Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रदेशको राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन दिनौंं : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बाचित माननीय सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले समाजको हरेक क्षेत्रको समान बिकासको लागि आफुले सदन हल्लाइरहेको बताउनुभएको छ ।

उहाँले बिकास निर्माणमा आफुलाई सांसद बापत प्राप्त भएको ४ करोड रुपैंयाँको सत प्रतिशत जनताको हितमा प्रयोग गरेको समेत बताउनुभयो ।

उहाँले माटोभरी ग्राभेल गर्ने कामको आफु बिरोधी भएकोले त्यसमा लगानी नगरेको र जहाँ पनि लगानी गरेको छु त्यहाँ सडक पिचमा लगानी गरेको छु जुन ५० बर्षपछि पनि केही नहुने बताउनुभएको छ ।

आवाज एफएमको समय सन्दर्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले बिकास निर्माणमा कमिशन खानेहरुले आमाको रगत खाने पिचास भएको संज्ञा दिनुहुँदै सांसद यादबले आफुले घन्टाघर र लक्षमनवा चोकमा लगाएको मास लाइटले सबैको ध्यान केन्द्रीत गरिरहेको समेत बताउनुभयो ।

नेता यादबले प्रदेश नम्बर २ को राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन नदिने दृढता ब्यक्त गर्नुहुँदै बिचको भाग खोजी भैरहेको खुलासा समेत गर्नुभयो ।

नेता यादबले बीरगंजका ढल ब्यबस्थापनको लागि शुरु भएको परियोजना फेल भएको बताउनुहुँदै डिजाइन नै परिवर्तन गरेर सधैंभरि बीरगंजलाई डुवानमा राख्नेहरुलाई नाँगेझार पारेर जेल हाल्नुपर्ने जिकिर समेत गर्नुभयो ।

बीरगंज डुवानमा जनप्रतिनिधी आउनुभन्दा पहिलाका कर्मचारी संयन्त्र नै जिम्मेवार रहेको समेत बताउनुभयो ।

सांसद यादबले मुख्य सडकको चौंडा अभियानमा आफ्नो कुनै अवरोध नभएको बताउनु्हुँदै ५० मिटर तोडेपनि आपत्ति नहुने तर तोडेर मात्र हुन्न तत्काल निर्माण पनि गर्ने ग्यारेन्टी र बजेटको ब्यबस्थापन हुनुपर्ने अन्यथा डोजर ल्याएर तोडफोड गर्दैमा समस्या समाधान नहुने निर्माणको ग्यारेन्टी हुनु्पर्ने बताउनुभयो ।

उहाँले बर्तमान यातायात मन्त्रीसंग घन्टघरदेखि शंकराचार्य गेटसम्मको मास्टर प्लान नै नभएको जिकिर समेत गर्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...