Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

भारत लगिरहेका ३ युवतीको ठोरी नाकाबाट उद्दार

spot_img
spot_img

वीरगन्ज । पर्साको ठोरी नाकाबाट सोमबार प्रहरीले ३ जना नेपाली युवतीको उद्दार गरेको छ । भारतसंग सीमा जोडिएको ठोरी नाकाबाट उद्दार गरिएका तीनै युवती तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का रहेका छन् ।

उद्धार गरिएका मध्ये दुईजना २२ वर्षका र एक जना २५ वर्षकी युवती रहेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

तीनै युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगारिक कम्पनीमा सामान प्याक गर्ने काममा लगाइदिने भन्दै लैजाने एक भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भारतको बेतिया पिपरा घर भएका बृजेश कुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।

धितालकै योजना बमोजिम तीनै जना युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा काम लगाइदिने बाहनामा भारत र्पुयाउन लागेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

चितवन भरतपुरको चौबीसकोठीबाट ठोरीका लागि छुटेको ना ५ ख २४५० नम्वरको कोइराला ट्राभल्स बसमा चढेर सोमबार उनीहरु ठोरी नाका पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...