Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रसौनीका प्रशासकिय अधिकृत यादव वेपता, भएको विकास निर्माणको भुक्तानी भएन

spot_img
spot_img

वीरगन्ज । बाराको प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रंजित कुमार यादव एक महिनादेखि वेपता भएका छन् । लामो समय देखी लगातार प्रमुख प्रशासकिय अधिकृत यादव कार्यालयमा अनुपस्थित हुँदा गाउँपालिकाको कामकाज प्रभावित हुदै आएको छ ।

कसैलाई कुनै जानकारी नै नगराई एक महिना देखी प्रमुख प्रशासकिय अधिकृत यादव कार्यालयमा अनुपस्थित भएको गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले स्वीकार गरे । कार्यालयको निमित्त जिम्मेवारी पनि कसैलाई नदिई अधिकृत यादव वेपता भएको अध्यक्ष गुप्ताले जानकारी गराए ।

कार्यालय प्रमुख यादव नहुँदा दिनँहु सयौ सेवाग्राही काम नै नगराई फर्कने गरेका छन् । समाजिक सुरक्षा भत्ता वितरण समेत प्रभावित भएको छ ।

गाउँपालिकाबाट हुने विभिन्न सिफारिस, नयाँ योजनाको बारे निति तथा कार्यक्रम सञ्चालन हुन सकेको छैन । त्यसैगरी आर्थिक कारोबार, विरामीहरुको उपचार्थमा सहयोगलगायतको अति आवश्यक कामकाज समेत प्रभावित भएको छ ।

लामो समय सम्म विना जानकारी अधिकृत यादव कार्यालयमा अनुपस्थित भएपछि गाउँपालिकाले प्रशासनिक कामकाज सुचारुको लागि निमित्तको जिम्मेवारी गाउँपालिकाकै अधिकृत सुरेश साह कानुलाई तोकेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको समन्वय प्रशासनिक कामकर्वाही संचालनको मात्र जिम्मेवारी तोकिएको अध्यक्ष गुप्ताले वताए ।

गाउँपालिका अध्यक्ष गुप्ताले प्रमुख प्रशासकिय अधिकृतको अनुपस्थितको हाजिरी प्रमाणित गरी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा मंगलबार पठाइएको समेत जानकारी गराए । मन्त्रालयले पनि प्रमुख प्रशासकिय अधिकृत यादवलाई न त कहि सरुवा नै गरेको छ न त अरुलाई प्रसौनी गाउँपालिकामा पठाएको उनले वताए ।

केही दिन पहिला प्रसौनी गाउँपालिकामा घुस लिएको आरोपमा एकजना पक्राउ समेत परेका थिए । पक्राउ परेको दिन देखिनै गाउँपालिकाको कामकाज थप प्रभावित हुँदै आएको छ । गाउँपालिका स्रोतका अनुसार गाउँपालिकामा गत आर्थिक वर्ष २०७५र०७६ मा भएको विकास निर्माणको कामका अनुमानित ३ करोड रुपैयाँ निकासा गर्न बाँकी समेत रहेको छ ।

भुक्तानीको रकम निकासा गर्नको लागि गाउँपालिकाकाले चेक तयार गरेपनि प्रमुख यादवको हस्ताक्षर विना निकासा हुन सकेको छैन । लामो समय देखी प्रमुख प्रशासकिय अधिकृत सम्पर्क विहिन भएका कारण गाउँपालिकामा भएको विभिन्न विकास निर्माण कामको भुक्तानी हुन नसकेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...