Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

जनप्रतिनिधीहरुको निर्णयलाई लात्यादै जनताले लगाए मेला

spot_img
spot_img

पर्सा । पर्साको कालिकामाई गाउपालिका वडानम्बर भेडिहारीको पराम्परागत झण्डा  मेला जनप्रतिनिधीले नलगाउने निर्णयको बावजुद पनि आज धुमधाम संग लागेको छ । बिगत ६० बर्ष अगाडी देखी अष्टमीको सातौ दिन आज लाग्दै आएको मेलालाई भदौ ६ गते गाउपालिका अध्यक्ष नथुनी कुश्वाहा, उपाध्यक्ष राजेश चौरसिया र वडाअध्यक्ष सोनालाल चौरसिया लगायतका केही अगुवाहरु कहिल्यै पनि नलगाउने निर्णय गरेको थियो ।

निर्णय गर्दा सर्बत्र आमजनता तथा बिभिन्न पार्टीका अगुवाहरुले बिरोध जनाएका थिए । परमपरा देखी लाग्दै आएको मेलालाई रोक्नु हुने रामा्रे नहुने आका्रेस पोखेका आमजनताको सामुने कालिकामाईका जनप्रतिनिधीहरु झुकेका छन । भेडिहारीका जनताले मेलाको आयोजना गरी जनप्रतिनिधीहरुले लिएको गलत निर्णय जनता भिडले लातले कुचलेर फालेको स्थानियले जनाएका छन ।

आमजनतालाई सुरक्षा नदिने र परम्परालाई बिथोल्ने स्थानिय जनप्रतिनिधी मुर्दावाद भन्दै भदौ ७ गते भेडिहारीका युवाहरु गाउको परिक्रमा गर्दै जनप्रतिनिधिहरु घरमा गई बिरोध प्रदर्शन समेतगरेका थिए । मेला २ ठाउमा लागेको छ , भेडिहारीको उतरपटि र भेडिहारीको दक्षिणपटि, दक्षिणपटिको मेला समितीको अध्यक्षमा मोहन साह कानु छन भने उतरपटिको मेला समिती कोई नरहेको जनाइएको छ ।

एक ठाउमा मात्र मेलालाई गाउको बिच भाग बजार लाग्ने ठाउमा लगाउने केही समाजसेवीहरु प्रयास गरे पनि पार्टीगत स्वार्थका कारण मेला नै बन्द गर्ने निर्णय गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...