वीरगंज,३० साउन ।
आज राखी (रक्षाबन्धन) पर्वको रौनक देश भरि रहेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व विहीबार मनाइँकोछ ।वीरगंज रहेका कारागारमा कैदीका दिदिबहिनीले रक्षा बाधेर रक्षाबन्धन मनाएका छन् । कारागारमा रहेका कैदीलाई उनका दिदिबहिनी रक्षा बाधेका हुन् । पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित रहेको छ । वीरगंजको गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् नेपालको तराईक्षेत्रमा भने दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् साँस्कृतिक पर्व रहेका छ । आजका दिन तराईका जिल्ला का किशोरीहरुको लागी महतवपूर्ण दिन रहेको छ ।
कैदीका दिदिबहिनीले रक्षा बाधेर रक्षाबन्धन मनाए
प्रदेश सरकारले दियो रक्षाबन्धनको सार्वजनिक विदा
वीरगंज । प्रदेश २ सरकारले रक्षाबन्धन पर्वको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्री परिषद् बैठकले साउन ३० गते रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो ।
प्रदेश २ सरकारले हिन्दुहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण हिन्दु धर्मालबम्बीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।
यस पर्वले प्रदेश नं. २ का मुलुकमै भाइचारा, सुख शान्ति अभिवृिद्धको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व रक्षाबन्धनको हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबुु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सरकारले रक्षाबन्धनको विदा दिए पनि संघ सरकारले हाल सम्मा विदाको घोषणा गरेको छैन ।
प्रदेशको राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन दिनौंं : सांसद यादव
वीरगंज । पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बाचित माननीय सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले समाजको हरेक क्षेत्रको समान बिकासको लागि आफुले सदन हल्लाइरहेको बताउनुभएको छ ।
उहाँले बिकास निर्माणमा आफुलाई सांसद बापत प्राप्त भएको ४ करोड रुपैंयाँको सत प्रतिशत जनताको हितमा प्रयोग गरेको समेत बताउनुभयो ।
उहाँले माटोभरी ग्राभेल गर्ने कामको आफु बिरोधी भएकोले त्यसमा लगानी नगरेको र जहाँ पनि लगानी गरेको छु त्यहाँ सडक पिचमा लगानी गरेको छु जुन ५० बर्षपछि पनि केही नहुने बताउनुभएको छ ।
आवाज एफएमको समय सन्दर्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले बिकास निर्माणमा कमिशन खानेहरुले आमाको रगत खाने पिचास भएको संज्ञा दिनुहुँदै सांसद यादबले आफुले घन्टाघर र लक्षमनवा चोकमा लगाएको मास लाइटले सबैको ध्यान केन्द्रीत गरिरहेको समेत बताउनुभयो ।
नेता यादबले प्रदेश नम्बर २ को राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन नदिने दृढता ब्यक्त गर्नुहुँदै बिचको भाग खोजी भैरहेको खुलासा समेत गर्नुभयो ।
नेता यादबले बीरगंजका ढल ब्यबस्थापनको लागि शुरु भएको परियोजना फेल भएको बताउनुहुँदै डिजाइन नै परिवर्तन गरेर सधैंभरि बीरगंजलाई डुवानमा राख्नेहरुलाई नाँगेझार पारेर जेल हाल्नुपर्ने जिकिर समेत गर्नुभयो ।
बीरगंज डुवानमा जनप्रतिनिधी आउनुभन्दा पहिलाका कर्मचारी संयन्त्र नै जिम्मेवार रहेको समेत बताउनुभयो ।
सांसद यादबले मुख्य सडकको चौंडा अभियानमा आफ्नो कुनै अवरोध नभएको बताउनु्हुँदै ५० मिटर तोडेपनि आपत्ति नहुने तर तोडेर मात्र हुन्न तत्काल निर्माण पनि गर्ने ग्यारेन्टी र बजेटको ब्यबस्थापन हुनुपर्ने अन्यथा डोजर ल्याएर तोडफोड गर्दैमा समस्या समाधान नहुने निर्माणको ग्यारेन्टी हुनु्पर्ने बताउनुभयो ।
उहाँले बर्तमान यातायात मन्त्रीसंग घन्टघरदेखि शंकराचार्य गेटसम्मको मास्टर प्लान नै नभएको जिकिर समेत गर्नुभयो ।
वीरगंजमा फेरि बम विस्पोट, एक जना घाइते
बीरगंज । वीरगंजमा मंगलवार साझ फेरि बम विस्फोट भएको छ । वीरगंज महानगरपालिका वड़ा न. ०९ स्थित घण्टाघर देखी अन्दाजी १०० मीटर उतर दिशातर्फ रहेको तरकारी बजारमा बिस्पोट भएको प्रहरीले जनाएको छ ।
बिस्पोटमा परि बारा जिल्ला परवानीपुर गाउँपलिका वड़ा न.५ बस्ने अमरजीत प्रसाद पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घण्टाघर नजिक केहि चीज पडकिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा पुगी अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार घाइते भएका अमरजीतलाई दाहिने पिडालूमा सामान्य चोटपटक लागेको छ ।
प्रसौनीका प्रशासकिय अधिकृत यादव वेपता, भएको विकास निर्माणको भुक्तानी भएन
वीरगन्ज । बाराको प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रंजित कुमार यादव एक महिनादेखि वेपता भएका छन् । लामो समय देखी लगातार प्रमुख प्रशासकिय अधिकृत यादव कार्यालयमा अनुपस्थित हुँदा गाउँपालिकाको कामकाज प्रभावित हुदै आएको छ ।
कसैलाई कुनै जानकारी नै नगराई एक महिना देखी प्रमुख प्रशासकिय अधिकृत यादव कार्यालयमा अनुपस्थित भएको गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले स्वीकार गरे । कार्यालयको निमित्त जिम्मेवारी पनि कसैलाई नदिई अधिकृत यादव वेपता भएको अध्यक्ष गुप्ताले जानकारी गराए ।
कार्यालय प्रमुख यादव नहुँदा दिनँहु सयौ सेवाग्राही काम नै नगराई फर्कने गरेका छन् । समाजिक सुरक्षा भत्ता वितरण समेत प्रभावित भएको छ ।
गाउँपालिकाबाट हुने विभिन्न सिफारिस, नयाँ योजनाको बारे निति तथा कार्यक्रम सञ्चालन हुन सकेको छैन । त्यसैगरी आर्थिक कारोबार, विरामीहरुको उपचार्थमा सहयोगलगायतको अति आवश्यक कामकाज समेत प्रभावित भएको छ ।
लामो समय सम्म विना जानकारी अधिकृत यादव कार्यालयमा अनुपस्थित भएपछि गाउँपालिकाले प्रशासनिक कामकाज सुचारुको लागि निमित्तको जिम्मेवारी गाउँपालिकाकै अधिकृत सुरेश साह कानुलाई तोकेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको समन्वय प्रशासनिक कामकर्वाही संचालनको मात्र जिम्मेवारी तोकिएको अध्यक्ष गुप्ताले वताए ।
गाउँपालिका अध्यक्ष गुप्ताले प्रमुख प्रशासकिय अधिकृतको अनुपस्थितको हाजिरी प्रमाणित गरी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा मंगलबार पठाइएको समेत जानकारी गराए । मन्त्रालयले पनि प्रमुख प्रशासकिय अधिकृत यादवलाई न त कहि सरुवा नै गरेको छ न त अरुलाई प्रसौनी गाउँपालिकामा पठाएको उनले वताए ।
केही दिन पहिला प्रसौनी गाउँपालिकामा घुस लिएको आरोपमा एकजना पक्राउ समेत परेका थिए । पक्राउ परेको दिन देखिनै गाउँपालिकाको कामकाज थप प्रभावित हुँदै आएको छ । गाउँपालिका स्रोतका अनुसार गाउँपालिकामा गत आर्थिक वर्ष २०७५र०७६ मा भएको विकास निर्माणको कामका अनुमानित ३ करोड रुपैयाँ निकासा गर्न बाँकी समेत रहेको छ ।
भुक्तानीको रकम निकासा गर्नको लागि गाउँपालिकाकाले चेक तयार गरेपनि प्रमुख यादवको हस्ताक्षर विना निकासा हुन सकेको छैन । लामो समय देखी प्रमुख प्रशासकिय अधिकृत सम्पर्क विहिन भएका कारण गाउँपालिकामा भएको विभिन्न विकास निर्माण कामको भुक्तानी हुन नसकेको हो ।
नारायणी अस्पतालको मेसु फेरिए पनि अनियमितता नरोकिने शंकेत, अग्रवालले मिलाए सेटिङ
वीरगंज । नारायणी अस्पताल वीरगंजको मेडिक सुरपरिटेन्डेन्ट फेरिए पनि अनियमितता नरोकिने संकेत देखिएको छ । अस्पतालको औषधी सप्लाईको लागि भारतीय नागरिक दीपक अग्रवाल अस्पतालमा आएका नयाँ मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्याय सँग औषधी सप्लाईको लागि सेटिङ मिलाएका छन ।
विगतमा अस्पतालमा न्यून गुणस्तरको औषधि सप्लाई गरेर करोडौं कुम्ल्याएका भारतीय नागरिक अग्रवालले मेडिकल सुपरिटेण्डेन्ट उपाध्यायसँग सेटिङ मिलाएर लुट मच्चाउने ग्य्राण्ड डिजाइन बनाएका छन् ।
अस्पतालमा केही गुणस्तरहीन औषधि र अधिकांश बील भर्पाइमात्र पेश गरी ब्रम्हलुट मच्चाउन विगतमा कर्मचारी अशोक श्रीवास्तव संग सेटिङ मिलाएका अग्रवाल अहिले मेडिकल सुपरिटेण्डेन्टलाई समेत प्रलोभनमा पार्न सफल भएका छन् ।
भारतको रक्सौल आश्रमरोडका बासिन्दा अग्रवालले नारायणी अस्पतालमा कमसल औषधि सप्लाई गरेर विगतमा नेपाली जनताको स्वास्थ्यसँग खेलवाड समेत गरेका थिए । उनले एक दर्जनभन्दा बढी नेपालीको नाममा फर्म खोलेर औषधीको सप्लाई धन्धा चलाएर करोडौं आर्जन पनि गरेका छन् ।
अग्रवाले स्थानीयको नाममा नारायणी सर्जिकल, सिटी फर्मा, प्रिमियर इण्टरप्राइजेज, सर्जिकल हाउस, सिटी सर्जिकेन, सिटी डाइलेस्टिकल लगायतका फर्म दर्ता गरेका छन् । उनको कमाउधन्धाको रहस्य खुल्न थालेपछि ती सोझा नेपालीहरु अहिले आफू फसिने हो कि भन्दै चिन्ता गर्न थालेका छन् ।
अस्पतालको तत्कालिन नेतृत्वलाई प्रभावमा पारेर अग्रवालले चलाएको कमाउधन्धा थाहा पाएपछि अस्पतालले उनको औषधि सप्लाई बन्द गरेको थियो । उनको धन्धालाई सहयोग गरेर उनीबाट प्राप्त दक्षिणाबाट गुजरा चलाउने गरेका कर्मचारी श्रीवास्तवलाई स्टोर शाखाबाट हटाएर रेकर्ड शाखामा फालिएको छ ।
डाक्टर उपाध्याय आउने थाहा पाएपछि दीपक अग्रवाल आफ्ना एकजना काठमाडौंमा रहेका साथीमार्फत मेडिकल सुपरिटेण्डेन्टलाई मनाउन राजधानीमै पुगेका थिए । उनीसँग श्रीवास्तव पनि पुगेका थिए । काठमाडौंको गौशालास्थित एउटा होटलमा भएको गोप्य वार्तालापपछि डा. उपाध्यायले अग्रवाललाई सघाउने बचन दिएको समाचार स्रोतले जनाएको छ ।
काठमाडौंमा भएको सेटिङमा अस्पतालको स्टोरमा पुनः अशोक श्रीवास्तवलाई नै ल्याउने र औषधि सप्लाईको नाममा अग्रवालको कमाउ धन्धालाई पुनः दुरुस्त बनााउने अपवित्र समझदारी बनेको बताइएको छ । यसअघि अशोक १० वर्षसम्म सो शाखामा इन्चार्ज बसेर दीपकको ठगी धन्धालाई सघाएका थिए ।
गुणस्तरहीन औषधि र बील मिलाएर विगतमा दीपकले अस्पतालबाट वार्षिक ४ करोड रुपैयाँको भुक्तानी फुत्काउने गरेका थिए ।
नारायणी अस्पताल वीरगंजमा भइरहेको अनियमितता त्यहाँका मेडिकल सुपरिटेण्डेन्ट फेरिए पनि अस्पतालमा भइरहेको भष्ट्रचार उस्तै रहने भएको छ । नयाँ मेडिकल सुपरिटेण्डन्टको रुपमा आएका डा. उपाध्यायसमेत भ्रष्टाचार गर्ने चलेखेलमा लागेका अस्पतालका कर्मचारी स्रोतको आरोप छ ।
धर्मशाला उदघाटन विवाद राजपा र समाजवादीका शिर्ष नेता र मन्त्री सम्म पुग्यो
वीरगंज । बाराको परवानिपुर गाउँपलिका ५ बहुअरी नौतनमा धर्मशाल उदघाटन विवादले प्रदेश २ सरकारका सताधारी दल समाजवादी पार्टी र राजपा बिच दुरी बढेको छ ।
निवर्तमान संघिय समाजवादी फोरम र हालको समाजवादी पार्टीबाट निर्वाचि वडाध्यक्ष रामेश्वर साह कलवारको विरोधका वाहजुद पनि राजपाका प्रदेश नं. २ का भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनले नौतमा निर्माण भएको धर्मशाला उदघाटन गरे पछि दुरी बढेको हो ।
प्रदेश सरकारमा रहेको दुबै दल बिच धर्मशाला उदघाटनका बिषयमा विवादका कारण दुरी बढे पछि समाजवादी पार्टीका मन्त्रीहरु कार्यकर्ता रिझाउन बारा पुगेका छन । धर्मशाला निर्माणमा अनियमितता भएको भन्दै वडाध्यक्ष सहितको स्थानियले उदघाटन कार्यक्रमको विरोध गरेका थिए ।
विरोध गर्ने वडाध्यक्ष सहित ७ जनालाई साउन २५ शनिबार मन्त्री सोनले थुन्न लगाएर धर्मशाला उदघाटन गरे पछि समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएका थिए ।
धर्मशाला उदघाटन भएको भोली पल्ट वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै समाजवादी पार्टीका बारा अध्यक्ष अजय पटेलले राजपाबाटै नै निर्वाचित गाउँपालिका अध्यक्ष साह र मन्त्री सोनलको दादागिरी बारे आफुले पार्टीमा जानकारी गराएको वताएका थिए ।
आफ्नो पार्टीका वडाध्यक्षको मानमर्धन भएका कारण सरकार रहोस वा नरहोस दोषीलाई कर्वाही नभए आफुले पार्टी छोडन सम्मको चेतावनी दिएका कारण मन्त्रीहरु घटना बारे बुझन बारा पुगेका हुन ।
घटनाका बारेमा यथार्त बुझन भुमी ब्यवस्था, कृषी तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, आर्थिक मामिला तथा योजना मन्त्री उशा यादव, समाजवादी पार्टीका मधेश प्रदेश सचिव दिनेश यादव, प्रदेश सभा सदस्य पारस यादव, कलैया उप माहानगरपालिकाका नगर अध्यक्ष सिवनाथ पटेल लगायतका विवादित स्थान नौतनमा सोमबार पुगी घटना बारे पार्टीका कार्यकर्ता र स्थानिय संग छलफल गरेका छन ।
वडाध्यक्ष कलवारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कार्यकर्ता तथा स्थाननियहरुले दोषी उपर कार्वाहीको मांग गरेका थिए ।
इस्लाम धर्मावलम्बीहरु बकरिद हर्षोउल्लासका साथ मनाउदै
पर्सा । इस्लाम धर्मावलम्बीहरुले आफ्नो तेस्रो ठूलो महान पर्व इद-उल-अजहा अर्थात् बकरिद हर्षोउल्लासका साथ मनाउदै छन् । तीन दिन सम्म मनाइने बकरिद पर्वमा खस्सी, बकरा, उट, दुम्बा, भेडा, रङागा जस्ता जनावरहरुको कुर्बानी दिइन्छ ।
मुस्लिम धर्म ग्रन्थका अनुसार नबि इब्राहिम -अलि-सलाम संग अल्लाहले आफ्नो सबैभन्दा प्यारो वस्तुलाई कुर्बानी गर्न भनेपछि इब्राहिमले आफ्नो छोरालाई नै कुर्बानी दिदा छोराको कुर्बानी अल्लाहले स्वीकार गरि छोराको ठाउँमा दुम्बा कुर्बानी हुँदा सोहि दिनको सम्झनामा यो पर्व मनाउन थालिएको धार्मिक मान्यता यश पर्वको रहेको छ ।
मुस्लिम क्यालेन्डर अनुसार जुलहज महिनाको १०तारीख वा इद समाप्त भएको ७०औं दिनमा बकरिद पर्व मनाइन्छ । बकरिद्का दिन मुसलमानहरुले बिहान नुहाई धुवाई सफा कपडा लगाई खुल्ला ठाउँमा रहेको ईदगाह(प्रार्थना गर्ने ठाउँ) मा गइ २ रअकात नमाज पढ्ने गर्द्छ्न ।
नमाज पशचात घरमा आई कुर्बानी गर्ने गर्द्छ्न । कुर्बानी गरिएको मासुलाई तीन बराबर भागमा बाडी एक भाग आफू कहाँ,एक भाग आफ्न्त कहाँ र एक भाग गरिबहरुलाई बाडि बकरिद मनाईछ ।
तिन दिन सम्म मनाइने यस पर्व मुस्लिम समुदायमा आपसि भाईचारा र सदभाव बढाएको स्थानीयबासीहरुको पर्सा बिन्दवासिनि गापाका शिक्षक मुकलेश गद्दिले वताए ।
युवा दिवसको अवसरमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगीता
वीरगंज(पर्सा),२७ साउन ।
पर्साको विरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा देश विकासमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला र चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । शिक्षामा रुपान्तरण उधमशिलता र नवप्रवर्तन भन्ने मुल नाराका साथ अंतराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो ।
युरोपीयन युनियनको आर्थीक सहयोग र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा संचालीत किशोरी सम्बाद कार्यक्रम अन्तर्गत कार्यक्र भएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अथिती स्वास्थया चौकी लालपर्साका ईन्चाज अनिशकान्त कुशवाहाले युवाहरुको देश विकास ठूलो भूमिका रहने र युवा आफ्नो जिम्वारी पुरा गरिदिएमा समाजमा भई रहेको विकृति हटने बाताए ।
सृजना किशोरी सम्बाद संजालकी संयोजक प्रिति कुमारी यादवको अध्यक्षयतामा भएको कार्यक्रममा प्रकाश पाण्डे, पाण्डो कटुवाल, शम्भु यादव, अन्जली चौधरी लगायतकाले आ आफ्नो मन्तव्य राखेका थिए । वक्तृत्वकाला प्रतियोगीतामा निभा कुमारी यादव प्रथम, शान्ती चौधरी द्वितिय ,प्रिति कुमारी तृतिय र चित्रकलामा अनामीका चौधरी प्रथम, चान्दनी कुमारी यादव द्वितिय, सिता कुमारी शर्मा तृतिय भएका थिए ।
कार्यक्रममा स्वगत मन्तव्य सुस्मीता कुमारी राखेकी थिइन भने कार्यक्रमको उद्देश्य बारे प्रस्ट कार्यक्रमका सुभरभाइजर सुनेसवर प्रसाद साहले पारेका थिए ।
भारत लगिरहेका ३ युवतीको ठोरी नाकाबाट उद्दार
वीरगन्ज । पर्साको ठोरी नाकाबाट सोमबार प्रहरीले ३ जना नेपाली युवतीको उद्दार गरेको छ । भारतसंग सीमा जोडिएको ठोरी नाकाबाट उद्दार गरिएका तीनै युवती तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का रहेका छन् ।
उद्धार गरिएका मध्ये दुईजना २२ वर्षका र एक जना २५ वर्षकी युवती रहेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
तीनै युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगारिक कम्पनीमा सामान प्याक गर्ने काममा लगाइदिने भन्दै लैजाने एक भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारतको बेतिया पिपरा घर भएका बृजेश कुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।
धितालकै योजना बमोजिम तीनै जना युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा काम लगाइदिने बाहनामा भारत र्पुयाउन लागेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
चितवन भरतपुरको चौबीसकोठीबाट ठोरीका लागि छुटेको ना ५ ख २४५० नम्वरको कोइराला ट्राभल्स बसमा चढेर सोमबार उनीहरु ठोरी नाका पुगेका थिए ।












