Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

संघीयता र गणतन्त्र समाप्त पार्ने प्रयास हुँदै– उपेन्द्र यादव

spot_img
spot_img

बिरगंज। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र समाप्त पार्ने प्रयास भईरहेको बताएका छन् । संघीयता र गणतन्त्रलाई समाप्त पारी राज्य व्यवस्थामा तर्फ लैजानेहरुको सक्रियता बढेको बताए ।

वीरगंजमा नव निर्मित बस टर्मिनलको मंगलबार उद्घाटन गर्दै उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघीय गणतन्त्रमा जानु, राजतन्त्रको अन्त्य हुनु, तीन तहको सरकार बन्नु युगान्तकारी परिवर्तन भएपनि अझै मधेसी जनतामाथि भेदभाव, महिलामाथि विभेद, आदिवासी, जनजाति मुस्लिम पछाडी परेका वर्गमाथि शोषण कायमै रहेको बताए । उनले भने अब प्राप्त उपलब्धीको रक्षा, बाँकी हक अधिकार प्राप्तीको आन्दोलनसँगै विकासलाई अघि बढाउनुपर्छ।

आफूले हरेक गाउँमा एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, शहरमा दोस्रो श्रेणीको अस्पताल र महानगरमा विशिष्टीकृत सेवासहितको टर्सरी अस्पताल होस् भनेर काम सुरु गरेको मन्त्री यादवले बताए ।
अबको दिनमा वीरगञ्ज क्षेत्रको विकास नभएको खण्डमा अरुलाई दोष दिन नमिल्ने उनको धारणा थियो । ‘वडा अध्यक्ष, नगर प्रमुख, सभासद, सांसद, मुख्यमन्त्री यस क्षेत्रले दिएको छ, अब पनि विकास अघि बढेन भने कसलाई दोष दिने ?’ उनले भने, ‘भोलि जनताले विकास किन भएन ? भनेर प्रश्न गर्नै नपर्ने गरी काम गरेर देखाउनुपर्छ, बहानाबाजी अब चल्दैन, परिणाम चाहिन्छ ।’
वीरगञ्जको विकासका लागि गुरुयोजना बनाउन सुझाव दिँदै उनले विशिष्ट सेवासहितको अस्पताल निर्माणका लागि जग्गा खोज्न आग्रह समेत गरे ।
जवाफदेही बन्नु पर्छः मुख्यमन्त्री राउत कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मत दिने जनता प्रति जवाफदेही हुनुपर्नेमा जोड दिए ।

सहरी विकास मन्त्री महम्मद इस्तियाक राईनले वीरगंजले दिएको योगदानलाई कदर गर्दै वीरगंजलाई २ हजार जना अट्ने अन्तर्रा्ष्ट्रिय स्तरको सभाहल बनाउन रकम दिने घोषणा गरे ।
बस टर्मिनल उद्घाटन समारोहमा सांसद विमल श्रीवास्तव, प्रदिप यादवले वीरगंजलाई राज्यले सँधै उपेक्षामा राखेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक योजना दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगीले सिर्सिया करिडोर निर्माण, वीरगंजमा चक्रपथ निर्माण, अन्र्तराष्ट्रिय स्तरको सभाहल र व्यापारिक प्रदर्शनी केन्द्र, प्राविधिक विश्व विद्यालय, ईन्जिनियरिङ कलेज स्थापनामा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा निलम्बित सांसद हरि नारायण रौनियारलाई पनि ‘माननीय सांसद’ भनी आशनग्रहण गराईएको थियो । समाजवादीका अध्यक्ष यादवले मंगलबार वीरगंजमा फोहोर पानी प्रशोधन केन्द्रको समेत उद्घाटन गरेका छन् । १० विगाहामा वीरगंजको छपकैयामा १२ करोड रुपैयाँमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र असारमा निर्माण सम्पन्न भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशी भएकै कारण विभेद र फिल्मबाट हटाइएको काजल कर्णको दाबी

काठमाडौं । छायांकनरत नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ । अभिनेत्री काजल कर्णले आफू मधेशी भएकै कारण विभेद गरिएको र फिल्मबाट हटाइएको आरोप...

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा...

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य...