Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

एनिमेटरहरुको लागि संचालित १० दिने अधारभुत तालिम सम्पन्न

spot_img
spot_img

वीरगन्ज, १४ बैशाख ।
पर्सा, बाराका एनिमेटरहरुको लागि संचालित १० दिने अधारभुत प्रथम चरणको तालिम शनिबार सम्पन्न भएको छ । किशोरी संवाद कार्यक्रम अन्तर्गत कृषी अनुसन्धान केन्द्र परवानीपुरमा संचालित आवासिय तालिम सम्पन्न भएको हो । तालिमको समापन समारोहमा वोल्ने वक्ताहरुले नैतिक शिक्षा ह्रास भन्दै चिन्ता व्यक्त गरे । शिक्षा बढे सरह हिंसा पनि बढदै गएको वोल्ने वक्ताहरुको तर्क थियो ।

वक्ताहरुले समाजमा विकृति र व्युटि दुबै रहेकोले त्यसको पहिचान गरी काम गर्नु पर्ने एनिमेटरहरुलाई सुझाव समेत दिए । यसका साथै किशोरीहरुलाई अनुशाषित भएर घरमा बस्नुको साथै काम गर्न पनि आग्रह गरे ।

कार्यक्रम व्यवस्थापक भानु पराजुलीको अध्यक्षतामा र जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समन्वय समितिका सह संयोजक ठाकुर न्यौपाने, कृषि अनुसन्धान केन्द्र परवानीपुरका कार्यकारी निर्देशक तुफैल अखतर, किशोरी संवाद कार्यक्रमका पर्सा, बारा संयोजक भागवती शर्मा, सामुदायिक विकास कार्यक्रमका पर्सा संयोजक दिपक बोहरा, किशोरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेशवर साह लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन एनिमेटर उमा राय माझीले गरेकी थिइन ।

युरोपियन युनियनको सहयोग र नेपाल ग्रामिण पुननिर्माण संस्था (आर.आर.एन.) को आयोजनामा किशोरी सशक्तिकरणको लागि संवाद अन्तर्गत तालिम भएको थियो । पर्सा र बाराका १६ जना एनिमेटरहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक भिम कुमार राई, पुर्जा बर्मा, प्रकाश पाण्डे लगायतकाले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...