Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

धर्मशाला उदघाटन विवाद राजपा र समाजवादीका शिर्ष नेता र मन्त्री सम्म पुग्यो

spot_img
spot_img

वीरगंज । बाराको परवानिपुर गाउँपलिका ५ बहुअरी नौतनमा धर्मशाल उदघाटन विवादले प्रदेश २ सरकारका सताधारी दल समाजवादी पार्टी र राजपा बिच दुरी बढेको छ ।

निवर्तमान संघिय समाजवादी फोरम र हालको समाजवादी पार्टीबाट निर्वाचि वडाध्यक्ष रामेश्वर साह कलवारको विरोधका वाहजुद पनि राजपाका प्रदेश नं. २ का भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनले नौतमा निर्माण भएको धर्मशाला उदघाटन गरे पछि दुरी बढेको हो ।

प्रदेश सरकारमा रहेको दुबै दल बिच धर्मशाला उदघाटनका बिषयमा विवादका कारण दुरी बढे पछि समाजवादी पार्टीका मन्त्रीहरु कार्यकर्ता रिझाउन बारा पुगेका छन । धर्मशाला निर्माणमा अनियमितता भएको भन्दै वडाध्यक्ष सहितको स्थानियले उदघाटन कार्यक्रमको विरोध गरेका थिए ।

विरोध गर्ने वडाध्यक्ष सहित ७ जनालाई साउन २५ शनिबार मन्त्री सोनले थुन्न लगाएर धर्मशाला उदघाटन गरे पछि समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएका थिए ।

धर्मशाला उदघाटन भएको भोली पल्ट वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै समाजवादी पार्टीका बारा अध्यक्ष अजय पटेलले राजपाबाटै नै निर्वाचित गाउँपालिका अध्यक्ष साह र मन्त्री सोनलको दादागिरी बारे आफुले पार्टीमा जानकारी गराएको वताएका थिए ।

आफ्नो पार्टीका वडाध्यक्षको मानमर्धन भएका कारण सरकार रहोस वा नरहोस दोषीलाई कर्वाही नभए आफुले पार्टी छोडन सम्मको चेतावनी दिएका कारण मन्त्रीहरु घटना बारे बुझन बारा पुगेका हुन ।

घटनाका बारेमा यथार्त बुझन भुमी ब्यवस्था, कृषी तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, आर्थिक मामिला तथा योजना मन्त्री उशा यादव, समाजवादी पार्टीका मधेश प्रदेश सचिव दिनेश यादव, प्रदेश सभा सदस्य पारस यादव, कलैया उप माहानगरपालिकाका नगर अध्यक्ष सिवनाथ पटेल लगायतका विवादित स्थान नौतनमा सोमबार पुगी घटना बारे पार्टीका कार्यकर्ता र स्थानिय संग छलफल गरेका छन ।

वडाध्यक्ष कलवारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कार्यकर्ता तथा स्थाननियहरुले दोषी उपर कार्वाहीको मांग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...