Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

कालिकामाईमा महिला हिंसा तथा दाइजोप्रथा उन्मूलन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज, १५ बैशाख ।
पर्साको कालिकामाई गाउँपालिकामा महिला हिंसा तथा दाइजोप्रथा उन्मूलन कार्यक्रम सम्पन्न भएको छ । कालिकामाई गाउँपालिकाको सहयोग र कालिका टाईम्स प्रा.लि. वीरगन्जकोे आयोजनामा संचालित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत आइतबार कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारी स्थित रहेको श्री सुकई साह माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रम तथा चेतनामूलक नाटक प्रदर्शन भएको थियो ।

जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषद वीरगंजले महिला हिंसा तथा दाइजो प्रथा सम्बन्धी चेतनामूलक नाटक प्रदर्शन गरेका थिए भने गायक सुनिल पण्डितले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसका साथै श्री सुकई साह मा.वि. भेडिहारी, श्री जनता मा.वि. मुडली र दिव्य कन्या मा.वि. बिरन्चीबर्वाका छात्र/छात्राहरुले गित, नृत्य र चेतनामूलक नाटक प्रदर्शन गरेका थिए । कार्यक्रमका सहभागिहरुले वालविवाह नगर्ने र विवाह गर्दा दाइजो नलिने पनि प्रतिवद्धता जनाएका थिए ।

sunil pandit_kalikatimes

कालिका टाईम्सका निर्देशक छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा श्री जनता मा.वि. मुडलीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिन्द्र प्रसाद कुर्मी, श्री सुकई साह मा.वि. भेडिहारीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवपुजन साह तेली, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, गाउँ कार्यपालिका कार्यालयका प्रतिनिधि शतन प्रसाद, वडा नं. १ का वडा सदस्य रामशिष यादव, शिक्षक धुरेन्द्र प्रसाद चौरसिया लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कालिका टाईम्स डट कमका समाचार सम्पादक शम्भु कुमार सुमनले गरेका थिए । कार्यक्रममा प्रस्तुती राखेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

natak pradrsan_kalikatimes

यस अघि बैशाख ५ गते महिला हिंसा तथा दाइजोप्रथा उन्मूलन कार्यक्रम अन्तर्गत नै श्री दिव्य कन्या मा.वि. बिरन्चीबर्वामा महिला हिंसा तथा दाइजोप्रथा विषयक वक्तृत्वकला प्रतियोगिता भएको थियो । जुन प्रतियोगितामा गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

baktritwakala_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...