Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

प्रदेश सांसद साहको संसदिय कोषबाट निर्माण हुने प्रवेश द्वारको शिलान्यास

spot_img
spot_img

वीरगन्ज, १४ बैशाख ।
पर्साको ऐतिहासिक धरोहर आमोदेवी मन्दिर प्रबेश द्वारको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । पर्सागढी नगरपालिका वडा नं. ३ स्थित रहेको मन्दिर प्रबेश द्वारको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय चौरसियाले शिलान्यास गरेका हुन ।

प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको संसदिय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने प्रवेश द्वारको नेता चौरसियाले शिलान्यास गरेको नेवि संघका नेता सरोज चौरसियाले वताए । पूर्वाधार विकास कार्यालय प्रदेश नं. २ को सहकार्यमा संसदिय क्षेत्र विकास कार्यक्रम अन्तर्गत रु १० लाखको लागतमा प्रबेश द्वार निर्माण गरिने प्रदेश सांसद साहले वताए ।

प्रबेश द्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर तमाङ्गको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव, उप मेयर अर्चना चौधरी, स्थानिय नेता जंगबहादुर थारु लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...