Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

विद्यार्थीको भविष्यसंग खेलवाड गर्ने शिक्षकलार्ई कार्यवाहि गरिने ः नगर प्रमुख सरावगी

spot_img
spot_img

वीरगंज,१५ बैशाख ।
विद्यार्थीको भविष्य र महानरपालिकाको प्रतिस्ठासंग खेलवाड गर्ने शिक्षकलाई कडा कार्यवाही गरिने वीरगंज महानगरपािलकाका नगर प्रमुख बिजय कुमार सरावगीले चेतावनी दिनु भएको छ । उहाँले सरुवाको विषयलाई निहुमा तोकिएको विद्यालयमा समयअवधी भित्र हाजिर नहँुने शिक्षकलाई कुनैपनि हालता नछाडीने प्रस्ट पार्नु भयो ।
आइतबार वीरगंजको त्रिजुद्ध माविमा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले आयोजना गरेको प्रधानाध्यापकहरुको भेलालाई संम्बोधन गर्दै नगर प्रमुख सरावगीले सरुवा गरिएको विद्यलायमा हाजिर नभई विभिन्न बहाना गर्ने शिक्षकहरुलाई सेवाबाट हटाउने तयारीमा महानगरपालिका लागेको जानकारी दिनुभयो ।
भेलामा सहभागि भएका विभिन्न विद्यलायका प्रधानाध्यापक तथा शिक्षक शिक्षीकाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले राम्रो काम गर्नेलाई पूरस्कार र गलत गर्नेलाई दण्डीत गर्ने नीति महानगरपालिकाले लिएको प्रस्ट पार्नु भयो ।
उहाँले महानगरपालिका भित्रसंचालित रहेका विद्यालयको पूर्वधार विकास प्रति महानगरपालिका गम्भिर रहेको बताउनुभयो । विद्यलायमा पूर्वाधार विकास नभए गुणस्तरीय शिक्षा प्रदान गर्न कठीन हुने यथार्तलाई स्वीकार गर्दै यसै शिक्षा शत्रदेखि पुर्वधार विकासका लागि अवास्यक लागनी गर्न महानगरपालिका तयार रहेको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो ।
महानगर भित्र संचालीत रहेका सैब विद्यलायमा दिवास खाजाको व्यवस्था गरिए पछि विद्यलार्थीको संख्यामा वृद्धी भएको बताउदै नगरप्रमुख सरावगीले विद्यालयमा बढेको विद्यार्थीलाई अंग्रजी माध्यबाट शिक्षा प्रदान गर्ने तयारी रहेको जानकारी दिनुभयो।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले महानगरपालकाको शिक्षा समितिले निर्धारण गरेका अध्यापन तालिका अनुसार विद्यालयमा संचालन गर्न अनुरोध गर्नुभयो ।उहाले महानगरपालिकाले समायोजन गरिएका विद्यालयका शिक्षकहरुलाई खटाइएको बिद्यालयमा अबिलम्ब हाजिर हुन निर्देशन समेत दिनु भयो ।महानगरपालिकाले आयोजना गरेको भेलामा महानगरपालिका भित्र रहेको माध्यमिक ,निम्नमाध्यमिक ,प्राथमिक तथा मदर्शाका प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...