विद्यालयको आयोजनामा र्याली निकालिएको श्री देवनन्दन देवराज माविका शिक्षक सुरज पण्डितले वताए । ५ देखी १२ बर्ष उमेर समुहका सबै बालवालिकाहरुलाई भर्ना गराउने उद्देश्यले विद्यालय भर्ना र्याली निकालिएको उनले जानकारी गराए ।

विद्यालयबाट निस्कको र्याली बहुदरमाई नगरपालिकाको वडा नं. ८, रामनगरी, गोबरथलवालाई परिक्रममा गर्दै विद्यालय भर्ना गाराउन विभिन्न नाराहरु समेत लगाएको थियो । विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तव अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस्तै रामनगरी मै रहेको श्री मुखदेव सुशिला माध्यमिक विद्यालयले पनि शुक्रबार विद्यालय भर्ना र्याली निकालेको छ । यस्तै देश भरी नै बैशाख २ देखी सुरु भएको विद्यालय भर्ना अभियान ३० गते सम्म संचालन हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...