Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

पार्टी निर्णय विपरीत पर्साका सांसदको प्रस्ताव : राजधानी वीरगन्ज

spot_img
spot_img

वीरगन्ज । कांग्रेस सांसद राजेश्वरप्रसाद साहले पार्टीको निर्णयविपरीत प्रदेश २ को नाम ‘मध्य मधेस’ र राजधानी वीरगन्ज राख्न प्रस्ताव दर्ता गराएका छन् ।

साहले गरेको प्रस्तावमा ओमप्रकाश शर्मा, शंकर प्रसाद चौधरी र अशियादेवी थरूनीले समर्थन गरेका छन्। सांसद साहले राजधानी वीरगन्ज राख्न गरेको प्रस्तावमा पनि सांसदहरू शर्मा, चौधरी र थरूनीले नै सहमति जनाएका छन् ।

सत्तारुढ समाजवादी पार्टीका सात सांसदले पनि पार्टीको निर्णयविपरीत राजधानी र नामकरण विषयमा प्रस्ताव दर्ता गराएका छन्। सांसदहरूले राजधानी वीरगंज महानगरपालिकालाई राख्न प्रस्ताव दर्ता गराएका हुन् ।

समाजवादी पार्टीका सांसद सिंहासन साह कलबारले दर्ता गराएको प्रस्तावमा सांसदहरू प्रल्हाद गिरी ‘गोस्वामी’, करिमा बेगम, जन्नत अन्सारी, अन्जु यादव, भीमा यादव, रागिनीदेवी बर्णवालले समर्थन गरेका छन् । यी सबै सांसद पर्साका हुन् ।

प्रदेशको नामकरणका लागि चार दलले अलग-अलग नाम प्रस्ताव गरेका छन्। स्थायी राजधानी विषयमा समेत दलहरूले फरक-फरक प्रस्ताव गरेका छन्।

राजधानी नामकरणबारे चार प्रस्ताव र राजधानी विषयमो पाँच प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए। उनका अनुसार सत्तासिन समाजवादी पार्टी र राजपाले संयुक्तरूपमै प्रस्ताव दर्ता गराएको छ। प्रमुख प्रतिपक्षी नेकपा र नेपाली कांग्रेसले अलग-अलग प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्न सत्तारूढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको छ। प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’ नाम राख्न प्रस्ताव गरेको हो। प्रतिपक्षी कांग्रेसले भने ‘मिथिला–भोजपुरा प्रदेश’ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ।

कुन दलको प्रस्तावमा के ?

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम हुनुपर्नेमा दलहरू एकजुट देखिन्थ्यो। तर, आज दर्ता गरेको प्रस्ताव भने फरक-फरक देखिएको छ।

सत्तारु”ढ समाजवादी पार्टी र राजपाले संयुक्तरूपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम (मिथिला-माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्व-पश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा सीमासम्मको भाग) लाई राजधानी तोक्नुपर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव राजपाका प्रमुख सचेतक परमेश्वर साहले दर्ता गराएका हुन् भने समाजवादी पार्टीकी सांसद संचमाया मोक्तान र चमेलीदेवी दासले समर्थन गरेका हुन्।

नेकपाले परिक्रमा मार्गसहित पूरै धनुषा जिल्ला प्रदेशको राजधानी तोक्न भनेको छ। नेकपाको तर्फबाट प्रदेशको स्थायी राजधानीको प्रस्ताव संसदीय दलका नेता सत्यनारायण मण्डलले पेस गरे। उनको प्रस्तावमा सांसदहरू सुन्दरबहादुर विश्वकर्मा, रवीन्द्र बैठा र नेभी लुंगेलीले समर्थन गरेका छन्।

यस्तै, प्रतिपक्षी कांग्रेसले राजधानी जनकपुर उप–महानगरपालिकाभित्र र प्रदेशको नाम मिथिला–भोजपुरा राख्ने प्रस्ताव गरेको छ। कांग्रेस सांसद नरेशकुमार यादवले दर्ता गराएको प्रस्तावमा सांसदहरू शोभा लामा र उपेन्द्र कुसवाहाले समर्थन जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...