Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

विरगंजको राणिसति अतिथि सदनमा चित्रकला प्रदशन सुरु

spot_img
spot_img

वीरगंज,१५ बैशाख ।
विरगंजको राणिसति अतिथि सदनमा चित्रकला प्रदशन सुरु भएको छ ।कलाकार ,चित्रकार हरिओम मेहताको चौथो एकल चित्रकला प्रदर्शनी वैशाख १५ गते देखि १७ गते सम्म रहने छ ।

३ दिने सम्म रहने प्रदर्श्निका लागी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ । ग्रोइन नेपाल फाउन्डेसनको आयोजना र उडान, भिजिट मधेस नेपाल र टिमसी को सहकार्यमा रहेको प्रर्दाशनमा तस्बिर अनावरण तथा व्यानर पढेर उद्वघाटन गदैं प्रमुख अतिथि बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले गरेका थिए ।

सप्तरी जिल्लाको हनुमाननगरमा जन्मिनु भएको हरिओम मेहताको २९ वटा चित्रहरु राखिएको र केही चित्रहरु बिक्री भई सकेको पनि जानकारी दिनु भयो। चित्रकला प्रदर्शनीमा बिरगंज उद्योग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष सुबोध गुप्ता , शिक्षा बिद एवम् बिरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रोफेसर डा. दिपक शाक्य ,भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ, युवा अभियन्ता भरत साह , ठाकुरराम क्याम्पसका क्याम्पस प्रमुख प्रमोद कुसवाह , बरिस्ठ महिला फोटो पत्रकार उषा नितुम्ड ,लगायत विद्यार्थीहरुको सभागिता रहेको थियो । ग्रोइन नेपाल फाउन्डेसनका प्रतिनिधि एवम् सामाजिक अभियन्ता प्रकाश थारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पब्लिक एफ.एम. का राजेन्द्र सिंहले गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...