Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

इस्लाम धर्मावलम्बीहरु बकरिद हर्षोउल्लासका साथ मनाउदै

spot_img
spot_img

पर्सा । इस्लाम धर्मावलम्बीहरुले आफ्नो तेस्रो ठूलो महान पर्व इद-उल-अजहा अर्थात् बकरिद हर्षोउल्लासका साथ मनाउदै छन् । तीन दिन सम्म मनाइने बकरिद पर्वमा खस्सी, बकरा, उट, दुम्बा, भेडा, रङागा जस्ता जनावरहरुको कुर्बानी दिइन्छ ।

मुस्लिम धर्म ग्रन्थका अनुसार नबि इब्राहिम -अलि-सलाम संग अल्लाहले आफ्नो सबैभन्दा प्यारो वस्तुलाई कुर्बानी गर्न भनेपछि इब्राहिमले आफ्नो छोरालाई नै कुर्बानी दिदा छोराको कुर्बानी अल्लाहले स्वीकार गरि छोराको ठाउँमा दुम्बा कुर्बानी हुँदा सोहि दिनको सम्झनामा यो पर्व मनाउन थालिएको धार्मिक मान्यता यश पर्वको रहेको छ ।

मुस्लिम क्यालेन्डर अनुसार जुलहज महिनाको १०तारीख वा इद समाप्त भएको ७०औं दिनमा बकरिद पर्व मनाइन्छ । बकरिद्का दिन मुसलमानहरुले बिहान नुहाई धुवाई सफा कपडा लगाई खुल्ला ठाउँमा रहेको ईदगाह(प्रार्थना गर्ने ठाउँ) मा गइ २ रअकात नमाज पढ्ने गर्द्छ्न ।

नमाज पशचात घरमा आई कुर्बानी गर्ने गर्द्छ्न । कुर्बानी गरिएको मासुलाई तीन बराबर भागमा बाडी एक भाग आफू कहाँ,एक भाग आफ्न्त कहाँ र एक भाग गरिबहरुलाई बाडि बकरिद मनाईछ ।

तिन दिन सम्म मनाइने यस पर्व मुस्लिम समुदायमा आपसि भाईचारा र सदभाव बढाएको स्थानीयबासीहरुको पर्सा बिन्दवासिनि गापाका शिक्षक मुकलेश गद्दिले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...