Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026
Home Blog Page 1129

पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहको विदाई

0

पर्सा, ३ मंसिर । पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नथु साहको आज एक कार्यक्रमको बिच विदाई गरिएको छ । नगर कार्यपालिकाको कार्यालय पोखरियामा आयोजित कार्यक्रममा मेयर दिपनारायण रौनियार (मन्टु) ले अधिकृत साहलाई दोसल्ला ओढाई सम्मान गर्दै मायाको चिन्हो दिई विदाई गर्नु भएको थियाे ।

मेयर रौनियारले कार्यक्रमलाई सम्बोद्धन गर्दै साहले आफ्नो कार्यकालमा पोखरिया नगरपालिकाकाको लागि गर्नु भएको योगदानको प्रशंसा समेत गर्नु भयो । अधिकृत साहको भुमि ब्यस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार  सरुवा भएको  छ ।

पोखरिया नगरपालिकाले आयोजना गरेको विदाई कार्यक्रममा वडा अध्यक्ष रामबाबु चौहान, सोनालाल साह गोढ, अजय साह कलवार, नन्दलाल कुर्मी, लक्ष्मण साह कानु, बंका गोढ, कर्मचारी युनियन पोखरियाका अध्यक्ष राजेशवर प्रसाद लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा शिक्षा विभाग सानोठिमी भक्तपुरमा कार्यरत रामजी पौडेलको सरुवा भएको छ ।

जल उपभोक्ता संस्था ब्लक नं. २ को सधारण सभा सम्पन्न

0

पर्सा, ३ मंसिर ।
नारायणी सिंचाई प्रणाली जल उपभोक्ता संस्था ब्लक नं. २ हरिहरपुर बिर्ता, पर्साको आ.व. २०७४/०७५ को सधारण सभा आज सम्पन्न भएको छ । ब्लक नं. २ हरिहरपुरको कार्यालयमा भएको सधारण सभामा आर्थिक बर्ष २०७४/०७५ को रू ६० लाख बराबरकाे आय व्यय जलउपभोक्ता समितिका कोषाध्यक्ष राजकिशोर पटेलले प्रस्तुत गरेका थिए भने प्रस्तुत गरिएको आय व्यय जल उपभोक्त समितिका सदस्यहरुले सर्बसहमत पारीत जल उपभोक्त संस्थाका ताजिन्द्र साहले वताउनु भयो ।

जल उपभोक्त समितिका ब्लक नं. २ का अध्यक्ष कुसमी देवीको अध्यक्षतामा र नारायणी सिचाई प्रणालीका इन्जिनियर सुमित गुप्ताको प्रमुख आतिथ्यतामा भएको सधारण सभामा सब ओभरसियर जंग बहादुर चौधरी लगायत जल उपभोक्ता समिति ब्लक नं. २ का सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

कर सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम, ३० जनाद्वारा रक्तदान

0

वीरगंज, ३ मंसिर ।
आन्तरिक राजस्व कार्यालय, वीरगंजले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ३० जनाले रक्तदान गरेका छन । सातौं राष्ट्रिय कर सप्ताह २०७५ को कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका राजन श्रीवास्तवले वताउनु भयो ।

आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रमुख गोपी कृष्ण कोइरालाको अध्यक्षमा भएको रक्तदान कार्यक्रममा कर्मचारी संगठन पर्साका अध्यक्ष समेत रहेका जिराभवानी गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, अशोक कुमार साह, नेत्र प्रसाद घिमिरे, अनिल कुमार राउत, प्रमोद प्रसाद साह, कृष्ण प्रसाद केशरी, राम विदेश यादव, निशा सराफ, तारा प्रकाश यादव, लक्ष्मण प्रसाद दहाल, मुकेश कुमार चौरसिया, संतोष राउत, उदय के.सी., सुजित कुमार साह लगायतकाले रक्तदान गरेका छन ।

आन्तरिक राजश्व कार्यालय वीरगंजमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको प्राविधिकहरुको टोलीले प्राविधिक सहयोग गरेका थिए ।

सशस्त्र प्रहरी गुल्मद्वारा भारी परिमाणमा लत्ताकपडा पक्राउ

0
पक्राउ परेको लत्ताकपडा र इ रिक्सा । तस्बिर : कालिका टाइम्स

वीरगंज, ३ मंसिर ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ५ लाख बराबरको लत्ताकपडा र ई. रिक्सा शसस्त्र प्रहरीले पक्राउ गरेको छ । शसस्त्र प्रहरी गुल्मबाट खटिएको प्रहरी टोलीले आज विहान वीरगंज भन्सार क्षेत्रबाट रु ४ लाख ९४ हजार ८ सय ५० बराबरको सामान पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी चेकजाच गर्ने क्रममा ना. २ ह. ३६४६ नम्बरको ई. रिक्सामा लोड गरि चोरी पैठारी गरी ल्याउदै गरेको सामान पक्राउ गरेको हो ।

सिल्की साडी १४ थान, वडन साडी ३३ थान, उनी कुर्ता सुरुवाल ७१ थन, बनारसी साडी ७ थान, उनी कुर्ता कपडा ९९ थान, सर्ट कपडा ७८ थान, उनी सल ५५ थान, उनी कुर्ता सुरुवाल ३३ थान लगायतका सामान पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काले वताए ।

पक्राउ गरिएको सामान आवश्यक कर्वाही प्रक्रिया अगाडी बढाउन भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

७५ किलो ग्राम लागु औषध गांजा सहित बाबु छोरा पक्राउ

0

राजन कुमार बानिया/पोखरिया ३ मंसिर ।

भारतको सिमावर्ती ईनार्वा प्रहरीले खमिया सामुदायिक भवनको नजिक बाट ७५ किलो ग्राम गांजा सहित दुई जनालाई पक्राउ गरेको छ । ईनार्वा प्रहरी प्रमुख अमरेन्द्र कुमारले दिनुभएको जानकारी अनुसार गांजा सहित पक्राउ परेका भारत बिहार बेतिया जिल्ला ईनार्वा थाना खमिया गाउँ निवासी गुदर महतो र उनका छोरा सुनिल महतो रहेका छन।

नेपालको पटेर्वासुगौली सोनवर्षाबाट सुपौली गाउँ हुँदै पाण्डेपुरको नाका हुँदै भारतको ईनार्वा खमिया तरफ भरियाको माध्यमले गांजाको अाईरहेको सुचनाको अधारमा ईनारवा प्रहरीका जवानहरुले बोर्डरमा नाका लगाएकोमा नेपालबाट भारत तरफ लगने कर्ममा भारतिय प्रहरीले पक्राउ गर्दा दुईजना पक्राउ परेको र अरु गांजा तसकरहरुले गांजा खमिया सामुदायिक भवनको अगाडि फालेर नेपाल तरफ भागेर वचन सफल भएका छन ।

गांजा तसकर हरु १५ /२० जनाको संख्यामा रहेको थियो,  त्यस मध्य ५ वटा पोका फालेर भागे  र पाचवटा पोकाबाट तौल गर्दा ७५ किलो गांजा बरामद भएको थियोे । पक्राउ परेका गांजा र दुई तस्करहरुलाई ईनार्वा प्रहरीले ईनार्वा थाना मा लयाई गांजा तस्कर बाबू ,छोरालाई बेतिया जेल पठाएको छ ।

पक्राउ परेका गांजाको किमत अन्तर्राष्ट्रिय मूल्य १ करोड रहेको छ । पक्राउ परेका गांजा  गुदर महतोले लागुअौषध, चोरी, डकैती अपहरण, जस्ता मुदामा भारतिय जेलमा कतिचोटी पहिला पनि गएको थियो । कति मुदाको अारोपित गुदर महतोले नेपालको मुडली गाउँमा शरण लिएर मुडलीका र सोनबर्षा, पटेर्वा सुगौली, सुपौली, सुहपुरसोहरी गाउँका तस्करहरु संग मिलेर गांजा तस्करी गराई रहेको थियोे । ईनार्वा प्रहरी ले १२ जनाको नाउमा गोप्य नाम जद गरेको जनाएको छ ।

शिव साहकाे नेतृत्वमा कृषि सहकारी संघ पर्साको नयाँ संचालक समिति चयन

0

पर्सा, २ मंसिर ।
जिल्ला कृषि सहकारी संघ लि. पर्साको सातौ बार्षिक साधारण सभा सम्पन भएको छ । बहुदरमाई नगरपालिकाको रामनगरीमा भएको सभाले शिव कुमार साहको नेतृतवमा नयाँ ९ सदस्यीय संचालक समिति र ३ सदसीय लेखा समिति सर्वासहमतिले चयन गरेको छ ।

संचालक समितिको उपाध्यक्ष रामानन्द कोइरी, कमला घिमिरे, महासचिव जगदीश यादव, सचिव खडक बहादुर श्रेष्ठ, कोषध्यक्ष अनरुध प्रसाद सदस्य प्रभु रौनियार, संजित चौधुरी र कमलेश प्रसाद चयन भएका छन ।

यस्तै लेखा समितिको संयोजकमा अरविन्द कुमार साह, सदस्य जितेन्द्र यादव, कबुल नेसा अंसारि चयन भएका छन । चयन भएका पदाधिकारीहरुको आज पद भार ग्रहण तथा सपथ ग्रहण गराईएको छ ।

कृषि अनुसन्धान केन्द्र बिरगंजमा एक कार्यक्रमका बिच निर्वाचन अधिकृत नरेश प्रसाद जयसवालले पदाधिकारीहरु सपथ खुवाउनु भएको हो ।

संघ अध्यक्ष शिव साहको अध्यक्षतामा भएको सधारण सभामा लेखा समितिको प्रतिबेदन, कर्जा उप-समितिको प्रतिबेदन, आर्थिक एवं बार्षिक लेखा परिक्षण प्रतिबेदन रु.१,२६,२०,९८८.४२/- र बार्षिक बजेट तथा कार्यक्रम रु.१,५७,४०८/- को प्रस्तुत गरिएको थियो |

२२ देशका मुद्रा तथा एटिएम कार्ड सहित एक जना भारतीय नागरीक पक्राउ

0
पक्राउ परेको मुद्रा । तस्बिर : जाकिर हुसेन

वीरगंज, २ मंसिर । सशस्त्र प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर १६, भन्सार मुल गेटबाट विभिन्न देशका मुद्रा तथा एटिएम कार्ड सहित एकजना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव निरिक्षक सुदेश राईको कमाण्डमा खटिएको डिउटी टोलीले नेपालबाट भारत तर्फ शंकास्पद रुपमा गइरहेका भारत उत्तरप्रदेश बस्ने वर्ष ३७ को रामनाथ यादवले बोकेको झोला चेकजाच गर्ने क्रममा विभिन्न समानहरु बरामद गरेको हो ।

यादवको साथबाट विभिन्न २२ देशहरु तानजिनीया डलर ४६ हजार, इन्डोनेसीया १५ हजार, रसियन १० हजार, भियतनाम ६ हजार, लेवनान २ हजार, म्यानमार ५ सय, सुडानी पाउण्ड ३ सय, ओमन डलर, २ सय, केन्या १ सय, नेपाली रुपैया १४ हजार ६५ रुपैया, भारतीय २ हजार ५ सय, मलेसिया रिंगेट १२, हंकंग डलर ४२, चाइनिज युवान १८, साउदीअरब रियाल ३, कतार ५, श्रीलंका ४०, कुवेत डलर ०.५, फिलिपीन्स ५०, नाइजेरीया १०, युएई १० र बंगलादेश १२ रुपैया तथा नेपाल र भारतका ५३ वटा बैंक एटिएम कार्डहरु, आइएमई कार्ड थान ३०, विभिन्न आईडि कार्ड थान ४४, विभिन्न किसीमका नक्कली गहनाहरु एक पोका र निजको मतदाता परिचयपत्र र पासपोर्ट समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ  ।

पक्राउ परेका यादवलाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

बहुदरमाईको बैरियामा दलित बालबालिकाहरुलाई बाल संरक्षण भत्ता वितरण

0

वीरगंज(पर्सा), २ मंसिर ।
बहुदरमाई नगरपालिकाको वडा नं. २, बैरिया विर्ताका दलित बालबालिकाहरुलाई आज बाल संरक्षण भत्ता वितरण गरिएको छ । वडा अन्तर्गतका ८७ जना दलित बालबालिकाहरुलाई नगरपालिकाको बालबालिका आरक्षण कोषबाट बाल संरक्षण भत्ता वितरण गरिएको वडा अध्यक्ष जितेन्द्र पटेलले वताए ।

४ सयको दरले ८ महिनाको एकमुष्ट नगद प्रति बालबालिका ३ हजार २ सयको दरले रकम वितरण गरिएको अध्यक्ष पटेलले वताए । कुल २ लाख ८३ हजार २ सय रकम वितरण गरिएको उनले जानकारी गराए । वडा कार्यालयमा वडाध्यक्ष पटेको उपस्थितीमा वडा सचिव रामअयोध्या प्रसाद साह मार्फत रकम वितरण गरिएको हो ।

बाच्चाहरु पडखा पडकाई रहेको आगोबाट आगलगी

0

पर्सा, २ मंसिर ।
धोविनी गाउँपालिकाको वडा नं. ३, गुलरियामा आज आगलगी भएको छ । बाच्चाहरु पडखा पडकाई रहेको आगोबाट आगलगी हुदा स्थानिय बागड पटेलको घरगोठ जलेको स्थानियहरुले वताएका छन ।

दिउसो करिब १ बजे भएको आगलगी स्थानियहरुले निभाएका छन । आगलगीबाट घरगोठ जलेर पूर्ण रुपले नष्ट भएको छ भने घरमा राखिएको सब थोक जलेको छ ।

आगो लागेको घर नजिक अक्रो घर नहरकोले ठूलो क्षति हुनबाट जोगेको स्थानिय सुदिल पटेलले वताए ।

बलात्कारको भिडियो बनाएर रकम मागेर धम्क्याएको घटना खुलासा

0

वीरगन्ज : वीरगन्जकी ४० वर्षीया दलित महिला सामूहिक बलात्कारमा परेकी छन् । चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेका थिए । उनीहरूले त्यसको भिडियो समेत बनाएका थिए ।

वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा पर्ने सौराहा गाउँका उनीहरूले पीडित महिलालाई भिडियो देखाई रकम मागेर धम्क्याएको घटना खुलासा भएको छ ।

राति १० बजेतिर शौच गर्न खेतमा गएका बेला उनलाई ३५ बर्से मनोज साह तेली, ३० बर्से कृष्ण साह र २४ बर्से दिलिप सहनीले बलात्कार गरेका थिए । बलात्कार गरेको भिडियो ३५ बर्से आकाश साहले मोबाइलमा भिडियो खिचेका थिए ।

त्यही दिन पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैला बहुअरीको मेलामा रक्सी खाएर घर फर्किँदा ती ४ जनाले खेतमा ती महिला एक्लै देखेपछि पक्रेर बलात्कार गरेका थिए।

पीडित महिलाका अनुसार २ दिनपछि कात्तिक ७ मा आकाशले घटनाको भिडियो सबैलाई देखाइदिने धम्की दिँदै २५ हजार रुपैयाँ मागेका थिए । पिडितले रकम दिन मानिनन् । आकाशले गाँउका दुई जनालाई भिडियो देखाएपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए । यसबारे गाँउमा हल्लीखल्ली भए पनि पीडितले प्रहरीमा उजुरी दिएकी थिइनन्।

गाउँका अगुवा महिलाले थाहा पाएपछि घटनाको एक सातापछि मात्र उनीहरूकै सहयोगमा पीडितले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीडक चार युवाविरुद्ध कारवाहीको माग गर्दै लिखित किटानी जाहेरी दिएकी छन् । उनले उजुरी दर्ता गरेको ३ साता बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्रन सकेको छैन ।

प्रहरीले आरोपित पक्रन चासो नदेखाएपछि गाँउका अगुवा महिलाहरूको मद्दतमा पीडितले शनिबार वीरगन्जमा जानकारी गराएपछि घटना बाहिर आएको हो। सामसुम पार्न आरोपितका आफन्तले ५ लाख रुपैयाँ र ५ कठ्ठा जग्गा दिने प्रलोभन देखाएकाले पीडितले उजुरी गर्न ढिलाइ गरेको गाँउका दलित अगुवा जयमंगल हाजराले बताए।

घटना थाहा पाएपछि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले पनि आरोपितमाथि कारवाही माग गर्दै उजुरीमा हस्ताक्षर गरेको हाजराले बताए । वडाध्यक्ष कुर्मीले पनि दलित महिला माथि भएको जघन्य अपराधमा संलग्नमाथि कारवाही हुनै पर्ने बताए ।

‘प्रहरीमा उजुरी गरेको ३ हप्ता बितिसकेको छ’, उनले भने, ‘तर अहिलेसम्म प्रहरीले एक जनालाई पनि पक्रन सकेको छैन।’ सौराहाकी अगुवा रूपा पाण्डेले बलात्कार जस्तो जघन्य अपराध हुनु र अझ पीडकहरूले भिडियो खिचेर रकम माग्दै धम्की दिनु ठूलो अपराध भएको बताइन् । ‘यस्ता नीच अपराधीमाथि हदैसम्मको कारवाही हुनै पर्छ’, उनले भनिन्, ‘तर प्रहरी कानमा तेल हालेर बसेको छ ।’

पर्साका एसपी रेवती ढकालले घटनामा संलग्न चारै जनाविरुद्ध मुद्दा दर्ता भइसकेको बताए । ‘आरोपित पक्रन प्रहरी परिचालन भइसकेको छ तर उनीहरू घर छाडेर फरार छन्’, ढकालले भने, ‘प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएको छ, ढिलो चाँडो उनीहरू पक्राउ पर्छन् नै ।’ सभार अन्पूर्ण पोष्ट