Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

वास्तविक मानव सभ्यताको इतिहासलाई प्रकाशमा ल्याउन चित्रकला प्रदर्शनी

spot_img
spot_img

वीरगन्ज, १२ बैशाख ।
चित्रकार हरिओम मेहताको चौथो एकल चित्रकला प्रदर्शनी बैशाख १५ गते देखी वीरगन्जमा हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै चित्रकार मेहताले चित्रकला प्रदर्शनी यही बैशाख १५ देखी १७ गते सम्म ३ दिन वीरगन्जको राणिसती अतिथी सदनमा हुने जानकारी गराएका हुन ।

बिहिबार नेपाल पत्रकार महासंघ पर्साको सभाहालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चौथो एकल चित्रकला प्रदर्शनीको लयात्मक अस्तित्वको बारेमा जानकारी गराए । काठमाण्डौबाट सुरु भएको चित्रकला प्रदर्शनी विराटनगर, जनकपुर पछि वीरगन्जमा आयोजना गर्न लागिएको उनले जानकारी गराए ।

पत्रकार सम्मेलनमा वोल्दै उनले भने ‘प्रदर्शनीको मुख्य उद्देश्य वास्तविक मानव सभ्यताको इतिहासलाई प्रकाशमा ल्याउनु नै हो’ । जुन सभ्यताहरु समय समयमा उत्थान र पतन हुदै आएका छन । प्रदर्शनीमा प्रदर्शन गरिने चित्रकलामा देश र पुर्खाको इतिहासलाई प्रस्तुत गर्ने कोसिस गरेको चित्रकार मेहताले वताए ।

भिजिट मधेश नेपालका संयोजक ओमप्रकाश सरार्फले कलाकार समाजका गहना मात्र नभएर, समाजको ऐना पनि भएकोले सबैलाई सहयोग गरी चित्रकला प्रदर्शनीलाई सफल बनाउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा उडानका मुकेश महतो, टिएमएनसीका प्रकाश थारु र कलाकार अजमत अलीको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...