Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंज कारागारको राज्य व्यवस्थापन तथा सुशासन समितिद्वारा स्थलगत अनुगमन

spot_img
spot_img

वीरगन्ज, १४ वैशाख ।
वीरगन्ज कारागारमा एक कैदीले आत्महत्याको प्रयास गरेको घटना बाहिर आएपछि राज्य व्यवस्थापन तथा सुशासन समितिले स्थलगत अनुगमन गरेको छ । कारागारमा कैदी जीवन विताउँदै आएका धरानका मान्छे गत १८ गते बेहोस भएर अस्पताल ल्याइएको थियो । कैद भुक्तान गरी रिहा भएका एक कैदीले जेलको यातना सहन नसकेर आत्महत्याको प्रयासको घटना सार्वजनिक भएसँगै समितिका सभापति सशि श्रेष्ठको नेतृत्वमा आएको १२ जना पदाधिकारीहरुको टोलीले वीरगन्जमा कारागार भित्र भइरहेको कैदी बन्दी शोषण कार्यलाई अनुगमन गरेको छ ।

अनुगमनको क्रममा थुनुवाबाट आउने नयाँ कैदीबन्दीलाई कुटपिट, चन्दा आतँक, आर्थिक, मानसिक तथा शारिरिक शोषण, लागु औषध कारोबार लगायतको बारेमा जानकारी लिएको थियो । अनुगमनकै क्रममा कैदी गुञ्जा चौधरीले अनुगमन समितिलाई वीरगन्ज कारागारभित्र हुने गरेको सम्पूर्ण जानकारी गराएका थिए । जेलर सुनिल खनाल, सुब्बा गणेश भण्डारी, चौकीदार शेख भोला, भाई चौकीदार विक्की अग्रवाल लगायतको मिलोमतोमा कारागारका कैदीबन्दीहरुमाथि मानसिक तथा शारिरिक शोषण हुने गरेको छ । टोलीमा डिला साँग्रौला, अमरेश सिंह, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज सिलवाल लगायतको सहभागिता रहेको थियो ।

करिब एक हजार २ सयभन्दा बढी संख्यामा कैदीबन्दी रहका वीरगन्जस्थित कैदीबन्दी सुधारगृह अर्थात कारागारभित्र राज्यको कानुनभन्दा चौकीदार र नाइकेहरुको हुकुममा बेग्लै शासनतन्त्र चल्ने गरेको छ । आर्थिक दोहन र दुव्र्यवहार तथा यातनाबाट कैदीहरु आजित हुँदा आत्महत्याको प्रयास गर्छन, अरुलाई हानी गर्छन। साथै विरोधको स्वर एकत्रित गर्न खोजे त्यहाँबाट सरुवा गरिन्छन् । वीरगन्ज कारागारभित्र रहुन्जेल कसैले चुइक्क बोल्ने आँट गर्दैन। चौकीदार भने कैदीबन्दीकै बीचबाट एक जनालाई चुन्ने गरिएको छ । उसको सहयोगमा भाइ चौकीदार, वरिष्ठ नाइके र नाइके चुनिन्छ ।

कारागारका राजाजस्तै हुन चौकिदार, उनका सहयोगीहरु मन्त्रीजस्तै । वीरगन्ज कारागारभित्र चौकीदारको हुकुम चल्छ, नेपालको नियम कानून भने चल्दैन । यसअघि आकाश महतो नामका कैदीलाई मरणासन्न हुने गरी कुटेको घट्ना करिब तीन महिना अगाडि पनि बाहिरिएको थियो । भित्र भएका कैदीलाई भेट्न आएका कुनै ब्यक्तिसँग एक्लैमा कुरा गर्न बन्देज छ । टेलिफोन चौकीदारका मान्छेहरुबाट संचालित छ । कल गरेपछि भने अनुसार एक रुपैयाँ पर्ने कल ४ देखि ५ रुपैयाँ चुपचाप तिर्नुपर्ने हुन्छ ।

भारतमा कल गरेको ३० रुपैयाँ असुलिन्छ । कोही पनि चुइँक्क बोल्न सक्ने हिम्मत गर्दैन, कारागारभित्रका चौकीदारका पसलहरुमा सामानको मोल तीनदेखि चार गुणासम्म बढी असुल्दा पनि बोल्न पाइन्न । बोल्यो भने थुनुवामा पुर्याएर रातभरी कुटिन्छ । बाहिर ४० रुपैयाँ फुलगोभीको भाउ कारागारभित्र एक सय २० रुपैयाँ पुग्छ । अनी १२ रुपैयाँको अण्डा २५ रुपैयाँ र बाहिर १० पर्ने बिस्कुट ३०, चिया २० रुपैयाँ पर्छ । आलु एक सय २० रुपैयाँ, प्याज डेढ सय रुपैयाँ किलो पर्ने गरेको र दाह्री कपाल काटेको २ सय तिर्नुपर्छ । कैदीले भित्रैबाट किनेर हरेक कुरा उपभोग गर्नुपर्ने हुन्छ भने आफन्तले ल्याइदिएको दैनिक उपभोग्य सामान भित्र्याउन निषेध छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...