Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

प्रदेश सरकारले दियो रक्षाबन्धनको सार्वजनिक विदा

spot_img
spot_img

वीरगंज । प्रदेश २ सरकारले रक्षाबन्धन पर्वको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्री परिषद् बैठकले साउन ३० गते रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो ।

प्रदेश २ सरकारले हिन्दुहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण हिन्दु धर्मालबम्बीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।

यस पर्वले प्रदेश नं. २ का मुलुकमै भाइचारा, सुख शान्ति अभिवृिद्धको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व रक्षाबन्धनको हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबुु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकारले रक्षाबन्धनको विदा दिए पनि संघ सरकारले हाल सम्मा विदाको घोषणा गरेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...