Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

नारायणी अस्पतालको हाल बेहाल ,भर्ना भएका रोगी र कुरुवा असुरक्षीत

spot_img
spot_img

१० भदौ
नारायणी  अस्पतालको हाल बेहाल भएको छ भने अस्पतालमा भर्ना भएका रोगी र कुरुवा दुबै असुरक्षीत भएका छन । नारायणी उपक्षेत्रिय अस्पतालका उपचार सेवाको हाल बेहाल भएको छ भने सुरक्षाको दृष्टिकोणले पनि अस्पतालको अवस्था नाजुक रहेको छ ।

प्रहरीको कमीकमजोरी र अस्पताल ब्यवस्थापनको कमजोरीले गर्दा रोगीहरु दिनभरी र रातभरी छटपटाएका छन भने ठिक उपचार बिना रोगी निजी अस्पतालमा जान बाध्य भएका छन । हिजो सर्वराष्ट्रिय दैनिकका सम्बादाता शम्भु कुमार सुमनको उपचारको क्रममा राती १ बजे २ वटा मोवाईल चोरी भएको छ । शुमन र वहाका भाई लक्ष्मण साहको मोवाईल नारायणी उपक्षेत्रिय अस्पतालको मेडिकल वार्डको बेड नम्बर १० बाट चोरी भएको हो । प्रहरीले मोवाईल चोरी गरेको अभियोगमा एक जनालाई राती नै पका्रउ गरेको छ । नारायणी अस्पतालमा उपचार गराई रहेका बिरामी तथा कुरुवाहरुका अनुसार मोवाईल चोरी नया घटना नरहेको बताएका छन । पटक पटक अस्पतालबाट मोवाईल तथा सरसमानहरु चोरी भईरहदा प्रहरीले कानमा तेल हालेर बसेको स्थानियको आरोप छ । सयौ रोगी तथा कुरुवाहरु रातीमा सुतिरहदा प्रहरीको टयुटी फितलो भएका कारण बराबर घटना घटिरहेको अस्पतालमा उपचार गराईरहेका बिरामीको कुरुवाहरु बताएका छन । नारायणी उपक्षेत्रिय अस्पतालको सेवासुबिधा तथा सुरक्षाको अवस्थाको बारेमा पटक पटक सामाचार प्रकासमा आए पनि पर्सा प्रहरीले आफुमा सुधार नल्याएको जनाईएको छ । कुरुवाहरुले अस्पतालको घटनामा प्रहरी र अस्पताल ब्यवस्थापन पक्षको संलग्तामा चोरी भईरहेको दावी गरेका छन । नया एसपी साहबको आगमन संगै सुरक्षाको अवस्था नाजुक बन्दै गएको पर्सावासीहरुले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...