Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1101

नेपाल टे्डयुनियनको अायाेजनामा बिजया दशमी, दिपावली तथ छठ पर्वको शुभकामना आदानप्रदान

वीरगंज, २६ असाेज ।

नेपाल टे्डयुनियन काङ्ग्रेस पर्साकाे अायाेजनामा आज बिजया दशमी, दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार दुबेदी ,प्रदेश सभासद तथा उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष ओम प्रकाश शर्मा ,प्रदेश सभासद रजेश्वर साह, शंकर चौधरी, शिक्षक सङको केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी , बिरगंज महानगर पालिकाकी उपमेयर शान्ति कार्की , नेपाल टे्डयुनियन काङ्ग्रेस केन्द्रिय सदस्य माधव प्रसाद उपाध्याय ,प्रदेश 2 को अध्यक्ष लक्ष्मन प्रसाद कुर्मी ,श्रम कार्यालय पर्सा प्रमुख कृष्ण यादव लगायतकाको सहभागीता रहेको थियाे ।

नेपाल टे्ड युनियन पर्साका अध्यक्ष छोटेेेलाल प्रसाद साहको अध्यक्षतामा  भएकाे  कार्ययक्रमको संचालन  सचिव हरेन्द्र महतो तथा स्वागत उपाध्यक्ष अशोक साहले गर्नु भएको थियो ।

मधेस आन्दोलनका सहिद उमेश कापरको छोरालाई प्रदेश सरकारले दिए जागिर

महोत्तरी, २६ असोज ।
मधेश को तेस्रो मधेश आन्दोलनका शहीदका छोरालाई प्रदेश २ को सरकारले नियुक्ति दिएको छ । शहीद उमेश कापरका छोरा राजकुमार कापरलाई प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यालय सहयोगीको रुपमा मन्त्री रामनरेश रायले नियुक्त गरेका हुन् ।

महोत्तरीको मनरासिसवा–८ का राजकुमारलाई बिहीबार मन्त्री रायले नियुक्तिपत्र दिएका हुन् । प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको विशेष पहलमा शहीद कापरका छोराको शैक्षिक योग्यताको आधारमा मन्त्रालयमा नियुक्ति दिइएको हो

सडकमा मेला लागेन भने वीरगंज मेलाको मौलिकता नै समाप्त हुने

दशैंको बेला वीरगंजको मेलाको प्रमुख आकर्षण नै सडकमा लाग्ने साना पसल हुन, वीरगंज महानगरपालिकाले शुरक्षाको बहाना बनाउदै यस वर्ष देखी सडकमा मेला नलगाउन मिल्ने बताएको छ, वर्षौं देखी लागदै आएको सडकको मेलाले आज सम्म कुनै शुरक्षा चुनौती उत्पन्न गरेको छैन आज अचानक कसरी मेलाले गर्दा शुरक्षा चुनौती बढन सक्छ? मेलालाई व्यवस्थित गर्न बहानामा हाम्रो पुस्तौं देखी चलदै आएको वीरगंजको परम्परा माथी हमला हो यो, यो सहनिय छैन ।

वीरगंज महनगरपालिकाले आफ्नो कमजोर व्यवस्थापन गर्न क्षमता लुकाउन शुरक्षाको बहाना बनाउदै छ, यदी सडकमा मेला लागेन भने वीरगंजको मेलाको मौलिकता नै समाप्त हुन्छ, हाम्रो वीरगंजको पहिचानको यो दशैंमा लाग्ने मेला, यस माथीको हमला सहनिय हुने छैन, वीरगंज महानगरपालिकाले आफ्नो निर्णय फिर्ता लिनै पर्छ ।

 शिवम साह 

केन्द्रिय सदस्य 

अखिल क्रान्तिकारी 

ड्राइपोर्ट–तिलावे सडकको समस्या समधानको लागि नेवि संघ द्वारा प्रजिअको ध्यानाकर्षण

राहुल गुप्ता ।

वीरगंज, २५ असोज ।
हुलाकी सडक अन्तर्गत ड्राइपोर्ट देखी तिलावे पुल सम्मको सडक धुलो मै भएको प्रति नेवि संघले आज प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको ध्यान आकर्षण गराएको छ ।

बाटो निर्माणको जिम्मा पाएका पप्पु कन्स्ट्रक्सन प्रालिको लपर्वाहीका कारण लामो समय देखी पर्साका जिल्लाका जनताहरु धुलो मै यात्रा गर्न बाध्य भएकोले समस्यालाई मध्यनजर गर्दै नेवि संघ क्षेत्रिय समितिहरुले प्रजिअ पौडेलको ध्यान आक्रर्षण गराएका हुन ।

नेवि संघ पर्सा क्षेत्र नं. २ का सभापति रञ्जीत पटेल, ३ का सभापति चन्दन सहनी र ४ का सभापति विकास तिवारी द्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशास कार्यालय, पर्सा मै पुगी विद्यार्थी नेताहरुले बुझाइएका थिए ।

बाटो धुलो मै भएका कारण पर्सा क्षेत्र १ देखी ४ सम्म जोडने मुख्य सडक खण्ड भएर यात्र गर्ने दिनहु १००० औं जनताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेकोले तुरुन्त छानवि गरि समस्या समाधान गर्नु पर्ने नत्र हामी आन्दोन गर्ने बाध्य हुने छौं नेवि संघले ज्ञापन पत्र मार्फत चेतावनी समेत दिएको छ ।

१० प्लस २ बनाउन मांग गर्दै कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय घेराउ

वीरगंज, २५ असोज ।
कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयलाई प्लस २ बनाउन मांग गर्दै गाउँ कार्यपालिकाको कार्यालय बिहिबार घेराउ गरिएको छ । १० प्लस २ को अनुमति दिलाउन गठित संघर्ष समितिले कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडली अगाडी दिन भरी धर्ना दिएको हो ।

गाउँ कार्यपालिकाले श्री सुकई साह माध्यमिक विद्यालयलाई १० प्लस २ संचालनको लागि अनुमति नदिएका कारण गाउँ कार्यपालिको कार्यालय घेराउ गरिएको संघर्ष समितिले जनाएको छ । विद्यालयलाई प्लस २ बनाउन अनुमति दिन गाउँपालिकालाई मौखिक र लिखित रुपमा आग्रह गर्दा पनि अनुमति नदिएकोले दबाव स्वरुप गाउँ कार्यपालिको कार्यालय घेराउ गरिएको संघर्ष समितिका ताजिन्द्र साहले वताए ।

हामी कार्यपालिकाको कार्यालय अगाडी धर्ना दिदा भित्र बोर्ड बैठक चलिरहेको थियो त्यही भएर आज विद्यालयलाई प्लस २ संचालनको लागि अनुमति दिने निर्णय हुन्छ भने हामी आशाबादी थियौं तर त्यसो हुन नसके पछि निराश भई घर फर्किएको साहले वताए ।

स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा विद्यालयलाई प्लस २ बनाउन २ महिना देखी विभिन्न कार्यक्रम हुदै आएको छ । गाउँपालिकाको जेठो माध्यमिक विद्यालयको रुपमा रहेको विद्यालयलाई प्लस २ बनाउन अन्तरक्रिया कार्यक्रम, हस्ताक्षर अभियान संचालन गरिएको थियो ।

यस्तै गाउँपालिकालाई ज्ञापन पत्र समेत बुझाइए पनि विद्यालय प्लस २ संचालनको लागि अनुमति पाउन नसकेका कारण संघर्ष समितिको बुधबार बसेको निर्णय अनुसार गाउँ कार्यपालिका कार्यालय घेराउ गरिएको हो ।

गाउँ कार्यपालिका घेराउ कार्यक्रममा ब्रिलिएन्ट युवा क्लबका कार्यक्रम प्रमुख छठु साह, स्थानिय अगुवा ताजिन्द्र साह, जमुना चौरसिया, लालबाबु चौरसिया, रामबालक महतो कोइरी, चन्द्रिका राम, रामाधार साह तेली, सुबाष कुशवाहा, श्यामनारायण साह, आरस खाँ लगायतकाको उपस्थिती रहेको थियो ।

यता आज सम्बन्धीत वडा कार्यालयले विद्यलायलाई १० प्लस २ बनाउन गाउँ कार्यपालिकालाई सिफारिस गरेको छ । वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसियाले संघर्ष समितिको दबावमा आएर विद्यालाई प्लस २ बनाउन सिफारिस गर्नु भएको वताइएको छ ।

मानव सेवा नै धर्म हो

आज पाचौं पटक रक्तदान गरेको छु ।

पोखरिया नगरपालिका वार्ड नम्बर २ फुलवरिया टोलका मनोज बैठाको स्वास्नी ३५ बर्षको रबिता देबीको तीन दिन देखि तराई होस्पिटलमा भर्ना भएको रगत अभावको कारण वहाँको ब्रेन सम्बन्धि नासा रोग अपरेसन भइरहेको थिएन ।

म आज धेरै खुशी छु रगत दिए पछि समाज सेवा र राष्ट्र सेवा अनुभुती भइरहेको छ । म समाज र राष्ट्रको लाई सेवा गर्न तत्पर छु ।

दिनानाथ साह

https://www.facebook.com/rjdinanath.sah

४० हजार घुष रकम सहित शिक्षा समन्वय इकाई प्रमुख लालबाबु साह पक्राउ

प्रणय साह ।
वीरगंज, २५ असोज ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, पर्साका प्रमुख लालबाबु साह घुस रकम सहित आज पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगंज महानगरपालिकाको वडा नं. १५, चिनिमेल अवास क्षेत्रबाट रु ४० हजार घुस रकम सहित साहलाई पक्राउ गरेको हो ।

जगथरनापुर गाउँपालिकाको वडा नं. ३, स्थित रहेको श्री ने.रा. अधारभुत विद्यालय विजवनियाको भवन निर्माणको तेस्रो किस्ताको रकम निकासका लागि लिदै गरेको रु ४० हजार घुस रकम सहित साहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

भोजपुरी भाषा, साहित्य र संगितको प्रवद्धनको लागि “भोजपुरी सांगितिक सांझ”

वीरगंज, २५ असोज ।
नेपाली भोजपुरी समाजले असोज २७ गते, शनिबार वीरगंजमा “भोजपुरी सांगितिक सांझ” कार्यक्रमको आयोजन गर्ने भएको छ । समाजले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै शनिबार सांझ ५ बजे देखी वीरगंजको आदर्शनगरमा सांगितिक तथा नृत्य कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।

पब्लिक एफएममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल भोजपुरी समाजका सचिव रितु राज पटेलले भोजपुरी भाषा, साहित्य र संगितको प्रवद्धनको लागि कार्यक्रम आयोजना गर्न लागिएको वताए ।

“भोजपुरी सांगितिक सांझ” नाम दिइएको कार्यक्रममा नेपाल भोजपुरी समाजको सधल गायकन संगीतकारन द्वारा मनमोहन प्रस्तुति हुने सचिव पटेलले वताए । ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, वीरगंज महानगरपालिका र सानो पाइलाको सहयोगमा खुल्ला सांगितिक कार्यक्रम हुने पटेलले वताए ।

हिन्दुहरुको महान पर्व दशै, दिपावली र छठ पर्वको अवसरमा आफनो मौलिकता र अश्लीलता मुक्त भोजपुरी गित–संगीत को माध्यमले कार्यक्रममा प्रस्तुती हुने वताइएको छ ।

पूर्ण रुपले श्लील र मौलिक भोजपुरी गित–संगीतको साथै नयाँ गायक–गायिका द्वारा प्रस्तुती हुने कार्यक्रमको संयोजनको जिम्मेवारी भोजपुरी समाजका सह सचिव र संगितकार अजमत अली अंसारीको नेतृत्वमा हुने जनाइएको छ । नेपाल भोजपुरी समाजका उपाध्यक्ष धुर्व सिंह ठकुरीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

मिल्क फुड डेरी प्रोडक्ट्स’ उद्योगका प्रोप्राइटर थुनामा

बारा, २५ असोज  ।
गुणस्तरहीन घिउ उत्पादन गरी वर्षौंदेखि बिक्री गर्दै आएका सञ्चालकमध्येका एक अभियुक्तलाई थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले दिएको छ  ।

अदालतले ‘मिल्क फुड डेरी प्रोडक्ट्स’ उद्योगका प्रोप्राइटर रौतहटको गौर नगरपालिका १ का मनोजकुमार शर्मालाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको रजिस्ट्रार कौशलेश्वर ज्ञवालीले बताए ।

उनका अनुसार खाद्य ऐन २०२३ अनुसार कसुर अपराध गरेको देखिएकाले मुद्दामा थप अनुसन्धानका लागि पुर्पक्षमा पठाउने आदेश भएको हो । ‘मुद्दामा अपराध गरेको ठहर भएमा सोही ऐनको दफा ५ को उप दफा १ बमोजिम सजाय हुनेछ,’ उनले भने । अपराध ठहर भएमा ५० हजार जरिवाना र ६ महिना कैद हुने कानुनी व्यवस्था छ । अदालतमा यस्तो मुद्दा पहिलोपटक दायर भएको हो ।

२२ दिन थुनामा रहेका शर्मालाई छुटाउन बहालवालामन्त्री, पूर्वसांसदलगायतले स्थानीय प्रशासनलाई दबाब दिँदै आएका थिए । अभियुक्त शर्मा (उद्योगका प्रोप्राइटर) को बयानअनुसार गुणस्तरहीन घिउ उत्पादनमा भारतीय रमेश अग्रवाल र वीरगन्जका राजु मित्तललगायतले लगानी गरेका थिए । मित्तल र अग्रवालमाथि समेत मुद्दा दायर गरिएको छ । उनीहरू फरार छन् । प्रहरीले खोजी जारी राखेको जनाएको छ ।

११ वर्षदेखि खोजीको सूचीमा रहेको गुणस्तरहीन घिउ उत्पादन गर्ने यो उद्योग बल्ल फेला परेको हो । उद्योगले १३ वर्षदेखि गुणस्तरहीन उत्पादन गर्दै आएको थियो । उत्पादन सुरु गरेको दुई वर्षपछि नै गुणस्तरहीन उत्पादन गर्दै आएको पुष्टि भएपछि उद्योगको खोजी भइरहेको थियो । तर, फेला परेको थिएन । उद्योगले आधा दर्जन ब्रान्डको ठुलो परिमाणमा नक्कली घिउ उत्पादन गर्दै आएको थियो । विभिन्न १० जिल्लाबाट त्यस उद्योगको खोजीसँगै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बारामा परिपत्र आएको आएको थियो । तर, यसअघि फेला परेको थिएन ।

उद्योग सिल गरी उद्योगको लाइसेन्सवाहक शर्मामाथि खाद्य प्रविधि तथा गण नियन्त्रण कार्यालयले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानमा संलग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंंडाका प्रमुख राजकुमार रिजालले अभियुक्तको बयानअनुसार लगानीकर्तालाईसमेत छानबिनको दायरामा ल्याई मुद्दा दायर गरिएको बताए ।

भ्याट बिल र नवीकरणबिना गुणस्तरहीन घिउ उत्पादन गरेको पाइएकाले मुद्दा दायर गरिएको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय बारामा ०६२ मा दर्ता भई जिल्लाकै प्रसौनी गाउँपालिका ३ मा उक्त उद्योग सञ्चालनमा थियो । उद्योगले गोकुल, गोवद्र्धन, बालाजी, नेचर फ्रेस, शिवम्, एमडीएच र मिल्क फुड ब्रान्डको स्टिकर टाँसेको घिउ उत्पादन गरी टाढाको जिल्लामा सप्लाई गर्दै आएको थियो ।

बन्द र जंगल झाडी भएको कोल्ड स्टोरेजभित्र उत्पादन गर्दै आएको थियो । उद्योगको संरचना, लाइसेन्स र उत्पादनमा प्रयोग गरिने सामान छुट्टाछुट्टै व्यक्तिको भएको पाइएको छ । उद्योगलाई सिल गरेर सम्बन्धित व्यक्ति पक्राउ गरी अनुसन्धान गर्न थालेपछि बिचौलियाले छुटाउन र लगानीकर्तालाई जोगाइदिन दबाब दिन थालेका थिए ।

नवीकरणबिना उत्पादन गर्दै आएको घिउ मानवीय स्वास्थ्यका लागि अति हानिकारक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख रिजालको भनाइ छ । उद्योग सञ्चालन भएको जग्गा, त्यहाँ सप्लाई भएको बिजुली र उत्पादनमा आगोका लागि चाहिने काठ बनाउन राखिएको स मिलबारे समेत अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनायो । साभार कान्तिपुर

नारायणी उपक्षेत्रीय अस्पतालमा डाइटिसियन नियुक्त

वीरगंजमा,२५ असोज ।
वीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालले डाइटिसियन (पोषणविज्ञ) नियुक्त गरेका छन् । अस्पतालमा डाइटिसियन अनिवार्य भए पनि भने विगतमा डाइटिसियन नहुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रोग अनुसार को खाना खाने, कसरी खाने भन्ने बारेमा आवश्यक सुझाव दिन असहज रहेको थियो । बिरामीको स्वास्थ्यलाई सहज पार्न सन्तुलित आहार महत्वपूर्ण रहने भएकाले अस्पतालले डाइटिसियन नियुक्त गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इमामुल हकले जानकारी दिनुभयो ।

अस्पतालले निशा सिंहलाई एक महिनाअघि डाइटिसियनमा नियुक्त गरेको छ । विगतका दिनहरुमा सो पद खाली रहेका कारण हाल बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै डाइटिसियन नियुक्त गरिएको मेसु हकले बताए ।
सिंहले भिमराव अम्बेडकर विश्वविद्यालयबाट डाइटिसियन सम्बन्धी ३ वर्षे ग्राजुएसन कोर्स गर्नुको साथैं दिल्लीमा रहेको म्याक्स सुपर स्पेसालिटी हस्पिटलमा केही समय सम सेवा समेत गर्नुभए छ ।

डाइटिसियन निशा सिंह औषधि सेवनले भन्दा सन्तुलित भोजनले मानिसको स्वास्थ्य सबल र अस्पतालमा उपचारका लागि आउनेमध्ये विशेषगरी मिर्गौलाको डाइलायसिस गरिरहेका बिरामी, मुटु तथा महुमेहका रोगीहरु, कुपोषणमा परेका बालबालिका तथा गर्भवती महिला बढी लाभान्वित भएको बताउनुभयो । अहिले सिंहको दैनिकी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाना कसरी खाने, कुन समयमा कुन खाना खाने, कति परिमाणमा खाना खाने भनेर सुझाव दिँदैमा बित्ने गरेको छ ।
बिरामीहरु पनि आफूले दिएको सल्लाह बमोजिम सन्तुलित आहार सेवन गर्न लागेको र यसले नियमित रुपमा डाइलायसिस गर्न आउने बिरामीमा सकारात्मक प्रभावसमेत देखिएको जनकारी दिनुभयो ।

सन्तुलित भोजनको बारेमा जानकारी नहुँदा मान्छेहरु जथाभावी खाना खाने गर्छन । जथाभावी रुपमा खाने खानाले मानव स्वास्थ्यमा नराम्रो असर पर्ने तथा स्वस्थ हुनका लागी तन्दुरुस्त हुन सन्तुलित खाना सबैले खानुपर्ने सिंहले बताउनुभयो ।